IME Life New

निर्जीवन बीमा कम्पनीको कुल बीमा शुल्क आर्जन २५ अर्ब ८७ करोड, कुन कम्पनीको कति (सूचिसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । फागुन महिनासम्ममा निर्जीवन बीमा कम्पनीहरुले कुल २५ अर्ब ८७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । गएको वर्ष २०७८ को फागुन महिनासम्ममा निर्जीवन बीमा कम्पनीहरुले २५ अर्ब २९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए । यस महिनामा निर्जीवन बीमा क्षेत्रमा पनि कुल बीमा शुल्क आर्जनमा बृद्धिदर एकदमै कम देखिएको छ । कम्पनीहरुका अनुसार यहि हिसावले बजार रह्यो भने आगामी असार महिनासम्ममा बृद्धिदर ऋणात्मक देखिने भएको छ । यस वर्षमा कम्पनीहरुले १८ लाख ७६ हजार वटा पोलिसी जारी गरेका छन् ।

फागुन महिनासम्ममा सर्वाधिक धेरै शिखर इन्स्योरेन्स कम्पनीले तीन अर्ब ३४ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । दोस्रो धेरै बीमा शुल्क आर्जन गर्नेमा नेको रहेको छ । नेकोले चालु आर्थिक वर्षको ८ महिनामा एक अर्ब ९७ करोड रुपैयाँ आर्जन गरेको छ । तेस्रो धेरै बीमा शुल्क आर्जन गर्नेमा हिमालयन एभरेष्ट रहेको छ । हिमालयन एभरेष्टले एक अर्ब ९१ करोड रुपैयाँ आर्जन गरेको छ ।

Esewa
Crest

चौथो नम्बरमा भने सगरमाथा इन्स्योरेन्स कम्पनीले एक अर्ब ८६ करोड रुपैयाँ आर्जन गरेको छ । सगरमाथा र लुम्बिनी इन्स्योरेन्स कम्पनी मर्जर भएर फागुन २९ गतेदेखि कारोबार भएको हुँदा बीमा प्राधिकरणले दुई कम्पनीको छुट्टा छुट्टै तथ्याङ्क सार्वजनिक गरेको छ । साविक लुम्बिनीले एक अर्ब २१ करोड रुपैयाँ आर्जन गरेको छ । मर्जर पछि सगरमाथा लुम्बिनीले फागुन अन्तिम दुई दिनमा २ करोड ११ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । मर्जर अगाडी र मर्जर पछाडीको बीमा शुल्क जोड्ने हो भने तीन अर्ब १० करोड पुग्छ ।

त्यस्तै मर्जर  साविक सिद्धार्थको बीमा शुल्क एक अर्ब ६२ करोड रुपैयाँ रहेको छ भने प्रिमियर इन्स्योरेन्सको एक अर्ब २४ करोड रुपैयाँ रहेको छ । मर्जर पछि सिद्धार्थ प्रिमियरको १२ करोड २४ लाख रुपैयाँ छ । यसरी मर्जर अगाडी र पछाडीको बीमा शुल्क जोड्दा २ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ ।

चालु आर्थिक वर्षमा राष्ट्रिय बीमा कम्पनीले एक अर्ब ८० करोड, एनएलजीको एक अर्ब ५८ करोड, सानिमा जिआइसीले एक अर्ब ४१ करोड, अजोड इन्स्योरेन्स एक अर्ब २३ करोड, आइएमई जनरल एक अर्ब २१ करोड, प्रभु इन्स्योरेन्स एक अर्ब २ करोड, नेपाल इन्स्योरेन्स एक अर्ब, दि ओरिएन्टल ९३ करोड, प्रुडेन्सियल ८९ करोड, युनाइटेड ७८ करोड र नेशनल इन्स्योरेन्सले ६४ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS