IME Life New

बीमा समिति ५१ बर्ष पुग्दा, बीमा पहुँच भने १७ प्रतिशत पुग्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेपालमा बीमा कम्पनीको स्थापना हुनु अगावै भारतीय बीमा कम्पनीका शाखाहरुले नेपालको औद्योगिक र व्यापारीक क्षेत्रमा आफनो व्यवसाय विस्तार गरेका थिए । नेपालको सिमा क्षेत्रमा विदेशी कम्पनीहरुको प्रभाव बढ्न थालेपछि नेपालमा पनि बीमा कम्पनीहरुको आवश्यकता मशसुस गरियो । फलस्वरुप २००४ सालमा नेपाल बैंकको पूर्ण स्वामित्वमा माल चलानी तथा बीमा कम्पनीको स्थापना भयो । २०१६ सालमा यो कम्पनी नेपाल इन्स्योरेन्स एण्ड ट्रान्सपोर्ट कम्पनीमा परिवर्तन भयो । विं स. २०४८ सालमा नेपाल इन्स्योरेन्स कम्पनीको नाममा परितर्वन भयो ।

२०२४ साल पुस १ गते १ करोडको अधिकत्तम पूँजीमा राष्ट्रिय बीमा संस्थान प्रालिको स्थापना भयो । २०२५ सालमा राष्ट्रिय बीमा संस्थान ऐन जारी गरी यसलाई राष्ट्रिय बीमा संस्थानमा परिवर्तन गरियो । नेपालमा बीमा कम्पनीहरु स्थापना हुन थालेपछि २०२५ सालमा बीमा ऐन जारी गरियो । बीमा नियमावली अनुसार २०२६ साल जेठमा बीमा समितिको स्थापना भयो । त्यसपछि नेपालमा भारतीय बिमा कम्पनीहरुले शाखा विस्तार र नयाँ नेपाली कम्पनीहरुकै स्थापना भए । नेपाल बीमाको बजार बढ्न थालेपछि तत्कालिन समयमा बनाईएको बीमा ऐन धेरै संकुचित भएको महसुश गरियो । पुराना ऐनलाई पूर्ण रुपमा विस्थापित गरी २०४९ सालमा बीमा ऐन २०४९ जारी गरियो ।

Esewa
Crest

बीमा समितिले आफनो स्थापनाको ५० औ बर्ष पुरा गरी आज ५१ औ बर्षमा प्रवेश गरेको छ । समिति स्थापना भएको आधा शताब्दी नाघि सकेको छ भने नेपालमा बीमा व्यवसायको सुरुवात भएको सात दशक नाघि सकेको छ । तर, नेपालमा बीमाको पहुँच भने बढ्न सकेन । बीमा समितिले पछिल्लो समयमा नेपालमा बीमाको पहुँच १७ प्रतिशत पुगेको दाबी गरेको छ । तर, सरोकारवालाहरु भने यसलाई मान्न तयार छैनन् ।

बीमा समितिको तथ्यांक अनुसार चालु आर्थिक २०७५/७६ को पुस महिनासम्ममा नेपालमा बीमाको पहुँच १७ प्रतिशत पुगेको छ । समितिले नेपालको जनसंख्या २ करोड ९४ लाख ७० हजार ९२६ लाई अनुमान गरी गणना गर्दा बीमा पहुँच १७ प्रतिशत पुगेको देखिएको हो । उक्त अवधिमा ५२ लाख ५० हजार १२७ वटा बीमालेख जारी भएका छन् । जसमध्ये १६ लाख ५२ हजार ४५३ वटा बैदेशिक बीमालेख जारी भएका छन् । अन्य बीमालेखको संख्या भने ५२ लाख ५० हजार १२७ रहेको छ । समितिले २ लाख ६२ हजार ५०६ वटा बीमालेख दोहोरिएको अनुमान गरेको छ । जुन कुल जारी बीमालेखको ५ प्रतिशत हो । बैदेशिक रोजगार र दोहोरिएको बीमा योजना बीमा योजनालाई घटाउँने हो भने बास्तविक बीमा योजनाको संख्या ४९ लाख ८७ हजार ६२० मात्रै जारी भएको देखिन्छ ।

समितिको दाबी अनुसार समितिको ५१ बर्षको अवधिमा १७ प्रतिशत पहुँच पुग्न आफैमा प्रसंशनीय छ त ? यस बिषयमा नियमनकारी निकायले ध्यान दिनु जरुरी छ । पक्कै पनि बीमा पहुँच सन्तोषजनक भने होईन । तुलनात्मक नेपालमा बीमा कम्पनीको संख्या अत्याधिक हुदाँ हुँदैन पनि बीमाको पहुँच बढ्न नसक्नुका विभिन्न कारण छन् ।

बुझाईमा कमी :

धेरै मानिसमा बीमा भनेको के हो ? यसको आवश्यकता के छ ? भन्ने बुझाई नै छैन । मानिसमा बुझाईमा कमी आउँनुको कारण भनेको बीमा सम्बन्धी कहि कतै चर्चा नै हुँदैन । न त बीमा सम्बन्धी अध्ययन अध्यापन हुन्छ । न त बीमा सम्बन्धी अनुसन्धान र प्रचार प्रसार हुन्छ । त्यसैले पनि मानिसमा बीमाको बुझाई कम छ ।

आम्दानी स्तर कम हुनु :

मानिसको आधारभूत आवश्यकता भनेको गाँस, बाँस र कपास हो । त्यसपछि मात्रै मानिसले अन्य बिषयमा सोच्न सक्छ । नेपालमा धेरै मानिस दिनभर काम गरेर बेलुकाको छाक टार्ने अवस्थामा छन् । त्यसैले जबसम्म नेपालीको आम्दानीको स्तर बढ्दैन तबसम्म उनीहरुले बीमाको बारेमा सोच्न पनि सक्दैनन् ।

पहुँच नपुग्नु :

बीमा कभरेज नबढ्नुको अर्को कारण भनेको सबै ठाउँमा बीमा पहुँच नै नहुँनु हो । अधिकांश कम्पनीहरु शहर केन्द्रित छन् । त्यसमा पनि निर्जीवन बीमा कम्पनीहरु त आर्थिक गतिविधि नहुने स्थानमा जान नै चाहदैनन् । तसर्थ मानिसमा बीमाको पहुँचबाट बाहिर छन् ।

जर्बजस्ती गर्नु :

बीमा व्यवसाय अभिकर्तामा आधारित हुन्छ । अभिकर्ताले बीमाको बारेमा राम्ररी बुझाएर बीमा गराउँनु पर्छ । तर, नेपालमा अधिकांश अभिकर्ता नै बिमाको बिषयमा अनभिज्ञ छन् । त्यसैले उनीहरुले मानिसलाई बीमाको बारेमा बुझाउँने भन्दा पनि जबरजस्ती गर्न खोज्छन् । जसका कारण मानिसहरु बीमा भन्ने वित्तिकै डराएर भाग्छन् ।

दाबी भुक्तानी नहुने :

मानिस बीमा प्रति निरुत्साहीत हुने अर्को मुख्य कारण भनेको समयमा दाबी भुक्तानी हुन नसक्नु हो । जति बीमा गर्न सहज छ त्यति नै दाबी भुक्तानी लिन कठिन । भुक्तानी लिदाँ कम्पनीहरुले झन्झटिलो प्रक्रिया बताउँछन् । समयमा भुक्तानी पनि गर्दैनन् । जसका कारण मानिसहरु बीमा प्रति नकरात्मक छन् ।

अबको बाटो :

बीमा समितिले प्रत्येक बर्ष बार्षिक उत्सव मनाएर बर्ष गनिरहँनु भन्दा पनि बीमाको बिषयमा थप प्रचार प्रसार गर्नु आवश्यक छ । बीमालाई अझै आम जनता माझ लैजाउनु पर्छ । जति सक्दो सस्तो बनाउँनु पर्छ । नियमनकारी निकायको हैसियतले कम्पनी, बीमा अभिकर्ता र सर्भेयरलाई अनुगमन गर्नु आवश्यक छ । कम्पनीलाई सहज भुक्तानी गर्न निर्देशन दिनुपर्छ । अभिकर्ता र सर्भेयरलाई आचार संहिता भित्र रहेर काम गर्न लगाउँनु पर्छ । तब मात्रै नेपालमा बीमाको पहुँच बढ्न सक्नेछ । बार्षिक उत्सव मनाउँनु पनि सार्थक हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS