IME Life New

सात महिनामा डेढ खर्बकाे धिताेपत्र सूचीकृत हुँदा बजार पूँजीकरण ३० खर्ब भन्दा माथि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाैं।  नेपाल धिताेपत्र बाेर्डमा चालू आर्थिक वर्षकाे पहिलाे सात महिने अवधिमा १ खर्ब ५० अर्ब रुपैयाँभन्दा बढीकाे धिताेपत्र सूचीकृत भएका छन् । नेपाल राष्ट्र बै‌ंकले सार्वजनिक गरेकाे मुलुककाे सुक्ष्म आर्थिक परिसूचकसम्बन्धी विवरणका अनुसार धिताेपत्र बाेर्डबाट स्वीकृति पाएका कम्पनीहरुबाट चालू आवकाे गत माघ मसान्तसम्ममा कूल १ खर्ब ५० अर्ब ६८ कराेड रुपैयाँ बराबरकाे धिताेपत्र सूचीकृत गरिएकाे हाे ।

यस अवधिमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा ३५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र, २८ अर्ब ४४ करोड रुपैयाँ बराबरको डिबेन्चर, ६४ अर्ब ७५ करोड  रुपैयाँबराबरको साधारण शेयर, १४ अर्ब ३२ करोड रुपैयाँ बराबरको बोनस शेयर, ४ अर्ब ४९ करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड र ३ अर्ब ६७ करोड रुपैयाँ बराबरको हकप्रद शेयर सूचीकृत भएकाे हाे । नेपाल स्टक एक्सचेन्जमा गत माघ मसान्तमा सूचीकृत ७ अर्ब ११ करोड शेयरको चुक्ता मूल्य ७ खर्ब १ अर्ब ६१ करोड रुपैयाँ रहेको थियाे ।

Esewa
Crest

बजार पूँजीकरण रु ३० खर्ब नाघ्याे

चालू आर्थिक वर्षकाे माघ मसान्तमा धितोपत्र बजार पूँजीकरण ३० खर्ब ६१ अर्ब ९६ करोड रुपैयाँ कायम भएको छ । याे गत आव २०७८।७९ काे माघ मसान्तकाे तुलनामा ८ खर्ब ९७ अर्ब ६९ कराेड रुपैयाँले न्यून हाे । गत आवकाे माघ महिनामा बजार पूँजीकरण ३९ खर्ब ५९ अर्ब ६५ करोड रुपैयाँ रहेको थियो ।

२०७९ माघमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २४६ पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १४६ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् । यसबाहेक ६३ जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ६ लगानी कम्पनी, ५ होटल, ४ व्यापारिक संस्था र ३ अन्य समूहका रहेका छन् । २०७८ माघमा सूचीकृत कम्पनीको संख्या २२६ रहेको थियो ।

सूचीकृत कम्पनीमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पूँजीकरणको हिस्सा ६५.८ प्रतिशत छ । त्यसैगरी जलविद्युत् कम्पनीकाे हिस्सा १२.९ प्रतिशत, लगानी कम्पनीको हिस्सा ६.७ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ४.१ प्रतिशत, होटेलको हिस्सा १.८ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.४ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ८.२ प्रतिशत रहेको छ ।

रु‍ २२ अर्ब ४८ कराेडकाे धिताेपत्र निष्काशन स्वीकृति

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले ९ अर्ब २० करोड बराबरको डिबेन्चर रुपैयाँ, ७ अर्ब ७५ करोड बराबरको म्युचुअल फण्ड रुपैयाँ, ४ अर्ब ५८ करोड रुपैयाँ बराबरको साधारण शेयर र ९५ करोड रुपैयाँ बराबरको हकप्रद शेयर गरी कुल २२ अर्ब ४८ करोड रुपैयाँ बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS