IME Life New

बजारले राताे झण्डा देखाएपछि सेवा शुल्कमाथि पुनर्विचार गर्न बाध्य भयाे ईसेवा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाैं । विद्युतीय भुक्तानी काराेबारमा अभ्यस्त भएका उपभाेक्ता सशुल्क सेवाका लागी समेत तयार भएकाे पूर्वानुमान सहित शुल्क लिन शुरु गरेकाे ईसेवा पुनर्विचार गर्नुपर्ने अवस्थामा पुगेकाे छ।

पूर्वानुमान विपरित सशुल्क सेवाकाे विराेधमा ग्राहकले नकारात्मक प्रतिकृया जनाएपछि ईसेवाकाे व्यवस्थापनले दैनिक दुई पटकभन्दा बढी ईसेवाबाट ईसेवा खातामा पैसा पठाउँदा शुल्क लिने प्रावधानबारे पुनर्विचार गर्नुपर्ने बाध्यता आइपरेकाे हाे ।

Esewa
Crest

विदेशबाट पठाएकाे रकम विदेशमै राेकेर रेमिट्यान्स कम्पनीले आन्तरिक विप्रेषणकाे आवरणमा हुण्डी काराेबारमा सघाएकाे पुष्टी भएपछि नेपाल राष्ट्र बै‌ंकले आन्तरिक विप्रेषण सेवामा प्रतिबन्ध लगाएकाे थियाे । यस्ताे राेकपछि हुण्डी काराेबारमा स‌ंलग्न गिराेहले ईसेवा, आइएमई पे, खल्तीलगायतका विद्युतीय भुक्तानीमाध्यमबाट विप्रेषणकाे रूपमा स्वदेशभित्रै परिचालन गरेर विदेशी मुद्रा भित्रिन नदिएकाे र जुवामा समेत प्रयाेग गर्न थालेकाे राष्ट्र बैंककाे अध्ययन प्रतिवेदनले पुष्टी गरेकाे थियाे । यही अध्ययन प्रतिवेदनसँगै औसत ग्राहककाे दैनिक काराेबार स‌ंख्यालाई आधार मानेर ईसेवाले आफ्नाे सेवाहरुमा शुल्क लागू गरेकाे थियाे ।

शुल्क तिर्नका लागी नेपाली उपभाेक्ताहरु अझै अभ्यस्त भइ नसकेकाे निष्कर्षमा ईसेवा व्यवस्थापन पुगेकाे छ।

पछिल्लाे समयमा कनेक्ट आइपिएसले समेत एउटा बैंकबाट अर्काे बैंककाे खातामा माेबाइल नम्बरकाे माध्यमबाट रकम ट्रान्सफर गर्ने सुविधाका लागी सेवाशुल्क जम्मा रू.१ ताेकेपछि विद्युतीय वालेट र फाेन पे लगायतका सेवा प्रदायकहरूलाई चुनाैती थपिएकाे छ। कनेक्ट आइपिएसकाे इन्स्टा फण्ड ट्रान्सफर सेवा अहिले एनआइसी एशिया बै‌ंककाे माेबाइल बैंकिङमा मात्र उपलब्ध छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

86%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

14%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS