Connect IPS
IME Life

एमडिआरटी २०२३ मा योग्य अभिकर्तालाई प्रभु लाइफले गर्यो भव्य सम्मान

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले चितवनको सौराहामा ‘एमडिआरटी एचिभर्स ग्राण्ड अवार्ड सेरेमोनी’ विभिन्न कार्यक्रम गरी भव्यताका साथ सम्पन्न गरेको छ । कम्पनीले फाल्गुन १० देखि १२ गतेसम्म सञ्चालन गरेको उक्त कार्यक्रममा कम्पनीबाट एमडिआरटी २०२३ मा छनौट भएका विजयी अभिकर्ताहरुलाई सम्मान गरेको हो ।

एमडिआरटी एचिभर्स ग्राण्ड अवार्ड सेरेमोनीको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाइले गरेका हुन् । तीन दिनसम्म संचालन भएको उक्त कार्यक्रममा अभिकर्ताहरुलाई सम्मान, अन्तराष्ट्रिय प्रशिक्षकद्धारा मोटिभेसनल सेसन एवं विभिन्न रिफ्रेसमेन्ट कार्यक्रमहरु रहेका थियो ।

Prabhu
Crest

कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले सबैको मिहेनतले नै सफलता प्राप्त गरी यस्तो उत्सव मनाउन लागिएको बताए । उनका अनुसार दृढ संकल्पले नै कम्पनीको साझा लक्ष्य हासिल गर्न सकिएको हो । यो सफलताको उचाइ आगामि दिनहरुमा पनि अझ उचाइमा पुग्ने विश्वास एवं प्रण व्यक्त गरे ।

कार्यक्रममा कम्पनीका उच्च व्यवस्थापन समूह, प्रदेश प्रमुखहरु, शाखा प्रमुखहरु एवं अभिकर्ताहरु लगायतको उल्लेख्य सहभागीता रहेको कम्पनीले जारी गरेको कम्पनीले जनाएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS