Connect IPS
IME Life

प्राइम लाइफको खुद बीमा शुल्क २ अर्ब २३ करोड, नाफामा भने सामान्य बृद्धि

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७८ /७९ को दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार खुद नाफामा सामान्य बृद्धि भएको छ । खुद बीमा शुल्क आर्जन घटेको छ भने खुद दाबी भुक्तानी गत आर्थिक वर्षको तुलनामा बढी गरेको छ ।

३ अर्ब १४ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडा कोषमा २९ करोड २२ लाख रुपैयाँ संचिती रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा ४९ करोड १७ लाख संचिती रहेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको जगेडा कोषमा रकम घटेको हो ।

Prabhu
Crest

यस अवधिमा कम्पनीको जीवन बीमा कोषमा २० अर्ब ७६ करोड ५५ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्ष कम्पनीको जीवन बीमा कोषमा १६ अर्ब ६१ करोड रुपैयाँ थियो । गत वर्षको तुलनामा कम्पनीको जीवन बीमा कोषको आकार बृद्धि भएको छ । महाविपत्ती कोषमा १९ करोड ४४ लाख रुपैयाँ रहेको छ ।

यस अवधिमा कम्पनीले १७ करोड ४७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १७ करोड ४२ लाख रुपैयाँ खुद नाफा गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनकिो नाफा सामान्य बृद्धि भएको हो ।

यस अवधिमा कम्पनीले २ अर्ब २३ करोड ९५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ३२ करोड २ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ३ प्रतिशतले कमी हो ।

यस अवधिमा कम्पनीले ६२ करोड ३१ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५६ अर्ब ५ करोड रुपैयाँ दाबी भुक्तानी गरेको थियो । गत आर्थिक वर्षको तुलनामा कम्पनीले यस अवधिमा बढी दाबी भुक्तानी गरेको देखिएको छ ।

यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ११ रुपैयाँ १३ पैसा रहेको छ । प्रति शेयर नेटवर्थ ११५ रुपैयाँ ५० पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS