IME Life New

रिलायन्स लाइफको व्यतित बीमालेख नविकरणमा शतप्रतिशत ब्याज छुट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेखको बिलम्व शुल्कमा शत प्रतिशत ब्याज छुट दिने भएको छ । कम्पनीले आफ्ना ग्राहक वर्गको जीवन सुरक्षाको महत्वलाई तथा उनीहरुको आग्रहलाई मध्यनजर गरी ग्राहकले नवीकरण बीमा शुल्क भुक्तानी नगरी व्यतित भएका सबै बीमालेखको हकमा २०७९ माघ २३ गतेदेखि फागुन १५ गतेभित्र पुनर्जागरण गराएमा सो मा लाग्ने विलम्ब शुल्कमा शतप्रतिशत छुट प्रदान गर्ने जनाएको छ ।

यस सुविधा लिई पुनर्जागरण गरिइएको बीमालेख ६ महिनाभित्र समर्पन गरेमा छुट छुट गरिएको विलम्ब फिर्ता लिइने कम्पनीले जनाएको छ ।

Esewa
Crest

पुनर्जागरण अभियान अन्तर्गत दुई वर्ष वा सो भन्दा कम समय व्यतित भएका बीमालेखको हकमा मात्र लागूहुनेर बीमालेख अवधिभित्र एक पटक मात्र व्याज छुटको सुविधा प्रदान गरिने कम्पनीले जनाएको छ ।

कुनै पनि बीमालेख व्यतित रहँदा बीमितले रक्षावरण गुमाउनुका साथै विलम्ब शुल्क पनि व्यहोर्नु पर्ने हुनाले यो सुनौलो मौकाको फाइदा लिई बीमालेख नवीकरण गर्न ग्राहकवर्गलाई अनुरोध गरेको छ ।

हरेक नेपालीलाई बीमाको दायराभित्र ल्याई बीमित र बीमितसँग आश्रित परिवारको आर्थिक सुरक्षाको लागि जीवन बीमा अनिवार्य रहेको छ । अतः यसै कुरालाई मध्यनजर गरी रिलायन्स लाइफ इन्स्योरेन्सले आफ्ना ग्राहक वर्गको जीवन सुरक्षाको महत्वलाई मध्यनजर गरी बीमालेख पुनर्जागरण अभियान संचालन गरेको छ ।

पुनर्जागरण अभियानबारे थप जानकारीको लागि कम्पनीको टोल फ्री नम्बर १६६० ०१०१४०० अथवा ०१ ५९७ ०४०० मा सम्पर्क गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS