IME Life New

के तपाईंलाई थाहा छ एकाघरको सदस्य भित्र को को पर्दछन्, समान किसिमको कम्पनीको सञ्चालक हुन पाइएला ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पब्लिक लिमिटेड कम्पनीमा ‘एकाघर’ शब्दले विशेष अर्थ राख्दछ । बैंक वित्तीय संस्था तथा बीमा कम्पनीमा लगानी गर्दा होस् या त बैंक खाता खोल्नेदेखि लिएर बीमा पोलिसी खरिद गर्ने अवस्थामा समेत यस शब्दलाई विशेष ख्याल गर्नु पर्छ । अन्यथा त्यो गैरकानुनी कदम हुन पुग्दछ ।

बीमा ऐन २०७९ को दफा दुई को ‘ङ’ अनुसार एकाघरको परिवार भन्नाले सम्बन्धित व्यक्तिको पति वा पत्नी, छोरा, बुहारी, छोरी, धर्मपुत्र, धर्मपुत्री, बाबु, आमा, सौतेनी आमा र आफूले पालन पोषण गर्नु पर्ने वा आफूलाई पालन पोषण गर्ने अन्य व्यक्ति सम्झनु पर्छ भनिएको छ ।

Esewa
Crest

बीमा ऐनको परिच्छेद चारमा इजाजतपत्रको व्यवस्था अन्तर्गत दफा २५ मा यसको विशेष महत्व छ । बीमा कम्पनी स्थापना गर्दा नेपाल बीमा प्राधिकरणले तोकिदिएको सिलिङ भन्दा माथि लगानी गर्न पाइदैन । बीमा कम्पनीमा एउटा व्यक्ति तथा कम्पनीले १५ प्रतिशत भन्दा बढि लगानी गर्न पाइदैन । बीमा कम्पनीको नयाँ लाइसेन्स लिने समयमा पनि एकाघरका सदस्यको अर्को कुनै समान किसिमको कम्पनीमा लगानी रहेको पाइएमा नयाँ लाइसेन्स पाइदैन ।

अझ यस दफा २५ को उपदफा ५ अन्तर्गत कुनै एक बीमा कम्पनीको शेयरमा लगानी गर्ने व्यक्ति वा निजको एकाघरको परिवार, फर्म, कम्पनी वा संस्थाले समान किसिमको बीमा व्यवसाय गर्ने अर्को कुनै बीमा कम्पनीमा लगानी गर्दा त्यस्तो बीमा कम्पनीको चुक्ता पूँजीको एक प्रतिशत वा सोभन्दा बढी हुने गरी शेयरमा लगानी गर्न वा कुनै व्यहोराले त्यस्तो कम्पनीको शेयर स्वामित्व प्राप्त गर्न सक्ने छैन भनिएको छ ।

यस्तो व्यवस्थाले कुनै एउटा कम्पनी वा समान किसिमका उस्तै बीमा कम्पनीमा पनि कुनै एउटा व्यक्ति वा एकाघरका परिवारका सदस्यहरुले समेत लगानी गर्न पाइदैन । तर नेपाली बीमा कम्पनीमा एकाघर परिवारका सदस्यहरु समेत समान किसिमका दुई बीमा कम्पनीमा सञ्चालक बसेको सुनिन थलिएको छ । नेपाल बीमा प्राधिकरणको झारो टार्ने नियमनले गर्दा यस्ता घटना बाहिर आइरहेको छैन।

यसले गर्दा एउटै परिवारका फरक फरक व्यक्तिहरुको संलग्नता अन्य कम्पनी नहोस् अझ साञ्चालक नबनुन भनेर एकाघरको परिभाषा गरिएको पाइन्छ । एकाघर भन्ने वित्तीकै एउटै घर भित्र रहेका सदस्यहरु एक व्यक्ति सरह हुन्छ । परिवार भित्रको कुनै एक सदस्यको संलगनता हुने वित्तीकै बाँकी सदस्यहरु अन्य कम्पनीमा लगानी गर्न, सञ्चालक बन्न, वित्तीय स्वार्थ बाझीने संस्थामा संलग्न हुन पाउदैनन् ।

वित्तीय स्वार्थ नबाझियोस् भनेर कम्पनी ऐनदेखि लिएर बैंक वित्तीय संस्था बीमाहरुका लागि जारी भएका ऐन नियम कानुनमा यस्तो व्यवस्था गरिएको हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

18%
happy

खुसी

0%
sad

दु :खी

27%
amazed

अचम्मित

0%
excited

उत्साहित

55%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS