Connect IPS
IME Life

प्राधिकरणले प्रभुलाई हकप्रदबाट मात्रै पूँजी जुटाउन नदिने, चैतसम्म जोडि खोज्नै पर्ने दवावमा कम्पनी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल बीमा प्राधिकरणले अजोड सँग मर्जर भाडिए पछि प्रभु इन्स्योरेन्स कम्पनीलाई यहि चैत भित्र अर्को कम्पनी सँग मर्जरको संझौता गर्न निर्देशन दिएको छ । कम्पनीले तोकिएको पूँजी जुटाउन हकप्रद शेयरको बाटो मात्रै रोज्न नपाउने बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले बताए ।

उनले भने ‘हामी प्रभुलाई हकप्रद शेयर निष्काशन गरेर मात्रै पूँजी जुटाउन दिदैनौ । उसले चैत मसान्त भित्रमा मर्जरको संझौता गर्नु पर्यो ।’ अजोड सँग मर्जर भाडिदैमा कम्पनीले छुटकारा नपाउने उनले बताए । अजोड सँग मर्जर भाडिए पछि प्रभुले हकप्रद शेयरबाटै पूँजी जुटाउने तयारी गरेको छ ।

Prabhu
Crest

जवकी प्रभुको हालको चुक्ता पूँजी एक अर्ब २८ करोड रुपैयाँ छ । अहिले प्रस्ताव गरेको ६.७ प्रतिशत बोनस शेयर वितरण पछि चुक्ता पूँजी एक अर्ब ३७ करोड पुग्नेछ । प्राधिकरणले कायम गरेको न्युनतम चुक्ता पूँजी साढे २ अर्ब पुर्याउन कम्पनीलाई एक अर्ब १२ करोड आवस्यक पर्नेछ । यसका लागि कम्पनीलाई ४५ प्रतिशत हकप्रद शेयर आवस्यक पर्नेछ । प्राधिकरणले कुनै पनि कम्पनीलाई ३० प्रतिशत भन्दा माथिको हकप्रद शेयर निष्काशन गर्न नदिने बताउदै आएको छ ।

मर्जर भनेको दुई कम्पनीको मिलन हो । त्यसैले मर्जर सम्मानजनक हुनु पर्ने सिलवालको तर्क छ । अजोडलाई प्रमुख समुहले प्रारम्भिक सहमतिबाट पनि तल झरेर स्वाप रेसियो कायम गर्न खोजे पछि अजोडले मर्जर भाडेर युनाइटेड सँग संझौता गर्यो । प्रभु समुहका देवी प्रकाश भट्टचनको दम्भले गर्दा पनि अजोड सँगको मर्जर भाडिएको हो । नयाँबानेश्वर तीनकुनेमा रहेको केन्द्रिय कार्यालयको भवनकै कारण प्रभु समुहले स्वाप रेसियोमा वार्गेनिङ गर्दै आएको छ । यसले गर्दा अन्य कम्पनीका शेयरधनीहरु प्रभु सँग मर्जर गर्न मानिरहेका छैनन् । त्यसमा पनि यस पटक भट्टचन नेकपा एमालेको तर्फबाट समानुपातिक कोटाबाट सांसद भएका छन् ।

अजोड सँग मर्जर भाडिए पनि अझै बजारमा आइमएई जनरल, नेपाल इन्स्योरेन्स, प्रुडेन्सियल जस्ता कम्पनीले जोडि खोजेर बसेको हुँदा मर्जरको लागि बाटो खुला रहेको अध्यक्ष सिलवालको भनाइ छ । एउटा कम्पनी सँग मर्जर भाडिदैमा केहि फरक नपर्ने भन्दै उनले यहि चैत मसान्त भित्रमा मर्जरका लागि अर्को कम्पनी खोजेर प्राधिकरणले तय गरेको पूँजी जुटाउनै पर्ने उनले बताए ।

प्राधिकरणले कम्पनीलाई तोकिएको पूँजी जुटाउन तीन वटा विकल्प दिएको छ । पहिलो विकल्प मर्जर, दोस्रो विदेशी रणनीतिक साझेदारी र तेस्रो केहि नपुग पूँजीका लागि हकप्रद शेयर जारी गर्न पाउने छन् । निर्जीवन बीमा कम्पनीमा अहिले आफैले पूँजी जुटाउदा अवको लामो समयसम्म शेयरधनीहरुले राम्रो प्रतिफल पाउन सक्दैनन् । यदि मर्जर भयो भने संस्थापकले पूँजी थप्नु पर्दैन । पूँजी नथपी गएका वर्षमा पाउदै आएको लाभांश घट्ने अवस्था कम हुन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS