IME Life New

माघ १ देखि निक्षेपकाे ब्याज दर घट्ने, कर्जाकाे ब्याज दर कहिलेबाट सस्तिएला ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। वाणिज्य बै‌ंकले प्रदान गर्दै आएकाे मुद्दती निक्षेपकाे ब्याज दर माघ महिनाबाट करिब दश प्रतिशत अ‌ंकले घट्ने भएकाे छ । नेपाल बैंकर्स संघकाे बैठकले उद्याेगी व्यवसायीकाे दबाब र सरकारकाे आग्रह समेतलाई मध्यनजर गर्दै मुद्दती निक्षेपको वार्षिक ब्याजदर घटाउने निर्णय गरेकाे हाे ।

यसअघि मुद्दती निक्षेपको वार्षिक ब्याज दर १२.१३३ प्रतिशतसम्म रहेकाेमा याे ब्याजदर ९.५ प्रतिशत अंकले झारेर ११ प्रतिशतमा सीमित हुने अपेक्षा गरिएकाे छ। मुद्दती निक्षेपकाे ब्याज दर माघ १ गतेदेखि नै घट्ने भएपनि कर्जाकाे ब्याज दर त्रैमासिक अाैसत आधार दरसँग जाेडिएकाले कर्जाकाे ब्याज दर बैशाख १ गतेदेखि मात्र घट्ने स‌ंभावना छ। सर्वसाधारणले अहिले बै‌ंकहरूबाट १६ प्रतिशतभन्दा महँगाे ब्याज दरमा कर्जा लिनु पर्ने बाध्यता छ । बजारमा तरलता अभावकाे कारण देखाउँदै वाणिज्य बैंकले साधारण ऋणीलाई कर्जा समेत उपलब्ध गराउन सकेका छै‌नन् ।

Esewa
Crest

ब्याज दर निर्धारणका लागी वाणिज्य बैंक र  वित्तीय संस्थाहरूबीच भद्र सहमतिका लागी दबाब दिए पनि  नेपाल राष्ट्र बैंकले मुद्दती तथा कर्जाकाे ब्याज दर निर्धारणमा स्वतन्त्र छाेड्दै आएकाे छ । तर ब्याज दर निक्कै चर्काे भएकाे भन्ने गुनासाे नेपाल उद्याेग वाणिज्य महास‌ंघ लगायतका संघ संस्थाबाट ‌‌‍अाैपचारिकरूपमै दबाब दिएपछि राष्ट्र बैंकले निक्षेप र कर्जा बीचकाे ब्याज दर अन्तरलाई कटाैती  गरी दिएकाे छ। राष्ट्र बैंकले मंसिर २८ गते चालू आर्थिक वर्ष २०७९।८० काे मौद्रिक नीतिको पहिलो समीक्षामार्फत् निर्देशन जारी गर्दै चैतबाट वाणिज्य बैंकहकाे औसत ब्याजदर अन्तर ४.२ प्रतिशत कायम गर्नुपर्ने निर्देशन दिएकाे छ । यसैगरी असारदेखि भने ४.० प्रतिशतमा झार्नुपर्नेछ । त्यस्तै विकास बैंक र फाइनान्स कम्पनीहरुले चैतबाट ४.८ प्रतिशत र असारदेखि ४.६ प्रतिशतमा झार्नुपर्नेछ ।

यसअघि वाणिज्य बैंकहरूले लिने र दिने ब्याज दरबीचकाे अन्तर ४.४ प्रतिशतसम्म रहेकाे थियाे । स्प्रेड दर बाहेक थप प्रिमियम समेत वाणिज्य बैंकले असुलेकाे व्यापक गुनासाे पछि राष्ट्र बैंकले प्रिमियम वापत असुलेकाे कर्जाकाे ब्याजकाे अतिरिक्त रकम पाैष महिनाभित्र सम्बन्धित ऋणीकाे खातामा फिर्ता गर्न निर्देशन दिई सकेकाे छ ।

सर्वसाधारणले आफूसँग भएकाे नगद वा बचत रकम पाैष २९ गते भित्रमा मुद्दती निक्षेपमा राखेर उच्च ब्याज दरकाे लाभ उठाउन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

24%
happy

खुसी

5%
sad

दु :खी

47%
amazed

अचम्मित

5%
excited

उत्साहित

18%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS