Connect IPS
IME Life

ईटा भट्टामा काम गर्ने उदित र निरोजको छैन् बीमा

SPIL
NIC ASIA new
Sanima Reliance

रामेछाप घर भएका उदित भक्तपुरको ईटा भट्टामा काम गर्दै आएको लगभग ५ वर्ष भईसकेको छ । भालेको डाक सँगै उनको दैनिकि शुरुवात हुन्छ । सानैमा बा आमा गुमाएका उदित अहिले काकाको सरणमा रही जीवन गुजारा गर्दै आईरहेका छन् । “पहिले देखि नै काका शहर बस्दैँ आएका थिए । बा आमा गुमाउँदाका पीडा भुलाउन भनेर म पनि काका सँगै शहर पसेको ५ वर्ष भईसक्यो” बा आमा गुमाएको त्यो पल सम्झदै उदितले भने ।

काम कत्तिको गर्नु पर्छ भन्ने प्रश्न सोध्ना साथ उनी झस्किए । कामको त टुङ्गै हुँदैन, धेरै गर्नु पर्छ, साहुको नुन खाए पछि काम त गर्नै पर्यो नी । तितो यथार्थ बताए ।

Prabhu
Crest

बैशाखको महिना चर्को घाम सँगै बिहान बेलुकिको छाक जोहो गर्ने तरखरमा रहेका उदित काम मै व्यस्त देखिन्थे । लाउलाउ र खाउखाउको उमेर, कलेज पढ्ने समय तर बिडम्बना उदितको दैनिकि त्यस्तो देखिदैन् थियो । पढ्न पाईएन बा आमा नभए पछि पढ् भन्ने पनि कोही भईदिएनन्, बीचमै पढाई छोडेका उदितले बताए ।

भोजपुर घर भएका निरोजको पनि उदितको जस्तै कथा छ, जो उनी सँगै दिनरात, घामपानी नभनि काममा व्यस्त रहन्छन् । निरोजको पनि परिवारमा सहयोग गर्ने कोहि छैनन् । बीचमै पढाई छोडेर आएका निरोज शहर आएको ६ वर्ष भईसक्यो । अहिले उनी आफ्ना आफ्न्तकमा बस्दै आएका छन् ।

जीवनको जोखिम मोल्दै काम गर्दै आएका उदित र निरोजको जीवन बीमा छैन् ।

ईटा भट्टामा काम गर्नेलाई जोखिम बढी नै हुने गर्दछ । काम गर्दा गर्दै कत्तिपयले ज्यान नै गुमाउने गर्छन्, भने कत्ति घाईते पनि हुन्छन् । भट्टामा काम गर्नेहरु धेरै ठुलो सपना लिएर जादैनन् । सामान्य जीवन गुजारा गर्ने माध्यम बनाउदैँ ईटा भट्टा पुगेकाहरुको जीवनमा केही गरी जोखिम भईहाल्यो भने उनीहरुलाई साथ दिने कोहि हुँदैनन् पनि ।

जीवनको जोखिम मोल्दै यस्ता ठाउँमा काम गर्ने व्यक्तिहरुको बीमा हुन जरुरी हुन्छ । उनीहरुको भविष्यमा पर्न सक्ने भवितव्य जोखिमलाई बहन गर्ने उपयुक्त माध्यम बीमा हुन्छ । जोखिमबाट ग्रसित भएकाहरुका लागि बीमाले सहयोग गर्दछ ।

बीमा जोखिम हस्तान्तरण गर्ने एक माध्यम हो । बीमा जोखिम हस्तान्तरणको एक करार पनि हो । अनिश्चित जोखिम हस्तान्तरण गरी क्षतिपूर्ति प्राप्त गर्ने माध्यम नै बीमा हो । बीमा भनेको आर्थिक नोक्सान हुँदा दिईने क्षतिपुर्तिको ग्यारेन्टी हो । बीमा गर्दा बीमित र बीमक बीच सम्झौता हुन्छ । सोही सम्झौताका आधारबाट बीमा कम्पनीले नोक्सानीको क्षतिपूर्ति दिन्छ । भविष्यका लागि अपनाइने कानूनी विधि वा बीमा कम्पनीसँग गरिने एक प्रकारको सम्झौता नै बीमा हो ।

बीमा केका लागि ?

बीमा जोखिम बहन गर्ने एक भरपद्रो माध्यम हो । मानवीय जीवन जोखिमपूर्ण छ । घरमा बस्दा अथवा बाहिर निस्किँदा, सुत्दा अथवा उठ्दा जतिबेला पनि जोखिम छ । नेपालको सन्दर्भमा भन्ने हो भने भुकम्पको खतरा रहेको छ । यस्ता प्राकृतिक प्रकोपका जोखिमहरु अरु पनि छन् । साथमा अन्य जोखिमहरु पनि छन् ।

मानिसको जीवनसँग सम्बन्धित जोखिमको विरुद्ध गरिने बीमालाई जीवन बीमा भनिन्छ । बीमितको भविष्यमा आईपर्न सक्ने सम्भावित जोखिम विरुद्ध लड्न सक्ने सामर्थ जीवन बीमाले प्रदान गर्दछ । जीवन बीमा गर्दा हुने फाईदाहरु धेरै रहेका छन् । भविष्यमा पर्न सक्ने जोखिम लाई सामना गर्न सक्ने क्षमता बीमा कम्पनिले बीमितलाई प्रदान गर्दछ । जीवन बीमा अन्तर्गत बीमा गर्ने व्यक्ति दुर्घटनामा पर्यो भने उसलाई उपचार खर्चको अभाव हुदैन किनकी त्यो जिम्मेवारी बीमा कम्पनीले वा बीमकले बोकेको हुन्छ । यदि बीमितको मृत्यु भई हालेमा उसको परिवारले आर्थिक अभावको समस्यामा अल्झि रहनु पर्दैन । बीमा दाबी वापत बीमितको परिवारले बीमितको मृत्यु भए पनि उसको परिवारलाई राहत पुग्दछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS