Connect IPS
IME Life

९ निर्जीवन बीमा कम्पनीले घोषणा गरे लाभांश, कुनले कति दिँदैछन् बोनश शेयर ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आर्थिक वर्ष २०७८ /७९ को लागि हालसम्म ९ निर्जीवन बीमा कम्पनीहरुले लाभांश घोषणा गरेका छन् । कम्पनीहरुले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेका हुन् । यी बाहेकका कतिपय कम्पनीहरु लाभांश घोषणाको प्रक्रियामा रहेका छन् । हालसम्म लाभांश घोषणा गरेका निर्जीवन बीमा कम्पनीहरुमध्ये सबैभनदा धेरै शिखर इन्स्योरेन्स कम्पनीले र सबैभन्दा थोरै यूनाइटेड इन्स्योरेन्स कम्पनीले घोषणा गरेको छ ।

शिखर इन्स्योरेन्स कम्पनी
लाभांश प्रस्ताव गरेकामध्ये सबैभन्दा धेरै लाभांश घोषणा गरेको शिखरले आफ्ना शेयरधनीलाई कुल १६ दशमलव ८४२१ प्रतिशत लाभांश घोषणा गरेको छ । जसमा १६ प्रतिशत बोनश शेयर वितरण गर्ने निर्णय गरेको छ भने ० दशमलव ८४२१ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

Prabhu
Crest

नेको इन्स्योरेन्स कम्पनी
नेको इन्स्योरेन्स कम्पनीले गत वर्षको मुनाफाबाट कुल १५ दशमलव ७९ प्रतिशत लाभांश वितरण गर्ने जनाएको छ । जसमध्ये कम्पनीले आफ्ना शेयरधनीलाई १५ प्रतिशत बोनश शेयर वितरण गर्न लागेको हो भने ० दशमलव ७९ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्न लागेको हो ।

प्रिमियर इन्स्योरेन्स कम्पनी
प्रिमियर इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई कुल १५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । जसमध्ये कम्पनीले ५ प्रतिशत बोनश शेयर वितरण गर्ने जनाएको छ भने १० प्रतिशत नगद लाभांश वितरण गर्ने जनाएको छ ।

सगरमाथा इन्स्योरेन्स कम्पनी
सगरमाथा इन्स्योरेन्स कम्पनीले गत आथिृक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई कुल १३ दशमलव १५७९ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । कम्पनीले जसमध्ये १२ दशमलव ५ प्रतिशत बोनश शेयर वितरण गर्न लागेको हो भने कर प्रयोजनका लागि ० दशमलव ६५७९ प्रतिशत नगद लाभांश दिन लागेको हो ।

एनएलजी इन्स्योरेन्स कम्पनी
एनएलजी इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई कुल १० दशमलव ५२६३ प्रतिशत लाभांश वितरण गर्न लागेको छ । जसमध्ये कम्पनीले १० प्रतिशत बोनश शेयर वितरण गर्नेछ भने ० दशमलव ५२६३ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्नेछ ।

सिद्धार्थ इन्स्योरेन्स कम्पनी
सिद्धार्थ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई कुल ९ दशमलव ४७३७ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीले सबै नगद लाभांश वितरण गर्ने जनाएको छ । यस पटक कम्पनीले शेयरधनीलाई बोनश शेयर वितरण नगर्ने भएको छ ।

नेपाल इन्स्योरेन्स कम्पनी
नेपाल इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको नाफाबाट हाल कायम चुक्ता पूँजीको आधारमा कुल ८ दशमलव ४२११ प्रतिशत लाभांश वितरण गर्ने जनाएको छ । जसमध्ये कम्पनीले ८ प्रतिशत बोनश शेयर वितरण गर्ने भएको छ भने कर प्रयोजनका लागि ० दशमलव ४२११ प्रतिशत नगद लाभांश वितरण गर्ने जनाएको छ ।

आइएमई जनरल इन्स्योरेन्स कम्पनी
आइएमई जनरलले हाल कायम चुक्ता पूँजीको आधारमा गत वर्षको वितरणयोग्य नाफाबाट आफ्ना शेयरधनीलाई कुल ६ दशमलव ८४ प्रतिशत लाभांश वितरण गर्ने जनाएको छ । जसमध्ये कम्पनीले ६ दशमलव ५ प्रतिशत बोनश शेयर वितरण गर्नेछ भने कर प्रयोजनका लागि ० दशमलव ३४ प्रतिशत नगद लाभौश वितरण गर्नेछ ।

यूनाइटेड इन्स्योरेन्स कम्पनी
यूनाइटेड इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई कुल ५ दशमलव २६३२ प्रतिशत लाभांश दिने भएको छ । जसमध्ये कम्पनीले ५ प्रतिशत बोनश शेयर वितरण गर्नेछ भने कर प्रयोजनका लागि ० दशमलव २६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने जनाएको छ ।

२ कम्पनीको बुक क्लोज
लाभांश घोषणा गरेका कम्पनीहरुमध्ये २ कम्पनीले बुक क्लोज गर्ने मिति तय गरिसकेका छन् । जसमध्ये गूनाइटेड इन्स्योरेन्स कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनका लागि पुस १७ गते बुक क्लोज गर्दैछ त्यसकारण पुस १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीले प्रस्तावित लाभांश पाउन र सभामा भाग लिन पाउनेछन् ।कम्पनीले लभांश पारित सहित अन्य एजेण्डा पारित गर्नका लागि पुस २७ गते साधारण सभा आयोजना गर्दैछ ।

त्यस्तै, नेपाल इन्स्योरेन्स कम्पनीले आज पुस ८ गते बुक क्लोज गर्दैछ । त्यसकारण हिजासम्म कायम शेयरधनीले सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् । कम्पनीले पुस २२ गते साधारण सभा गर्दैछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

17%

खुसी

33%

दु :खी

50%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS