Connect IPS
IME Life

यूनियन लाइफको अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले आज बिहीबार बिर्तामोडको सिटी सेन्टरमा अंग्रेजी बर्ष २०२२ को अन्त्य नजिकिएसँगै ब्यवसाय वृद्धिका लागि अभिकर्ता क्षमता अभिबृद्धि कार्यक्रमको आयोजना गरेको हो ।

अभिकर्ताहरुको अन्तर्राष्ट्रिय छाता संगठन मिलियन डलर राउण्ड टेबल (एमडीआरटी) लक्षित कार्यक्रम आयोजना गरिएको कम्पनीका प्रदेश १ प्रमुख भुपराज पराजुलीले जानकारी दिए ।

Prabhu
Crest

कार्यक्रमलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्णले सहजीकरण गरेका थिए । कर्णले एमडीआरटी हुनुको महत्व बारे प्रकाश पार्दै छोटो समयमा एमडीआरटी बन्ने उपायहरुको बारेमा चर्चा गरेका थिए ।

कार्यक्रममा प्रदेश १ बाट यूनियनमा पहिलो एमडीआरटी २०२३ बन्न सफल खिवराज दाहाललाई सम्मान गरिएको थियो । प्रदेश स्तरीय कार्यक्रम अन्तर्गत बिहीबार झापाबाट शुरु भएको कार्यक्रम शुक्रबार इलाम, शनिबार धनकुटा र आइतबार इटहरीमा गरेर समापन गरिने कम्पनीका प्रदेश १ उपप्रमुख नविन मिश्रले जानकारी दिए ।

कार्यक्रममा बिर्तामोड शाखा प्रमुख बद्री भण्डारी, बुद्धशान्तिका प्रमुख ओम खतिवडा, भद्रपुर शाखा प्रमुख निरज निरौला, धुलाबारी शाखा प्रमुख गोपाल दाहाल, सुरुङ्गा शाखा प्रमुख नारायण थापा, काकरभिट्टा शाखा प्रमुख दिपक पौडेललगायत उर्लाबारी पूर्वका अभिकर्ता र कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS