Connect IPS
IME Life

१० करोडमा स्थापित शिखरले लगानीकर्तालाई दियो एक अर्ब ५५ करोड लाभांश, पूँजी बढ्दा लाभांश दर घट्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले शुक्रवार इतिहासकै सर्वाधिक कम लाभांश दर घोषणा गर्यो । तर रकममा हेर्ने हो भने यो इतिहासकै सर्वाधिक दोस्रो ठुलो लाभांश रकम हो । कम्पनीले गत वर्ष एकै पटक दुई आर्थिक वर्षको सञ्चित मुनाफाबाट २७.७७ प्रतिशत लाभांश घोषणा गर्दा शेयरधनीले इतिहासकै सर्वाधिक धेरै ४० करोड १२ लाख रुपैयाँको लाभांश प्राप्त गरेका थिए ।

शिखरको लाभांशदर हेर्यो भने आर्थिक वर्ष २०७२/७३ मा सर्वाधिक धेरे ६३.१५ प्रतिशतसम्म दिएको पाइन्छ । यस वर्षको लाभांश रकम भने २२ करोड ५८ लाख रुपैयाँ थियो । तत्कालिन समयमा चुक्ता पूँजी जम्मा ४० करोड ८७ लाख रुपैयाँ थियो । यहि पूँजीमा कम्पनीले उक्त बोनस शेयर र नगद लाभांश दिएको हो ।

Prabhu
Crest

शिखर स्थापना हुँदा चुक्ता पूँजी जम्मा १० करोड मात्रै थियो । दुई वर्षकै अवधिमा २० प्रतिशत बराबरको २ करोड ५० लाख रुपैयाँको आइपिओ निष्काशन गर्यो । यसरी आइपिओ निष्काशन पछि कम्पनीको चुक्ता पूँजी १२ करोड ५० लाख मात्रै थियो ।

कम्पनीले स्थापनाकालदेखि अहिलेसम्म १० पटक लाभांश दिइसकेको छ । यस अवधिमा कम्पनीले शेयरधनीहरुले कुल एक अर्ब ५५ करोड रुपैयाँको लाभांश वितरण गरिसकेको छ । जसमा बोनस शेयर मात्रै एक अर्ब ४४ करोड रुपैयाँ दिइसकेको छ ।

शिखरको हालको चुक्ता पूँजी २ अर्ब २८ करोड रुपैयाँ छ । कम्पनीले शुक्रवार घोषणा गरेको बोनस शेयर पश्चात चुक्ता पूँजी २ अर्ब ६५ करोड रुपैयाँ पुग्नेछ । यस पूँजीमा हकप्रदको योगदान ९३ करोड २२ लाख रुपैयाँ रहेको छ । कम्पनीले एफपिओ मार्फत पनि ५ करोड १० लाख रुपैयाँ छ ।

एपिओ निष्काशन गर्दा आर्जन भएको प्रिमियमले पनि शेयरधनीलाई आकर्षक बोनस शेयर वितरण गर्न सकेको थियो । निर्जीवन बीमा कम्पनीहरु मध्ये सर्वाधिक प्रतिफल दिइरहेको शिखरले नेपाल बीमा प्राधिकरणले घोषणा गरेको न्युनतम चुक्ता पूँजी घोषणा गर्नु अगावै पुर्याइसकेको छ ।

बलियो पूँजी हुनु पर्ने मान्यतालाई आत्मसाथ गरेको शिखरले पूँजी सँगै निर्जीवन बीमा व्यवसायलाई पनि उचाइमा पुर्याएको छ । कम्पनीले भुकम्प पछिका आर्थिक वर्षमा बीमा शुल्क आर्जनेदखि लिएर विभिन्न सूचकमा आफुलाई अगाडी राख्न सफल हुँदै आएको छ ।

व्यवसाय सँगै प्रतिफलमा सर्वाधिक अगाडी रहेकै कारण कम्पनीको शेयरमा पनि लगानीकर्ताको आकर्षण देखिन्छ । ब्लुचिप कम्पनीको रुपमा रहेको शिखरले पूँजीको दायरा फराकिलो बनाउदै गर्दा लाभांश दर भने विस्तार खुम्चिदै गइरहेको छ । पूँजीको तुलनामा त्यहि अनुपातमा व्यवसाय नबढ्दा लाभांश दर पनि बढ्न सक्दैन । लाभांश दर नबढे पनि कम्पनीको मुनाफा भने लगातार बढिरहेको छ । अर्को तर्फ कम्पनीले दिएको लाभांश रकम नै हेर्यो भने आकर्षक नै छ । लाभांश दर बढाउन पूँजीमा भन्दा पनि मुनाफाको बृद्धिमा ध्यान दिनु पर्छ ।

यसो गर्दा कम्पनीको जोखिम बहन क्षमता कम हुन्छ । निर्जीवन बीमा कम्पनीहरुमा जति ठुलो पूँजी हुन्छ त्यसको जोखिम बहन क्षमता पनि त्यति नै अनुपातमा बढि हुन्छ । त्यसैले यि दुई पक्षलाई नै सन्तुलित गर्दै अगाडी बढाउदा राम्रो हुन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%

खुसी

13%

दु :खी

13%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS