Connect IPS
IME Life

जीवन बीमा व्यवसाय ७ प्रतिशतले घट्यो, मर्जर र आर्थिक मन्दीको असर कुन कम्पनीमा कति ? (सूचिसहित)

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । जीवन बीमा व्यवसायको बृद्धिदरमा गिरावट आउन थालेको छ । गएका आर्थिक वर्षमा ३० प्रतिशत भन्दा माथिको बृद्धिदर रहेकोमा चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक अवधिमा ७ प्रतिशतको गिरावट देखिएको हो । कोभिड १९ को समयमा समग्र अर्थतन्त्र बन्द हुँदा जागेको बीमा व्यवसाय पोष्ट कोभिड पछि भने सुस्ताएको छ ।

बीमा कम्पनीका अनुसार धेरै जसो बीमा कम्पनीका शाखाहरु व्यवसाय विहिन बन्दै गइरहेका छन् । गएका वर्षमा आफ्नै पैसा व्यवसायमा लगाउने बीमा कम्पनीका शाखा प्रवन्धकहरु अहिले चुप लागेर बसेका छन् । व्यवसाय ल्याउन नसक्दा अभिकर्ताहरु पनि विस्तारै विस्तारै पलायन हुने क्रम बढेको छ । आर्थिक मन्दि सँगै ‘बीमा’ आम मानिसहरुको प्राथमकिता भन्दा बाहिर जान थालेको छ ।

Prabhu
Crest

जीवन बीमा व्यवसाय घट्नुको अर्को कारण हो ‘मर्जर’ । मर्जरको संझौता गरेका अधिकाम्स बीमा कम्पनीका कर्मचारी तथा अभिकर्ताहरु अहिले चुप लागेर बसेका छन् । मर्जर पछि के हुने हो अत्तो पत्तो छैन । त्यसमा पनि कम्पनीका उच्च व्यवस्थापन मर्जरकै काममा व्यवस्थ भएकाले पनि कर्मचारीहरुलाई व्यवसायिक दवाव छैन । मर्जरसम्म हेरौ के हुन्छ अनि त्यस पछि व्यवसाय ल्याउला नि भन्ने कर्मचारीको जमात ठुलो छ । यसले समग्र व्यवसायमै असर पुर्याइरहेको छ ।

कसको कतिले घट्यो

समिक्षा अवधिमा सबैभन्दा धेरै राष्ट्रिय बीमा संस्थाको व्यवसायमा भारि गिरावट आएको छ । संस्थानको खुब बीमा शुल्क आर्जन ७५ प्रतिशतले घटेर एक अर्ब ११ करोडमा झरेको छ । त्यस्तै दोस्रो ठुलो गिरावट एलआइसी नेपालको छ । कम्पनीको खुद बीमा शुल्क आर्जन १४ प्रतिशतले घटेर ४ अर्ब ४९ करोड रुपैयाँमा झरेको छ ।

त्यस्तै गुराँस लाइफको १३ प्रतिशतले घटेर ७४ करोड ३२ लाखमा सिमित भएको छ । रिलायबल नेपालको पनि ८ प्रतिशतले घटेर ८५ करोड २९ लाख रुपैयाँमा झरेको छ । प्रभुको ७ प्रतिशतले घटेर ५१ करोड, मेट लाइफको ३ प्रतिशतले घटेर एक अर्ब २६ करोड, प्राइम लाइफको एक प्रतिशतले घटेर एक अर्ब १४ करोड, रिलायन्स लाइफको सुन्य दशलब ७६ प्रतिशतले घटेर ७२ करोड ९९ लाख र सानिमा लाइफको सुन्य दशमलब ३० प्रतिशतले घटेर ५४ करोड ९१ लाख रुपैयाँमा झरेको छ । मर्जरको असर प्राइम, रिलायन्स लाइफ, सानिमा लाइफ, प्रभु लाइफमा देखिएको छ ।

तीन ठुला कम्पनी राष्ट्रिय बीमा संस्थान, एलआइसी नेपाल र मेट लाइफको व्यवसायमा आएको ठुलो गिरावटले समग्र जीवन बीमा व्यवसाय नै घटेको देखिन्छ । त्यस बाहेक अन्य ठुला कम्पनीहरुको व्यवसायमा पनि खासै ठुलो बृद्धि छैन ।

सबैभन्दा धेरै व्यवसाय गर्ने कम्पनी

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा सबैभन्दा धेरै नेपाल लाइफले ९ अर्ब ८३ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । त्यस पछि दोस्रो धेरै व्यवसाय गर्नेमा एलआइसी नेपाल रहेको छ । एलआइसीको व्यवसाय घटे पनि यस अवधिमा चार अर्ब ४९ करोड रुपैयाँ आर्जन गरेको छ । तेस्रोमा नेशनल रहेको छ । नेशनलले चार अर्ब १८ करोड आर्जन गर्दा चौथो स्थानमा रहेको युनियनले एक अर्ब ८६ करोड रुपैयाँ र पाचौ स्थानमा रहेको एशियन लाइफले एक अर्ब ६४ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS