Connect IPS
IME Life

नेशनल र नेपाल लाइफले शेयर संरचना अनुसार सर्वसाधारण शेयरधनीको प्रतिनिधित्व बढाउदै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बीमा समितिको निर्देशन पछि नेपाल लाइफ र नेशनल लाइफले शेयर संरचना अनुसार सर्वसाधारण शेयरधनीको संख्या बढाउने भएका छन् । नेपाल लाइफले साधारणसभामा सर्वसाधारण शेयरधनीको प्रतिनिधित्व बढाउने प्रस्ताव थप गर्ने भएको छ ।

कम्पनीले शेयर संरचना परिवर्तन सँगै सर्वसाधारण समुहको शेयर संरचना परिवर्तन गर्ने प्रस्तावलाई नराखी साधारणसभा आह्वान गरे पछि इन्स्योरेन्स खवरले समाचार बनाएको थियो । उक्त समाचार प्रकाशन सँगै बीमा समितिले नेपाल लाइफ सहित शेयर संरचना अनुसार शेयरधनीको संरचना नभएका ८ कम्पनीलाई पत्र काटेको छ ।

Prabhu
Crest

बीमा समितिले नेशनल लाइफलाई पनि पत्र काटेको थियो । नेशनलले साधारणसभामा समितिले गरेको निर्देशन अनुरुप नै सर्वसाधारण शेयरधनीको प्रतिनिधित्व गराउने जानकारी दिएको छ । कतिपय बीमा कम्पनीहरुले शेयर संरचना परिवर्तन गरे पनि साधारणसभा आह्वान नहुँदा शेयरधनीको प्रतिनिधित्व गराउन नसकिएको जनाएका छन् ।

केहि कम्पनीहरुले पनि बीमा समितिको संस्थागत सुशासन निर्देशिका तथा धितोपत्र बोर्डले जारी गरेको संस्थागत सुशासन निर्देशिका अनुसार शेयरधनीहरुलाई प्रतिनित्व गराउन सकेका थिएनन् । बीमा समितिका साथै धितोपत्र बोर्डले पनि सम्बन्धित कम्पनीहरुलाई सचेत गराएको छ ।

बोर्डले औपचारिक रुपमा निर्देशन दिन भने बाँकी छ । बीमा कम्पनीका संस्थापकहरुले दोस्रो बजारमा आफ्नो शेयर खरिद बिक्री गर्न योग्य बनाउनका लागि नियम अनुसार संस्थापक समुहको निश्चित शेयर सर्वसाधारण शेयरमा परिणत गर्दै आएका छन् । कम्पनीहरुले शेयर संरचना परिवर्तन गराए पनि आफ्नै शेयर त हो नि भन्दै सर्वसाधारण तर्फको शेयरधनीको प्रतिनिधित्व भने गराउन चाहिरहेका थिएनन् ।

बीमा कम्पनीका निश्चित संस्थापकले नै बीमा कम्पनी सञ्चालन गरेका धेरै उदाहरण छन् । उच्च व्यवस्थापनलाई नै हस्तक्षेप गर्ने संस्थापकहरुले सर्वसाधारण समुहबाट प्रतिनिधित्व गर्ने सञ्चालकलाई खासै रुचाउदैनन् । त्यसैले सर्वसाधारण समुह तर्फ पनि संस्थापकहरुले नै चाहेका सञ्चालक आउने अवस्था छ । यसले गर्दा सर्वसाधारण शेयरधनीहरुको हित संरक्षण हुन सकिरहेको छैन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS