IME Life New

एलआइसी नेपालले गर्यो उत्कृष्ट कार्य गर्ने अभिकर्ता तथा एजेन्सी म्यानेजरलाई सम्मान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल)ले उत्कृष्ट कार्य गर्ने आफ्ना अभिकर्ता एवम् एजेन्सी म्यानेजरलाई सम्मान गरेको छ । कम्पनीले उत्कृष्ट कार्य सम्पादन गर्ने कम्पनीका ४०० भन्दा बढी अभिकर्ता तथा एजेन्सी म्यानेजरलाई काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच सम्मान गरेको हो ।

उक्त कार्यक्रममा प्रमुख अतिथीका रुपमा एलआइसी इण्डियाका नं१ अभिकर्ता भरत पोरेखले आफ्ना अनुभव बाड्दै अभिकर्ताहरुलाई उत्प्रेरित गरेका थिए ।

Esewa
Crest

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा निर्देश एलपी दासले वर्तमान विषम परिस्थितीको वावजुद पनि यस बीमा कम्पनीले बीमाको माध्यमबाट मानिसको जीवनमा आइपर्ने जोखिमलाई न्युनिकरण गरी आम नागरिकको विश्वास जित्न सफल भएको कुरा बताए ।त्यस्तै, उनले कम्पनीलाई सफलताको यस उचाईमा पुर्याउन सहयोग गर्ने अभिकर्ताहरुलाई धन्यावाद ज्ञापन समेत गरे ।

करिब २३ वर्षअघि स्थापना भएको यस कम्पनीले आफ्ना बीमितहरुलाई निरन्तर रुपमा उत्कृष्ट बीमा सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS