Connect IPS
IME Life

कमजोर नियमनका कारण बंगलादेशमा जीवन बीमा कम्पनी डुब्न थाल्यो, बीमितलाई दाबी भुक्तानी गर्न हम्मेहम्मे

SPIL
NIC ASIA new
Sanima Reliance

ढाका । कमजोर नियमनका र संस्थागत सुशासनका कारण बंगलादेशको जीवन बीमा कम्पनीका कारण सर्वसाधारणको पैसा डुबेको छ । बीमितलाई भुक्तानी गर्नका लागी पर्याप्त कोष नभएपछि स्थानीय जीवन बीमा कम्पनीहरूको दाबी भुक्तानीअनुपात २०२१ मा एक दशक यताकै न्यून स्तरमा झरेको छ।

२०२१ मा, दाबी भुक्तानीअघिल्लो वर्षको ८८ प्रतिशतको तुलनामा ६८ प्रतिशतमा झरेको बंगलादेशी केन्द्रीय बैंक बंगलादेश बैंकको वित्तीय स्थिरता प्रतिवेदनमा उल्लेख छ । बीमितले जीवन बीमा कम्पनीलाई पत्याउनको लागी एक महत्वपूर्ण सूचकको रूपमा दाबी भुक्तानी अनुपातलाई आधार बनाउँछन् । यो कुनै पनि बीमा कम्पनीले बीमितबाट प्राप्त कूल दाबीमध्ये कति प्रतिशत दाबीवापत रकम भुक्तानी गरेको छ भन्ने तुलनात्मक अनुपात हो ।

Prabhu
Crest

द डेली स्टारका अनुसार ढाका विश्वविद्यालयको बैंकिङ तथा बीमा विभागका पूर्व अध्यक्ष प्रोफेसर मोहम्मद मेनउद्दिनले दाबी भुक्तानी अनुपातमा ठूलो गिरावट आएकोमा आश्चर्य व्यक्त गरेका छन् ।आईडीआरएसँग पर्याप्त जनशक्ति नभएकाले नियामकले यस क्षेत्रको राम्रोसँग अनुगमन गर्न नसकेको प्रामेन बताउँछन्।

जीवन बीमा कम्पनीहरूले विश्वसनीयता गुमाउँदै गएका कारण पछिल्लो एक दशकमा बीमाबाट प्राप्त बीमाशुल्क आम्दानी र कूल गार्हस्थ उत्पादनबीचको अनुपात पचास प्रतिशतले गिरावट आएर सन् २०२१ मा ०.५प्रतिशतमा झरेको थियो । जीवन बीमा कम्पनीको दाबी भुक्तानी अनुपात २०१९ मा ८३ प्रतिशत र २०१३ मा ७८ प्रतिशत थियो। भारतमा, २०२०/२१ मा देशका अधिकांश जीवन बीमाकको अनुपात ९८.३ प्रतिशतदेखि ९९.३ प्रतिशतको दायरामा थियो।

एउटा कम्पनीको मात्र अनुपात ९० प्रतिशतभन्दा कम थियो । दाबी भुक्तानीका लागी विश्वव्यापी मानक ९७ /९८ प्रतिशत हो।
ूधेरै जीवन बीमा कम्पनीहरूले मानिसहरूलाई धोका दिइरहेका छन् । ग्रामीण जनताहरू मुख्य पीडित छन् । बंगलादेशको उपभोक्ता संघ (क्याब) का अध्यक्ष गुलामरहमानले भने केही प्रभावशाली व्यक्तिहरूले कम्पनीहरू नियन्त्रणमा लिएर तिनीहरूले जीवन कोषको दुरुपयोग र अपव्यय गरे।

फारइस्टइस्लामी लाइफ इन्स्योरेन्सको लेखापरीक्षकले बिमा कम्पनीले आफ्ना पूर्व अध्यक्ष र निर्देशकहरूलाई क्रमिक वित्तीय अपराध गर्न र २०१०/२०२० को बीचमा रु।२,१०० करोडभन्दा बढीको बीमित कोषको रकम लुट्ने अनुमति दिएको फेला पारेको छ।

लेखापरीक्षकका अनुसार प्राइम इस्लामी लाइफ इन्स्योरेन्सका केही सञ्चालकहरूले पनि ३ अर्ब करोडभन्दा बढीको हिना मिना गरेका छन।
धेरै कम्पनीहरूले स्वीकार्य खर्चभन्दा बढी आफ्नो सञ्चालन सञ्चालन गर्न खर्च गरे, त्यसैले तिनीहरूले दाबी मिलाउन सकेनन्, प्रगति लाइफ इन्स्योरेन्सका प्रबन्ध निर्देशक जलालुल अजिमले भने “गतवर्ष १७ लाइफ इन्स्योरेन्सले आफ्नो स्वीकार्य लागतभन्दा १२३ करोड रुपैयाँ खर्च गरेको आईडीआरएको तथ्यांकले देखाएको छ।”

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

8%

खुसी

54%

दु :खी

38%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS