IME Life New

नेशनल लाइफद्वारा ठूला बिमितलाइ सम्मान तथा पूर्ण अशक्तता दावी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनि लिमिटेड काठमांडू शाखा घण्टाघरद्वारा बुम्बा दोर्जे लामालाइ पूर्ण अशक्तता दावी बापतको १४ लाख ८३ हज़ार ८२६ रुपैयाँ भुक्तानी गरेको छ ।

काभ्रे स्थायी ठेगाना भइ बानेश्वरमा तरकारीको थोक ब्यापार गर्दै आइरहेका लामालार्इ अकस्मात स्ट्रोक भइ शरीरको देब्रे भाग प्सारालाइसिस भइ पूर्ण असक्तता भएकोले उनकै ब्यापारीक स्थलमा कम्पनिका क्षेत्रीय सहायक प्रबन्धक सुमोद थापा लगायत काठमाण्डौ शाखा प्रमुख जयराम धितालद्वारा एक कार्यक्रमको आयोजना गरि चेक हस्तान्तरण गरिएको थियो ।

Esewa
Crest

कार्यक्रममा नेशनल लाइफ़ इन्स्योरेन्सका क्षेत्रीय सहायक प्रबन्धक सुमोद थापा द्वारा बृहत् (ठूला) बीमा पोलिसी खरिदकर्ता दुर्गा नारायण श्रेष्ठ ,रामनाथ राउत तथा राम गौतमलाइ सम्मान पत्र सहित सम्मानित गरिएको थियो भने शाखा प्रमुख जयराम धिताल द्वारा बीमाको आवश्यकता र महत्वका बारेमा प्रकाश पारिएको थियो । कार्यक्रममा बोल्दै शाखा प्रमुख जयराम धितालले मानव जीवनमा पलपलमा जोखिम रहेको हुनाले जोखिम हस्तान्तरण गरिनु पर्ने कुरामा जोड दिंदै बिमित लामाको पूर्ण स्वास्थ्य लाभको कामना गरिएको थियो ।

कार्यक्रममा बिमितकी हकवाला पत्नि कान्छीमाया लामाले आफ्नो ४८ बर्षिय श्रीमानको काम गर्न नसक्ने अवस्थामा परिवार कसरी चलाउने भन्ने पिरलो परेको अवस्थामा नेशनल लाइफ़ इन्स्योरेन्सले यति ठूलो राहत प्रदान गरिदिएकोमा अत्यंत सुरक्षित र सुनिश्चित भएको बताउंदै कम्पनिलाइ धन्यवाद ब्यक्त गरेकी छन् । यसैगरि बानेश्वर तरकारी बजारका थोक ब्यापारी तिर्थलाल श्रेष्ठले कर्म नगरी भाग्यको उदय नहुने कुरा बताउंदै बुम्बा दोर्जे लामाले समयमै बीमा गर्ने सुकर्म गरेका हुनाले जोखिममा राहत पाएको बताउंदै आफ्नो हैसियत अनुसारको बीमा पोलिसी खरिद गर्नुपर्ने कुरामा जोड दिएका छन् । उक्त कार्यक्रममा नेशनल लाइफ इन्स्योरेन्स कम्पनिमा बरिष्ठ ब्यवसाय प्रबन्धक जयराम बिडारी लगायत बानेश्वर तरकारी बजारका ठूला थोक ब्यापारी प्रेमलाल श्रेष्ठ तथा हरिनारायण श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन तथा संसोजन माधव प्रसाद खरेलद्वारा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

25%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS