Connect IPS
IME Life

के हो व्यतित बीमालेख ? यस्ता छन् बीमालेख व्यतित भएमा पर्ने असरहरु

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । जीवन बीमा कम्पनीहरुले बीमितहरुका लागि बीमा शुल्क बुझाउन थप समय दिएका हुन्छन् । त्यसमा मासिक बीमा शुल्क बुझाई बीमालेख खरिद गरेमा १५ प्रतिशत दिन र अन्य प्रकारको किस्तामा एक महिनासम्म्मा जरिवाना, ब्याज नलाग्ने गरी थप समय दिइएको हुन्छ, यसलाई मोहलत भनिन्छ । उक्त अवधिभित्र शुल्क नतिरेमा कतिपय बीमा कम्पनहिरुले बीमालेख निष्क्रिय भएको मान्दछन् । भने केहीले छ महिनासम्ममा सक्रिय बनाएर राख्दछन् ।

उक्त दुबै अवसमा पनि बीमा शुल्क नबुझाएमा बीमालेख निष्क्रिय नै हुन्छ त्यसलाई व्यतित बीमालेख भनिन्छ । यस्तो अवस्थामा बीमालेखमा आधारित शर्त र सुविधाहरु बीमितहरुलाई दिएको हुन्दैन् । तर लगातार दुई बर्षसम्मको बीमा शुल्क बुझाएमा कुनै बीमकले एक वर्षसम्मको जोखिम बहन गर्ने गरेको हुन्छ । बीमालेख व्यतित हुनु भनेको बीमा कम्पनी र बीमित दुबैको हित विपरित हुने गर्दछ । बीमकले बीमाशुल्क पाउँदैन भने बीमितहरुले बीमा सुविधा पाउँदैनन् । यस्तो अवस्थामा बीमितले आफ्नो स्वास्थ्य स्थिती ठिक रहेको प्रस्ताव पेश गरी विलम्ब शुल् बुझाई पुनर्जागरण गर्न सकिन्छ ।

Prabhu
Crest

नेपालका बीमहरुले बीमालेख व्यतित भएको पाँच वर्षसम्म पनि पुनर्जागरण गर्दछन् तर सबै बीमकहरुले गर्दैनन् । केही बीमकहरुले एक वर्षभित्रमा मात्र पुर्ण पुनर्जागरण सुविधा उपलब्ध गर्दछन् । यदि धेरै वर्षसम्म बीमा शुल्क नतिरी बीमालेख निष्क्रिय भएमा विलम्ब शुल्क बढी लाग्छ ।

यसमा विलम्ब शुल्क छुट नभएमा र नियमित बीमा गर्ने चाहाना रहेमा समर्पण मुल्य हेरी त्यसको भुक्तानीवापत अर्को बीमालेख खरिद गर्दा पनि आर्थिक फाइदा हुन सक्छ जुन बीमित आफैं र बीमा अभिकर्ताले मुल्याङकन गर्न जरुरी हुन्छ । यद्यपी व्यतित बीमालेखलाई सूचारु गर्नलाई नीतिसंगत रुपमा केही प्रक्रिया पार गर्नुपर्ने हुन्छ ।

१.बीमाशुल्कलाई निरन्तरता दिन नसकेका कारण र बीमितको स्वास्थ्य सम्बन्धीको विवरण पेश गर्नुपर्दछ । यदि बीमकले स्वीकृति गरेको बीमालेख बढी मुल्यको भएमा स्वास्थ्यको आधिकारीक प्रतिवेदन नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको एम.डी डाक्टरको पुर्ण प्रतिवेदन पेश गर्नुपर्दछ । यस अन्तर्गत पुनः जोखिमाङकन गर्ने अधिकार बीमकसँग रहन्छ । यसमा बीमितको उमेर र पेसाले निर्धारण गर्दछ । बीमकलाई विलम्ब शुल्क बुझाई बीमकको स्वीकृतिमा बीमालेख पुनर्जागरण हुन सक्छ ।

२. बीमालेख पुर्णर्जागरण गर्नका लागि बीमाङकको जोखिम मुल्याङकन गर्नलाई बीमालेखलाई चुक्ता बीमालेखा हिसाब गरिन्छ । यसो गर्दा बीमाङकको जोखिम कम हुन्छ वा बीमाङक रकमबाट चुक्ता बीमाङक घटाई कुल बीमाङक निकालेर फेरी जोखिमको मुल्याङकन गरिन्छ ।

बीमालेख व्यतित भएमा पर्ने असरहरु
व्यक्तिले बीमा गर्दा स्वास्थ्यको स्थिती सामान्य थियो र केही वर्षपछि बीमा शुल्क नबुझार्य बीमालेख निष्क्रिय रहेमा र उक्त समयमा बीमितको स्वास्थ्य स्थिती खराब भएमा बीमालेख नियमित नहुन सक्दछ वा बढी शुल्क तिरेर बीमा गर्न बाध्य हुनुपर्दछ । उदाहरणका लागि बीमालेख खरिद गर्दा व्यक्तिको स्वास्थ्य स्थिती ठिक थियो पछि आएर बीमितलाई ह्ुदयघात भई शल्यक्रिया भयो भने बीमकले बीमा लेख पुनर्जागरण नगर्न पनि सक्छ र अतिरित्त बीमा शुल्क लिएर चालु गर्न पनि सक्छ भने दुर्घटनाको सुविधा नदिन पनि सक्छ ।

अर्को नियम बीमालेख निष्क्रिय भएको अवस्थामा व्यक्तिको दुर्घटना भई मृत्यु वा अंगभङग भएमा जोखिम बहन त हुन्न नै तर दुर्घटनाको कारणले कुनै अंगको भङग भएमा पुनर्जागरण नहुन सक्छ वा बढी बीमा शुल्क तिर्न बाध्य हुनुपर्छ ।

ठुलो रकमको बीमा गरेको बीमालेख व्यतित भएमा पुनर्जागरण गर्न समय लाग्न सक्छ किनकी ठुलो बीमाङकको केही हिस्सा पुनर्बीमालाई जिम्मा लगाइएको हुन्छ र पुनर्बीमाको पनि प्रतिक्रिया पर्खिनुपर्ने हुन्छ । जसमा पुनर्बीमकले स्वीकृति दिएमा शर्त वा निशर्तरुपमा मात्र बीमालेख पुनर्जागरण हुन सक्छ । यसमा बीमक वा पुनर्बीमकले स्वास्थ्य परीक्षण गर्न चाहेमा बीमित स्वयंको खर्चमा स्वास्थ्य परीक्षण प्रतिवेदन दिनुपर्ने छ । बीमालेख पुनर्जागरण गर्नका लागि कम्तिमा पनि दुई वर्षको बीमा शुल्क बीमकलाई बुझाईसकेको खण्डमा मात्र प्रक्रियामा लान सकिन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

0%

दु :खी

33%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS