IME Life New

गुराँस लाइफलाई बीमा समितिको ८ बुँदे निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीलाई बीमा समितिले ८ बुँदे निर्देशन जारी गरेको छ । बीमा समितिले कम्पनीलाई आर्थिक बर्षको ७६/७७ को कम्पनीको वित्तीय विवरण बीमा ऐन अन्तर्गत बीमा समितिबाट जारी भएको जीवन बीमा व्यवसाय गर्ने बीमकको वित्तीय विवरण सम्बन्धी निर्देशनको निर्देशन नं.७, ५, ७.६ र ७.७ अनुरुप बार्षिक प्रतिवेदनमा समावेश गर्न र साधारणसभामा पेश गर्न शर्त र आदेश सहित स्वीकृति प्रदान गरिएको जनाएको छ ।

बीमा समितिले बीमा ऐन पुर्ण रुपमा पालना गर्न, कम्पनीले संचालक समितिबाट व्यापारिक पेश्की सम्बन्धमा नीतिगत व्यवस्थ ागर्ने र सोको अधिनमा रहेर मात्र पेश्की प्रदान गर्न, एनएफआरएसमा आधारित वित्तीय विवरणमा ओसिआइ को नाफाको बढीमा १० प्रतिशत रकम रिजर्भमा राखी बाँकी रकम जीवन बीमा कोषमा सार्न निर्देशन दिएको छ ।

Esewa
Crest

त्यस्तै, बीमकले जोखिम व्यवस्थापन समितिलाई प्रभावकारी बनाउनका लागि एक महिनाभित्र जोखिम व्यवस्थापन विभाग स्थापना गरी समितिबाट जारी भएको जोखिम व्यवस्थापन सम्बन्धी मार्गदर्शन बमोजिम जोखिम व्यवस्थापन सम्बन्धी कार्य गर्न, आन्तरिक नियन्त्रण प्रणली सुदुढ बनाउन, बीमकको जोखिमांङकन तथा दाबी भुक्तानी प्रक्रिया प्रभावकारी बनाउन, लेखापरिक्षकले औल्याएको सम्पूर्ण कैफियतहरु सुधार गर्न तथा पुन: नदोहराउन र बीमकले बीमा समितिबाट वित्तिय विवरण पारित भएको ६० दिनभित्र साधारणसभा गर्न निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS