Connect IPS
IME Life

ज्योति लाइफको शेयर संरचना परिवर्तन, सर्वसाधारणमा परिणत गर्न नचाहनेलाई स्वघोषणा गर्न आह्वान  

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । ज्योति लाइफले शेयर संचलना परिवर्तनको प्रकृयाँ अगाडी बढाएको छ । कम्पनीले विध्यमान संस्थापक शेयरधनीहरुलाई सर्वसाधारण शेयरमा परिणत हुन नचाहेमा स्वघोषणा गर्न आह्वान गरिएको छ । परिणत गर्न ईच्छुक नभएमा सात दिन भित्र कम्पनीको कर्पोरेट कार्यालयमा सम्पर्क गरी जानकारी दिन अनुरोध गरिएको छ । परिणत गर्न चाहेमा केहि पनि गर्नु पर्ने छैन । कम्पनीले स्वत परिणत गरिदिनेछ ।

कम्पनीले ७० प्रतिशत रहेको संस्थापक शेयरलाई ५१ प्रतिशतमा झार्ने भएको छ । यदि यसबाट १९ प्रतिशत संस्थापक शेयर सर्वसाधारणमा परिणत हुनेछ । यस सँगै शेयरधनी संरचना संस्थापक समुह तर्फ ५१ प्रतिशत र सर्वसाधारण समुह तर्फ ४९ प्रतिशत पुग्नेछ ।

Prabhu
Crest

कन्भर्जन भएको १९ प्रतिशत शेयर दोस्रो बजारमा सहजै कारोबार हुनेछ । कम्पनीले गत साउन २४ गते सम्पन्न गरेको विशेष साधारणसभाबाट शेयर संरचना परिवर्तन गर्ने प्रस्ताव पारित गरेको थियो । सूर्या लाइफ सँग मर्जरको सहमति गरेको ज्योतिलाई बीमा समितिले सहजै शेयर संरचना परिवर्तन गर्न स्वीकृति दिएको छ ।

हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ४२ करोड रुपैयाँ रहेको छ । यस पूँजीको एक अर्ब १८ करोड रुपैयाँ दोस्रो बजारका कारोबार योग्य हुनेछ । दोस्रो बजारका कारोबार गर्दा संस्थापक समुहको भन्दा बढी मूल्य पाइन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

27%

खुसी

12%

दु :खी

9%

अचम्मित

36%

उत्साहित

15%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS