Connect IPS
IME Life

विश्व बजारमा बीमा शुल्क दर ९ प्रतिशतले बढ्यो, साइवर सेक्युरिटीमा सर्वाधिक बढ्दा एशियामा भने कम

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । विश्व बजारमा निर्जीवन बीमा कम्पनीको बीमा शुल्क दर ९ प्रतिशतले बढेको छ । सन् २०२२ को दोस्रो त्रैमाशिक अवधिमा सबैभन्दा धेरै अमेरिकामा बीमा शुल्क दर ११ प्रतिशतले बढ्दा सबैभन्दा कम एशियामा ३ प्रतिशतले मात्रै बढेको छ ।

पछिल्लो दुई वर्षमा बीमा शुल्क दर लगातार घट्दो क्रममा सन् २०२० को चौथो त्रैमाशिक अवधिमा सर्वाधिक धेरै २२ प्रतिशतले बढेको थियो । कोभिड १९ ले विश्वमै असर गर्दा बीमा शुल्क दरमा पनि बृद्धि भएको छ । सन् २०२२ को पहिलो त्रैमिशक अवधिमा बीमा शुल्क ११ प्रतिशतले बढेको थियो ।

Prabhu
Crest

साइवर इन्स्योरेन्सको दरमा भने ह्वात्तै बृद्धि भएको छ । साइबर सेक्युरिटी थ्रेट बढे सँगै बीमा कम्पनीहरुले बीमा शुल्क बढाएका हुन् । अमेरिकामा साइवर इन्स्योरेन्स शुल्क पहिलो त्रैमाशमा ११० प्रतिशतले बढेकोमा दोस्रो त्रैमाशिक अवधिमा भने ७९ प्रतिशतले बढेको छ । त्यस्तै वेलायतमा पहिलो त्रैमाशिक अवधिमा १०२ प्रतिशत र दोस्रो त्रैमाशिक अवधिमा ६८ प्रतिशतले बढेको छ ।

विश्व बजारमा बीमा शुल्क तल माथि भइरहन्छ । नेपाल लगायत एशियाली मुलुकमा मूल्यमा खासै अस्थिरता हुँदैन । राज्यले शुल्कमा नियन्त्रण गर्ने भएकाले पनि एशियाली मुलुकका बीमा कम्पनीहरुले बीमा शुल्क दरमा खासै ठुलो परिवर्तन गर्दैनन् । नेपालमा विगत धेरै लामो समयदेखि बीमा शुल्क दर स्थिर छ । अझ अस्वस्थ प्रतिस्पर्धाले गर्दा कतिपय बीमा कम्पनीहरुले दर बढाउने भन्दा पनि घटाएर पोलिसी जारी गरिरहेका छन् ।

साइबर इन्स्योरेन्सको दर जुन हिसावले बढिरहेको छ सम्पत्ती बीमाको दरमा भने खासै बृद्धि देखिदैन । सन् २०२२ को दोस्रो त्रैमाशिक अवधिमा सम्पत्ती बीमाको दर ६ प्रतिशतले मात्रै बढेको छ । दुर्घटना मृत्यु बीमाको दरमा पनि खासै ठुलो उतारचढाव देखिदैन । समिक्षा अवधिमा यस्तो दर ४ प्रतिशतले बढेको छ ।

एशियाली मुलुकमा सम्पत्ती बीमाको दर २ प्रतिशतले मात्रै बढेको छ । दुर्घटना मृत्यु बीमाको दर पनि २ प्रतिशतले नै बढेको देखिन्छ । बीमा शुल्क बढ्ने वित्तीकै बीमितलाई भार पर्दछ । तर विश्व बजारमा बीमा शुल्क खुला बजारमा हुने जोखिमको मूल्याङ्कनका आधारमा तय हुन्छ । जोखिम बढ्ने संकेत देखिनु वित्तीकै कम्पनीहरुले दर बढाइहाल्छन् । फेरि जोखिम कम देखिने वित्तीकै घटाइहाल्छन् । नेपालमा भने बीमा शुल्क दर बढिसके पछि केहिले पनि घट्दैन । त्यसैले पनि दरमा राज्यहरुले पनि चलाउन खोज्दैनन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS