Connect IPS
IME Life

बीमा व्यवसाय घट्दा सरकारले करोडौको कर गुमाउदै, सरोकारवाला निकायको ध्यान खोइ ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । जीवन बीमा व्यवसाय घट्ने संकेत सँगै यसको प्रत्यक्ष असर नेपाल सरकारलाई पर्ने देखिएको छ । बीमा कम्पनीहरुले चालु आर्थिक वर्षमा गत आर्थिक वर्षको भन्दा ४०/५० प्रतिशतले व्यवसाय घट्न सक्ने आकलन गरेका छन् ।

आर्थिक मन्दीको प्रभाव विस्तारै बीमा क्षेत्रमा पनि पर्न थालिसकेको छ । बैंकिङ क्षेत्रमा देखिएको तरलता अभावको समस्याले आर्थिक गतिविधि ठप्प छ । आर्थिक क्रियाकलाप घट्ने वित्तीकै सर्वसाधारणको हातमा पैसा पुग्दैन । नेपाली समाजमा बीमालाई पहिलो प्राथमिकतामा राखिदैन । त्यसैले बीमा गर्नेको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ । नयाँ बीमित भित्र्याउनु त कहाँ हो कहाँ नविकरण बीमा शुल्क उठाउन पनि कम्पनीहरुलाई गाह्रो पर्न थालिसकेको छ ।

Prabhu
Crest

जीवन मात्रै नभएर निर्जीवन तर्फ पनि व्यवसाय बढ्दो अवस्थामा छैन । बीमा कम्पनीहरुले संकलन गर्ने बीमा शुल्क मार्फत सरकारले वर्षेनी करोडौ रुपैयाँ कर असुल गर्दै आइरहेको छ । निर्जीवन तर्फ बीमितले भुक्तानी गरेको बीमा शुल्कको १३ प्रतिशत भ्याट तिर्नु पर्छ । यसबाट पनि सरकारले ठुलो रकम असुल उपर गर्छ ।

जीवन तर्फ पनि बीमा कम्पनीहरुले अभिकर्ताले पाउने कमिशनको १५ प्रतिशत करको रुपमा राज्यलाई भुक्तानी गर्छन् । यसबाहेक कम्पनीहरुले दिने इन्सेन्टिभ तथा सेवा सुविधाबाट पनि कर कट्टि हुन्छ । व्यवसाय बढ्ने वित्तीकै बीमा कम्पनीहरुको कोष बढ्छ । कोषमा भएको रकमलाई विभिन्न क्षेत्रमा लगानी गर्दा त्यसबाट हुने आम्दानीमा पनि सरकारले कर लिने गर्छ । सरकारले बीमा कम्पनीहरु मार्फत प्रत्यक्ष अप्रत्यक्ष रुपमा धेरै कर असुलि गरिरहेको हुन्छ ।

बीमा कम्पनीमा कार्यरत कर्मचारीले तलब मार्फत भुक्तानी गर्ने आयकरको हिस्सा पनि ठुलै हुन्छ । यदि व्यवसाय खुम्चिदै गयो भने कर्मचारी कटौती गर्नु पर्ने हुन्छ । यसले एकातिर वेरोजगार बढाउछ भने सरकारले कर गुमाउछ ।

कम्पनीमा जति धेरै आर्थिक गतिविधि हुन्छ भुक्तानी गर्नु पर्ने करको आकार पनि बढ्दै जान्छ । तर बीमा समिति, अर्थमन्त्रालयले यस विषयमा खासै ध्यान पुर्याएको पाइदैन । बैंकिङ क्षेत्रमा केहि भइहाल्यो भने चनाखो हुने अर्थमन्त्रालय बीमा व्यवसाय घट्दा खासै चासो राख्दैन ।

बैंकिङ प्रणालीमा सामान्य समस्या आउने वित्तीकै नेपाल राष्ट्र बैंकदेखि अर्थमन्त्रालयसम्मले विभिन्न समिति बनाएर समस्या समाधानका उपायहरु निकाल्ने गर्छन् । तर बीमा क्षेत्रमा देखिएका समस्या समाधान गर्न अहिलेसम्म उच्चस्तरिय समिति समेत बनेको पाइदैन ।

बीमा व्यवसाय घट्नु अवको दिनमा सामान्य अवस्था होइन । यो पनि अर्थतन्त्रको एउटा प्रमुख हिस्सा बनिसकेको छ । बीमा कम्पनीहरुले संकलन गरेको अर्बौ खर्बौ रुपैयाँको जीवन बीमा कोष बैंकहरुको सुरक्षित र दीर्घकालिन स्रोत बनेको छ । अर्थतन्त्रको एउटा बलियो पिल्लर बन्दै गरेको बीमा क्षेत्रमा मन्दी आउनु पक्कै पनि राम्रो संकेत होइन । यसका लागि बीमा समिति, नेपाल राष्ट्र बैंक र अर्थमन्त्रालय विचमा समन्वय हुनु पर्छ ।

जसरी पछिल्ला दिनमा बैंकहरुले मुद्दती निक्षेपमा दिएको आकर्षक अफरमा बीमा जोडिनु आफैमा मिस लिडिङ हो । बीमा र बैंकिङ फरक विषय हो भन्ने बुझाउन नसक्दा अहिले सर्वसाधारणहरुको आकर्षण बैंकको मुद्दती निक्षेपमा अधिक छ । नेपाल राष्ट्र बैंकले यस विषयमा पनि केहि निर्देशन जारी गर्नु पर्छ । जसरी बैंकहरुले मुद्दती निक्षेपमा निशुल्क बीमाका स्किम ल्याइरहेका छन् । यसले बीमा क्षेत्रमा भ्रम पैदा गरेको छ ।

नेपाल राष्ट्र बैंकले यो पनि भुल्न हुँदैन कि बीमा क्षेत्रमा जति धेरै व्यवसाय भित्रिन्छ बैंकिङ क्षेत्रको दीर्घकालिन स्रोत पनि त्यहि हिसावले बढ्दै जान्छ । बैंकहरुले आकर्षक अफर ल्याएर निक्षेप तान्नु भन्दा सर्वसाधारणलाई बीमा प्रति आकर्षित गरेर बीमा मार्फत प्रिमियम संकलन गर्नु अर्थतन्त्रका लागि लाभदायक हुन्छ । यसले राज्यको करको दायरा पनि बढाउछ ।

जीवन बीमा कम्पनीमा व्यवसायको खडेरी, कर्मचारीदेखि अभिकर्ता नै पलायन हुने खतरा !

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

25%

खुसी

67%

दु :खी

8%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS