Connect IPS
IME Life

३१ वटा बैंक वित्तीय संस्था र बीमा कम्पनी मर्जर प्रक्रियामा, २७ वटाको शेयर बन्धक हुँदा लगानीकर्ता मर्कामा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । अहिले ३१ वटा बैंक वित्तीय संस्था र बीमा कम्पनीहरु मर्जर प्रक्रियामा छन् । दोस्रो बजारमा जस मध्ये २७ वटाको शेयर कारोबार बन्द छ । नेपाल धितोपत्र बोर्डले मर्जरमा गएका कम्पनीको शेयर कारोबार बन्द गर्ने नियम ल्याउन नसक्दा अहिले २७ वटा कम्पनीको शेयर बन्धक भएर बसेको छ ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत मर्जर प्रक्रियामा गएका बैंक वित्तीय संस्थाको शेयर कारोबार रोक्का हुने व्यवस्थालाई हटाइसकेको छ । नेपाल राष्ट्र बैंककै नियमलाई नै आधार मानेर नेपाल स्टक एक्सचेन्जले मर्जर प्रक्रियामा रहेका कम्पनीको कारोबार रोक्का गर्दै आएको छ । यसरी कारोबार रोक्का हुँदा कतिपय कम्पनीको वर्षौसम्म शेयर कारोबार बन्द हुने गरेको छ । हिमालयन र नेपाल इन्भेष्टमेन्टको मर्जर भाडिदा वर्षदिनभरी कारोबार रोक्का भएको थियो ।

Prabhu
Crest

अहिले १० वटा बाणिज्य बैंक मर्जर प्रक्रियामा छन् । जस मध्ये दुई वटाले प्राप्त गर्न थालेकाले ८ वटाको शेयर कारोबार बन्द छ । केहि दिन अगाडी कुमारी बैंक र एनसिसी बेंकले मर्जरको सहमति गरेका थिए । उनिहरुको शेयर कारोबार हिजोदेखि बन्द गरिएको छ । प्रभुले सेञ्चुरी र हिमालयनले सिभिल प्राप्ति गर्न थालेकाले अहिले सेञ्चुरी र सिभिलको कारोबार रोक्का छ । ग्लोबल र बैंक अफ काठमाडौ, नेपाल इन्भेष्टमेन्ट र मेगाको पनि कारोबार रोक्का छ ।

बीमा तर्फ प्रभु लाइफ र महालक्ष्मी लाइफले मर्जर प्रकृयाँमा हस्ताक्षर गरे सँगै प्रभुको कारोबार रोक्का छ । सानिमा लाइफ र रिलायन्स लाइफ, सूर्या लाइफ र ज्योति लाइफ साथै गुराँस लाइफ, प्राइम लाइफ र युनियन लाइफले पनि मर्जरको सहमति गरे सँगै कारोबार बन्द छ ।

निर्जीवन तर्फ हिमालयन र एभरेष्टको सफल मर्जर भएर एकिकृत कारोबार सँगै दोस्रो बजारमा शेयर कारोबार पनि खुला भइसकेको छ । सिद्धार्थ र प्रिमियर, सानिमा र जनरल इन्स्योरेन्स कम्पनी, लुम्बिनी र सगरमाथा इन्स्योरेन्स कम्पनी, अजोड र प्रभुको शेयर कारोबार बन्द छ । माइक्रोफाइनान्स तर्फ साना किसान र आरएमडीसी, सिवाइसी नेपाल र आधिखोला लघुवित्तको पनि शेयर कारोबार बन्दछ ।

नेपाल राष्ट्र बैंकले अझै पनि बैंकहरुलाई मर्जरका लागि दवाव दिइरहेको छ । त्यस्तै माइक्रोफाइनान्सको लागि पनि लगातार दवाव दिए पनि सफलता भने हात परिरहेको छैन । त्यसैले भविष्यमा बैंकिङ क्षेत्रमा अझै मर्जरको संख्या बढ्ने देखिन्छ । अर्को तर्फ बीमा समितिले पनि बीमा कम्पनीहरुलाई अहिले स्वतस्फुर्त मर्जरमा जान दवाव दिइरहेको छ । तर चैत पछाडी मर्जरमा नजोडिएका बीमा कम्पनीलाई फोर्स मर्जरका लागि दवाव दिने योजनामा छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS