IME Life New

रिलायन्स लाइफ इन्स्योरेन्स र जानकी गाउँपालिकाबीच सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रिलायन्स लाईफ ईन्स्योरेन्स लिमिटेड र जानकी गाउँपालिका बाँकेबीच बालजीवन बीमा योजनाको लागि सम्झौता सम्पन्न भएको छ । सम्झौता बमोजिम उक्त गाउँपालिकामा श्रावण १, २०७९ सालभन्दा पछि जन्म भएका प्रत्येक छोरीहरुका लागि बार्षिक ५,००० बीमा शूल्क बराबर हुन आउने बिमाङ्क रकम बरावरको २० बर्ष अवधिको मेरो मुटु बाल जीवन बिमा योजनाको लागि सम्झौता भएको हो ।

बीमा सम्बन्धी सम्झौता पत्रमा जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगी र रिलायन्स लाइफ इन्स्योरेन्सका तर्फबाट क्षेत्रीय प्रबन्धक दिपक कुमार ओलिले हस्ताक्षर गरेका थिए । उक्त सम्झौतामा जानकी गाउँपालिकाको तर्फबाट पालिका अध्यक्ष छब्बन खाँ र लेखा अधिकृत मतिन अहमद अन्सारी एवं रिलायन्स लाइफ इन्स्योरेन्सको तर्फबाट नेपालगञ्ज शाखाका शाखा प्रमुख कृष्ण बहादुर हमाल र सिनियर एजेन्सी मेनेजर सुनिल घिमिरेका उपस्थिति रहेको थियो ।

Esewa
Crest

आजका बालिबालिका भोलिका देशका गहना हुन् उनीहरुलाई हामीले आजैदेखि सुरक्षित गर्दै खुलेर जिउने बातावरण तयार गरयौ भने उनीहरुको भविष्य उज्वल हुनेछ साथसाथै उनीहरुले चाल्ने हरेक पाइलामा रिलायन्स लाइफले सुरक्षाको कवचको काम गर्नेछ । यस किसिमको सम्झौता गरी नेपाल सरकारको स्थनीय तह तथा स्थानीय सरकारले एक उदाहरणीक कार्य गरेका र रिलायन्स लाइफ इन्स्योरेन्स यसमा गर्व महसुस गर्ने र आगामी दिनमा समेत नेपालको कुनैपनि स्थानीय सरकारसँग हातमा हात मिलाएर जाने कुरा कम्पनीका क्षेत्रिय प्रबन्धक दिपक कुमार ओलीले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS