IME Life New

गभर्नरलाई बीमकको प्रश्न: सर्वसाधारण बीमितको बचत संकलन गर्ने बीमा कम्पनीलाई व्याजदरमा विभेद किन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमक संघले नेपाल राष्ट्र बैंकका गभर्नर तथा डेपुटी गभर्नरलाई भेटेर व्याजदरको विषयमा छलफल गरेको छ । संघका पदाधिकारीहरु अध्यक्ष निर्मल काजी श्रेष्ठ, उपाध्यक्ष पोषक राज पौडेल, महासचिव राजकुमार अर्याल र कोषाध्यक्ष प्रविण रमण पराजुलीले गभर्नर महाप्रसाद अधिकारी र डेपुटी गभर्नर बमबहादुर मिश्रलाई भेटेर राष्ट्र बैंक र बीमा कम्पनीहरुसँग सम्बन्धीत चार वटा विषयमा छलफल गरेका हुन् ।

संघका पदाधिकारीहरुले बीमा कम्पनीको निक्षेपमा २ प्रतिशतको अन्तर कायम गर्दा बीमितलाई मर्का परेको भन्दै यस विषयमा पुनर्बिचार गर्न अनुरोध गरेका छन् । उनिहरुले बीमा कम्पनीहरुले लगानी गर्ने मुद्दती निक्षेपको रकम कम्पनीको निजी स्रोत नभइ यो सर्वसाधारण बीमितहरु सँग संकलन गरिएको बचत भएको हुँदा यसलाई संस्थागत निक्षेपको रुपमा हेरेर विभेद गर्न नहुने तर्क गरेका थिए ।

Esewa
Crest

बीमा कम्पनीहरुले धेरै बीमितहरु सँग अलि अलि गरेर बीमा शुल्क मार्फत संकलन गरेको रकमलाई नै बैंकमा लगानी गर्ने हुँदा यसलाई बीमा कम्पनीको रकमको रुपमा हेर्न नहुने भन्दै यस विषयमा राष्ट्र बैंकले समान व्यवहार गर्नु पर्ने माग राखेका छन् ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत सर्वसारण निक्षेप र संस्थागत निक्षेपको व्याजदरको अन्तर २ प्रतिशत कायम गरेको थियो । यस भन्दा अगाडीका वर्षमा एक वर्षको अन्तर थियो । बीमा कम्पनीहरुले बैंकहरु सँग वार्गेनिङ गरेर व्याजदर बढाउन चलखेल गरेको भन्दै राष्ट्र बैंकले बीमा कम्पनी जस्ता संस्थागत निक्षेपकर्तालाई लक्षित गर्दै व्याजदरको अन्तर बढाइदिएको हो ।

आजका दिनमा बीमा कम्पनीहरु बैंकको निक्षेपको प्रमुख स्रोत हुन् । बैंकहरुले नै निक्षेप खोसा खोस गर्ने क्रममा बीमा कम्पनीहरुलाई अधिकतम व्याजदर दिने गरेका छन् । यस्तो अभ्यासले बैंकको आधार व्याजदर बढे पछि बैंकले संस्थागत निक्षेपकर्ताको व्याजदरमा क्याप लगाइदिएको हो । तर बीमा कम्पनीको लगानी पनि सर्वसाधारणकै बचत हो । कम्पनीहरुले बीमितहरुको बीमा शुल्कलाई नै विभिन्न ठाउँमा लगानी गरेर उचित प्रतिफल दिनु पर्ने भएकाले बीमा कम्पनीहरुले जे गर्दा बढि आम्दानी हुन्छ त्यहि गर्छन् ।

जीवन बीमक संघले नेपाल राष्ट्र बैंक समक्ष बैंकास्योरेन्सलाई निरन्तरता दिन अनुरोध गरेका छन् । विश्वमै बैंकास्योरेन्सको राम्रो अभ्यास भइरहेकाले नेपालमा पनि यसलाई कायम गरिनु पर्ने उनिहरुको तर्क थियो । बीमाको पहुँच बढाउन यसले मद्दत पुर्याउने उनिको भनाइ थियो ।

संघले पछिल्ला दिनमा बैंकहरुले निक्षेप योजनामा बीमालाई पनि जोडेको भन्दै लगत प्रचार गरेको भन्दै यस्तो काम गर्न राष्ट्र बैंक समक्ष अनुरोध गरेका छन् । बैंकहरुले यति वर्षको मुद्दती निक्षेपमा निश्चित अवधिमा दुई गुणा तीन गुणा हुने रे यसमा सित्तैमा बीमा पनि हुने भन्दै गलत प्रचार गरिरहेको संघको धारणा छ । बीमा कहिले पनि सित्तैमा हुँदैन । अर्को तर्फ बीमा गर्नका लागि ठुलो प्रकृयाँ पुरा गर्नु पर्छ । जवकी बैंकहरुले निक्षेप रकम जम्मा गर्ने वित्तीकै बीमाको योजना बनाएका छन् । बैंकहरुले भन्ने गरेको बीमा आवधिक कसिमको हुन्छ । बीमितलाई कुन  कम्पनीमा बीमा गरिएको र कुन पोलिसी खरिद गरिएको सामान्य जानकारी पनि हुँदैन । गभर्नर महाप्रसाद अधिकारीले यस विषयमा राष्ट्र बैंकले अध्ययन गर्ने र आवस्यक निर्णय गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS