IME Life New

बीमा समिति सुदूरपश्चिम प्रदेशद्वारा जीवन बीमा सम्बन्धी समसामायिक बिषयमा छलफल कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समिति सुदूरपश्चिम प्रदेश कार्यालयका प्रमुख ओम बहादुर अधिकारी तथा कर्मचारीहरु खेम राज जोशी, राजु रानाको उपस्थितिमा जीवन बीमा कम्पनीहरुका कैलाली जिल्ला धनगढीका शाखा प्रमुखहरुसँग जीवन बीमा तथा लघु बीमा व्यवसाय सम्बन्धमा आवश्यक छलफल कार्यक्रम सम्पन्न भएको छ ।

जीवन बीमा कम्पनीका धनगढीका शाखा प्रमुखहरुले बीमा समिति सुदूरपश्चिम प्रदेश कार्यालयले समय समयमा यस्तो कार्यक्रम आयोजना गर्दा फलदायी हुने कुरा राखेका थिए । उनीहरुले बीमा बजारमा अस्वस्थ प्रतिस्पर्धा र भ्रामक सूचना प्रभाह हुने गरेको गुनासो गरेका थिए । यसका साथै शाखा प्रमुखहरुले बैंकहरुले बीमा सम्बन्धी योजनाहरु ल्याएर बीमा व्यवसायमा असर परेको कुरा अधिकारी समक्ष राखेका थिए । उक्त छलफल कार्यक्रममा शाखा प्रमुखहरुले राखेका जिज्ञाशाहरु तथा समस्याहरुको विषयमा प्रदेश प्रमुख ओम बहादुर अधिकारीले बीमा बजारमा जति पनि समस्याहरु छन तपाई हामी नै मिलेर समस्या समाधान गर्नु पर्छ भन्ने कुरा राखेका थिए ।

Esewa
Crest

प्रदेश प्रमुख अधिकारीले शाखा प्रमुखहरुलाई अण्डरराइटिङ्गको पाटोमा बिशेष ध्यान दिन निर्देशन दिएका थिए । बीमा दावी सम्बन्धमा गम्भिर हुन र व्यवस्थित ढगंबाट आफ्नो कार्य सम्पादन तथा कुनै पनि बीमितहरु आफ्नो गुनासा तथा समस्याहरु लिएर यस कार्यालयमा आउने वाताबरण नबनाउन पनि निर्देशन दिएका थिए । सोही अवसरमा बीमा समितिबाट जारी भएका नीति निर्देशिनहरु भित्र रहेर बीमा गर्न आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS