IME Life New

सिद्धार्थ इन्स्योरेन्सको हकप्रदले कति पायो इक्रा रेटिङ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं, वैशाख ३ । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले १० बराबर ३.५ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले २२ करोड ४४ लाख ९७ हजार ३५० रुपैयाँको २२ लाख ४४ हजार ९७३.५० कित्ता सेयर निष्कासन गर्ने भएको हो ।

कम्पनीको शेयरलाई इक्रा नेपालले ग्रेड थ्रि प्लस रेटिङ प्रदान गरेको छ । सिद्धार्थ इन्स्योरेन्सले पाएको रेटिङले कम्पनीको समग्र अवस्था औसत रहेको संकेत गर्छ । यो वर्गभित्रमा कम्पनी माथिल्लो तहमा रहेको यसले संकेत गर्छ । इक्राले कम्पनीको वर्तमान र भावी सम्भावनाको आधारमा १ देखि ५ सम्मको रेटिङ प्रदान गर्छ । १ रेटिङले उत्कृष्ट र ५ रेटिङले कम्पनी कमजोर रहेको देखाउँछ ।

Esewa
Crest

५३ करोड ४५ लाख १७ हजार ५०० रुपैयाँ चुक्ता पूँजी रहेको इन्स्योरेन्सको गत आवको मुनाफाबाट २० प्रतिशत बोनस वितरण पश्चात चुक्ता पूँजी ६४ करोड १४ लाख २१ हजार रुपैंया पुगेको छ ।

उक्त पूँजीको ३५ प्रतिशत हकप्रद निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ८६ करोड ५९ लाख १८ हजार रुपैंया पुग्नेछ ।

सिद्धार्थको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS