IME Life New

शेयर बजार घट्दा पहिलो असर जीवन बीमा कम्पनीको नाफामा, प्रोभिजनिङले मुनाफा ३३ प्रतिशत घट्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजारमा गिरावट आउदा यसको सबैभन्दा पहिलो प्रभाव बीमा कम्पनीको मुनाफामा परेको छ । शेयर बजार बुलिस ट्रेण्डमा हुँदा शेयर खरिद गरेका बीमा कम्पनीहरुलाई अहिले अर्बौ रुपैयाँको प्रोभिजनिङ गर्नु पर्ने बाध्यताले मुनाफा ठुलो असर पुर्याएको छ ।

जीवन बीमा कम्पनीहरुले खरिद गरेको शेयरको लागत मूल्य भन्दा गत असार मसान्तको बजार मूल्य धेरै नै तल झरेकाले पनि करोडौ रुपैयाँको प्रोभिजनिङ गर्नु परेको छ । यहि कारणले नेपाल लाइफ र एलआईसी नेपालको वित्तीय विवरणमा नोक्सानी देखिएको छ ।

Esewa
Crest

जीवन बीमा कम्पनीहरुको २०७९ असार मसान्तसम्ममा असमाप्त जोखिम बापतको व्यवस्था मात्रै ४ अर्ब ५ करोड रुपैयाँ रहेको छ । यस अवधिमा बीमा कम्पनीको मुनाफा २ अर्ब ५१ करोड रुपैयाँ छ । जुन अघिल्लो आर्थिक वर्षको भन्दा ३३.२१ प्रतिशतले घटेको हो । अघिल्लो आर्थिक वर्षमा तीन अर्ब ७६ करोड रुपैयाँ थियो । यद्यपी यो मुनाफा जीवन बीमा कम्पनीहरुको हकमा वास्तविक मुनाफा होइन । अपरिस्कृत वित्तीय विवरण अनुसार तयार पारिएको तथ्याङ्क हो ।

जीवन बीमा कम्पनीहरुको मुनाफा एक्चुरियल मूल्याङ्कन पछि कम्पनीको सम्पत्ती र दायित्वको मूल्याङ्कन पछि मात्रै निर्धारण हुन्छ । बीमा कम्पनीहरुको एक्चुरियल मूल्याङ्कन पछि अपरिस्कृत वित्तीय विवरणको भन्दा बढ्ने गरेको छ । तर कतिपय अवस्थामा घट्ने पनि गरेको छ । त्यसैले यहि आधारमा मात्रै बीमा कम्पनीको मुनाफालाई हेरेर निर्णय गर्नु हुँदैन । तर अहिले नाफा बढेको वा घटेको विवरणले एक्चुरियल मूल्याङ्कन पछिको अवस्थालाई भने केहि हदसम्म अनुमान गर्न सकिन्छ ।

गत वर्ष सबैभन्दा धेरै मुनाफा नेशनल लाइफको रहेको छ । नेशनल लाइफको मुनाफा सामान्य सुधार हुँदा ४० करोड ८८ लाख रुपैयाँ छ । त्यस्तै दोस्रो धेरै मुनाफा गर्नेमा रिलायबल नेपाल लाइफ रहेको छ । कम्पनीले २७ करोड ४८ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । रिलायबलले माइक्रोपोलिसी धेरै नै बिक्री गर्ने भएकाले पनि नाफा धेरै देखिएको हो ।

त्यस्तै सबैभन्दा धेरै मुनाफा गर्ने तेस्रो नम्बरमा मेट लाइफ छ । मेट लाइफले २४ करोड ७६ लाख रुपैयाँ छ । अन्य कम्पनीहरु क्रमश ज्योति लाइफ २३ लाख ९१ हजार, प्राइम लाइफ २२ करोड, सन नेपाल लाइफ २१ करोड ४६ लाख, सिटिजन लाइफ १८ करोड ८२ लाख, गुराँस लाइफ १७ करोड ५१ लाख, सानिमा लाइफ १५ करोड ९१ लाख, सूर्या लाइफ १३ करोड ४५ लाख, आइएमई लाइफ १२ करोड ८६ लाख, रिलायन्स लाइफ १२ करोड २१ लाख, महालक्ष्मी लाइफ ११ करोड ७० लाख, प्रभु लाइफ ७ करोड २६ लाख, राष्ट्रिय बीमा संस्थान ७ करोड १७ लाख, युनियन लाइफ १२ करोड ७३ लाख रहेको छ । त्यस्तै एलआईसी नेपाल ८ करोड ७४ लाख नोक्सानमा छ भने नेपाल लाइफ ३५ करोड २७ लाख नोक्सानमा छ ।

बीमा कम्पनीहरुले बजार बढेको समयमा राम्रो कमाएका पनि थिए । तर बढि हौसिदा उनिहरुले शेयर बिक्री गर्न सकेनन् । अहिले बिक्री गर्दा धेरै नोक्सानमा परिने हुँदा बीमा कम्पनीहरुले एभरेजिङ गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS