IME Life New

स्वास्थ्य बीमा बोर्डको दर्ता सहयोगी बन्न चाहनुहुन्छ ? निम्न योग्यताहरु चाहिन्छ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्


सरकारले सञ्चालन गरेको स्वास्थ्य कार्यक्रम सञ्चालनका लागि बोर्डले प्रत्येक वडामा एक जना दर्ता सहयोगी नियुक्त गर्न सक्नेछ । प्रत्येक स्थानीय तहसँग समन्वय गरी प्रत्येक वडामा कम्तिमा एक जनाको दरले दर्ता सहयोगी नियुक्त गर्ने स्वास्थ्य नियमावलीमा व्यवस्था गरिएको छ ।
तर, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र यस्तो प्रकृतिका अन्य संगठनको हकमा सोही संगठनबाट दर्ता सहयोगी नियुक्त गर्न सकिनेछ ।

दर्ता सहयोगीका बन्नका लागि के चाहिन्छ
यदी तपाई नेपाली नागरिक हुनुहुन्छ भने स्वास्थ्य बीमा बोर्डले सञ्चालन गरेको बीमा कार्यक्रमको दर्ता सहयोगीको लागि निवेदन दिन सक्नुहुन्छ । दर्ता सहयोगीमा नियुक्त हुनका लागि स्थानिय व्यक्ति हुनुपर्नेछ, विवाहितलाई प्राथमिकता दिईएको छ । महिला स्वास्थ्य स्वयंम सेविकाको हकमा एसएलसी वा सो सरह उत्र्तिण गरेको हुनुपर्नेछ । अन्य सर्वसाधारणको हकमा प्रवीणता प्रमाणपत्र वा सो सरह उत्तिर्ण गरेको र स्मार्ट फोन अपरेट गर्न सक्ने हुनुपर्नेछ ।

Esewa
Crest

कसरी हुन्छ छनोट प्रक्रिया
दर्ता सहयोगी छनौट लागि समिति गठन गरिनेछ । जसमा सम्बन्धित वडाको वडा अध्यक्ष संयोजक रहने व्यवस्था छ । सम्बन्धित वडाको सचिव सदस्य, स्थानीय स्वास्थ्य संस्था प्रमुख सदस्य सचिव रहने छन् । सम्बन्धित वडामा स्वास्थ्य संस्था नभएमा नजिकको स्वास्थ्य संस्था प्रमुखले सदस्य सचिवको भूमिका निर्वाह गर्नुपर्नेछ ।
समितिले सात दिनको सार्वजनिक सूचना जारी गरी निवेदन आवहन गर्नुपर्नेछ । सम्भाब्य उम्मेद्धवारलाई अन्तवार्ताको माध्यमबाट छनोट गर्न सकिनेछ । नतिजा प्रकाशन गर्दा मुख्य र बैकल्पिक उमेदवारको सूची प्रकाशन गनुपर्नेछ । छनौटको अन्तिम सूची बोर्डलाई उपलब्ध गराउँनु पर्नेछ ।

के गर्नुपर्छ दर्ता सहयोगीले
आफु छनौट भएको स्थानीय तह र सो भित्रका स्वास्थ्य संस्था तथा अन्य सङ्घ,संस्थासँग आवश्यक समन्वयमा रही कार्य गर्नु पर्नेछ । स्थानीय तहका वडाका बासिन्दालाई स्वास्थ्य बीमा कार्यक्रमबारे घर–घरमा गई जानकारी गराई आवश्यक परामर्श गर्ने, आफु छनौट भएको स्थानीय तहको वडा भित्रका नागरिकहरुलाई वीमा कार्यक्रमा आवद्धता गर्ने, आवद्धता हुन चाहने परिवारकोे बीमालेख फाराममा विवरण भरेर सदस्यको फोटो खिच्ने, तोकिए बमोजिमको योगदान रकम संकलन गर्ने तथा स्वास्थ्य बीमा लेख (परिचयपत्र) वितरण गर्नुपर्नेछ ।

फोटो सहितको सङ्कलित विवरण प्रत्येक दिन केन्द्रीय सर्भरमा इन्टरनेट मार्फत पठाउने, इन्टरनेट उपलब्ध नभएको खण्डमा दर्ता अधिकारीसँगको भेटमा दर्ता अधिकारीको कम्प्युटरमा सार्नु पर्नेछ । संकलित योगदानको रकम सम्भव भएमा सो रकम बोर्डले तोकेको बैँक खातामा यथाशीघ्र जम्मा गर्ने, सम्भव नभएमा आफ्नो क्षेत्रको दर्ता अधिकारीलाई बुझाउनु पर्नेछ । आवद्धता हुने व्यक्तिसँग सम्वन्धित सम्पूर्ण कागजात समयमै तोकिएको दर्ता अधिकारीलाई दिनु पर्नेछ । कार्यक्रमसँग सम्बन्धित ऐन, नियम, कार्यविधिहरु दोश्रो पक्षले परिपालना गर्नु पर्नेछ ।

कार्यक्रम प्रति बफादार र इमान्दार रही नागरिकसंग व्यवहार गर्दा शिष्ट र अनुशासित भई व्यबहार गर्नुपर्नेछ । बोर्डबाट लिएको मोवाइल सेट, बीमालेख लगायतका अन्य कागजात, जिन्सी सामान र बीमितहरुबाट बुझिलिएको योगदान रकमको सुरक्षा आफैले गर्नुपर्नेछ । र उक्त सामान, कागजात, रकम हराए वा नष्ट भएमा नेपाल सरकारको नियमानुसार निजबाट असुलउपर गर्न मन्जुर हुनेछ । दर्ता सहयोगीको रुपमा कार्य गर्न असमर्थ भएमा सोको कारण सहित तीस दिन अगावै दर्ता अधिकारी मार्फत निवेदन दिनु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS