IME Life New

बीमालेख समर्पणलाई थप कसिलो बनाउन जीवन बीमकहरुबीच सहमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमा कम्पनीहरुले छोटो समयमै बीमालेख सपर्मणको प्रवृत्तिमा अंकुश लगाउनको लागी समर्पणलाई थप कसिलो बनाउने तयारी गरेका छन् ।

जीवन बीमक संघको मंगलबार सम्पन्न बैठकमा अस्वाभाविक छोटो समयमै बीमालेख समर्पण निरुत्साहित हुन नसकेको निष्कर्ष सहित समर्पण गर्दा पनि नोक्सानी नहुने कुनै दुलो बाँकी छ भने पत्ता लगाएर थुन्ने सहमति गरेको छ । बीमा समितिले बीमालेख समर्पणको लागी चुक्ता मूल्य प्राप्त गर्नको लागी न्यूनत्तम तीन वर्ष पुरा भएको हुनुपर्ने प्रावधान लागू गरे पनि बीमालेख समर्पण दर बढ्दै गएको छ ।
गाह्रो साह्रो परेरै समर्पण गरेको हो भने समर्पण स्वीकार्ने तर पुनः बीमा गर्ने नियतले समर्पण गर्न आएको हो भने प्रकृयागत अड्चनको माध्यमबाट टार्ने संभावित उपायबारे समेत बैठकमा छलफल भएको एक पदाधिकारीले जानकारी दिए ।

Esewa
Crest

बीमालेख समर्पण पछिल्लो समयमा जीवन बीमा कम्पनीहरुको लागी चुनौती बनेको भन्दै नियन्त्रण र निरुत्साहनको लागी बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले जीवन बीमक संघ र पुराना बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुलाई निर्देशन जारी गरेपछि संघले चासो देखाएको हो ।

संघको बैठकमा समर्पण मूल्य बाहेक अभिकर्ताले प्राप्त गर्ने विभिन्न तहमा प्राप्त गर्ने कमिशन र इन्सेन्टिभलगायतको सुविधाका कारण समर्पणलाई प्रोत्साहन मिलेको छ भने त्यसलाई निरुपण गर्नको लागी आवश्यक अध्ययन गर्ने सहमति भएको छ । यसबाहेक व्यतित बीमालेख संख्या उच्च भएका बीमा कम्पनीहरुको बीमालेख व्यतित दर नियन्त्रण गर्ने सम्बन्धमा समेत आवश्यक पहल गर्नको लागी सुझाव दिइएको छ ।

बैठकमा बीमितसँग भविष्यमा नियमित सम्पर्क स्थापित गर्न संभव हुने गरी परिवारका अन्य सदस्यको समेत मोबाइल नम्बर, इमेल ठेगाना लगायतको विवरण बीमा प्रस्तावमै संकलन गर्न सके व्यतित बीमालेख नविकरणको लागी भविष्यमा बीमितसँग सम्पर्क स्थापित गर्न सहज हुने सहभागीहरुको भनाई थियो ।

सर्वाधिक संख्यामा व्यतित बीमालेख संख्या भएको नेपाल लाईफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रविन रमण पराजुलीले वर्षाै पुराना बीमालेखसँग सम्बन्धित बीमितसँग सम्पर्क स्थापित गर्न संभव नहुँदा पूनर्जागरणमा चुनौती देखिएको प्रतिकृया दिएका थिए । उनले व्यतित बीमालेख पूनर्जागरणको लागी ब्याज छुटको घोषणाको साथै सार्वजनिक सूचनामार्फत् बीमितसम्म जानकारी पु¥याउने प्रयास भइरहे पनि अपेक्षित सफलता मिल्न नसकेको बताएका थिए ।

बैठकमा एकल बीमाशुल्कको माध्यमबाट जारी गरिने ठूलो बीमांकको बीमालेख अभिकर्ताकै सकृयतामा जारी र समर्पण हुने प्रवृत्ति देखिएको हुँदा यसलाई पनि बीमा समितिले नीतिगतरुपमै सम्बोधन गर्नुपर्ने बताइएको थियो । बैठकमा संघको पदाधिकारी नरहेपनि व्यतित बीमालेख संख्या उच्च भएको नेपाल लाईफ, नेशनल लाईफ, एशियन लाईफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतलाई पनि निम्त्याइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS