IME Life New

एकल सहित प्रथम र नविकरण बीमाशुल्क आर्जनमा कुन जीवन बीमा कम्पनी अगाडी कुन पछाडी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षमा एक खर्ब ३९ अर्ब रुपैयाँ  कुल बीमा शुल्क आर्जन गरेका छन् । जस मध्ये सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको छ । नेपाल लाइफ प्रथम, एकल र नविकरण बीमा शुल्क आर्जनमा पनि पहिलो स्थानमा छन् । तर बजार हिस्सा हेर्ने हो भने कुल तर्फ नेपाल लाइफको २५.४२ प्रतिशत छ । प्रथम तर्फ भने १७.५७ प्रतिशत मात्रै छ । त्यस्तै एकलमा १६.४० प्रतिशत छ भने नविकरण तर्फ सर्वाधिक धेरै २८.८६ प्रतिशत रहेको छ ।

Esewa
Crest

एकल बीमा शुल्क आर्जन

जीवन बीमा कम्पनीले गत वर्ष ४ अर्ब एक करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् । यस वर्ष कुल बीमा शुल्क आर्जनमा धेरै तल्लो स्थानमा रहेको मेट लाइफ भने दोस्रो स्थानमा छ । मेट लाइफले यस वर्ष ४५ करोड ९३ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ ।

एक तर्फ अन्य कम्पनीहरु क्रमश तेस्रो स्थानमा नेशनल ४३ करोड १० लाख, चौथो स्थानमा रहेको सिटिजन लाइफ ३९ करोड ५८ लाख, पाँचौ स्थानमा रहेको ज्योति लाइफ ३५ करोड ३५ करोड, छैठौ स्थानमा रहेको एशियन लाइफले २९ करोड ४२ लाख रुपैयाँ, सातौ स्थानमा रहेको प्राइम लाइफको २६ करोड, आठौ स्थानमा रहेको सूर्या लाइफको २० करोड, नवौ स्थानमा रहेको युनियन लाइफको १६ करोड, दशौ स्थानमा रहेको आइएमई लाइले पनि १६ करोड रुपैयाँ आर्जन गरेको छ ।

प्रथम बीमा शुल्क आर्जन

प्रथम बीमा शुल्क आर्जन तर्फ सर्वाधिक पहिलो स्थानमा नेपाल लाइफ रहेको छ भने दोस्रो स्थानमा नेशनल लाइफ रहेको छ । नेशनल लाइफले ४ अर्ब २५ करोड रुपैयाँ आर्जन गरेको छ । तेस्रो स्थानमा रहेको नेशनल लाइफ रहेको छ ।

तेस्रो स्थानमा रहेको एलआईसी नेपालको २ अर्ब ९६ करोड, चौथो स्थानमा रहेको युनियन लाइफको २ अर्ब ५१ करोड, पाँचौ स्थानमा रहेको सिटिजन लाइफको २ अर्ब ३४ करोड, छैठौ स्थानमा रहेको रिलायबल नेपाल लाइफ २ अर्ब ३४ करोड, सातौ स्थानमा रहेको एशियन लाइफको २ अर्ब १४ करोड, आठौ स्थानमा रहेको सन नेपाल लाइफको एक अर्ब ८५ करोड, नवौ स्थानमा रहेको सूर्या लाइफको एक अर्ब ७८ करोड र दशौ स्थानमा रहेको ज्योति लाइफको एक अर्ब ५० करोड रुपैयाँ छ । जीवन बीमा व्यवसायको मूल्याङ्कन गर्दा सबैभन्दा पहिला प्रथम बीमा शुल्क आर्जनलाई हेरिन्छ । जुन कम्पनीको प्रथम बीमा शुल्क आर्जन धेरै हुन्छ उक्त कम्पनीको आगामी वर्षको नविकरण बीमा शुल्क आर्जन त्यहि अनुसार धेरै हुनेछ ।

नविकरण बीमा शुल्क

नविकरण बीमा शुल्क तर्फ सबैभन्दा धेरै पुराना जीवन बीमा कम्पनी छन् । अन्य बीमा शुल्कमा कमजोर बन्दै गएको नेपाल लाइफ यहि नविकरण बीमा शुल्कले आफुलाई पहिलो नम्बरमा राख्न सफल भइरहेको छ । नविकरण बीमा शुल्क आर्जन तर्फ दोस्रो स्थानमा रहेको एलआईसी नेपालले १५ अर्ब १० करोड, तेस्रो स्थानमा रहेको नेशनल लाइफले ९ अर्ब ४४ करोड, राष्ट्रिय बीमा संस्थान ७ अर्ब ५१ करोड, युनियन लाइफ ५ अर्ब ४० करोड, एशियन लाइफ ४ अर्ब ७३ करोड, मेट लाइफ तीन अर्ब ७६ करोड, प्राइम लाइफ तीन अर्ब ३२ करोड, सूर्या लाइफ तीन अर्ब र १० औ नम्बरमा रहेको सिटिजन लाइफले २ अर्ब ६६ करोड रुपैयाँ आर्जन गरेको छ । सिटिजन पछिल्लो समय प्रथममा मात्रै नभएर नविकरणमा पनि अगाडी आउन थालेको छ ।

कुल बीमा शुल्क आर्जन

गत आर्थिक वर्षमा सबैभन्दा धेरै बीमा शुल्क आर्जन गर्नेमा नेपाल लाइफ नै रहेको छ । नेपाल लाइफले यस वर्ष ३५ अर्ब ३५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्दा बजार हिस्सा एक चौथाइ रहेको छ । दोस्रो नम्बरमा रहेको लाइफ इन्स्योरेन्स कर्पोरेसनको १८ अर्ब २२ करोड रुपैयाँ रहेको छ ।

तेस्रो स्थानमा रहेको नेशनल लाइफले गत आर्थिक वर्षमा १४ अर्ब १३ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ भने चौथो स्थानमा रहेको राष्ट्रिय बीमा संस्थानको ८ अर्ब ४७ करोड रुपैयाँ छ । पाँचौ स्थानमा युनियन लाइफ छ । युनियनले ८ अर्ब ९ करोड रुपैयाँ आर्जन गर्दा छैठौ स्थानमा रहेको एशियन लाइफले ७ अर्ब १७ करोड आर्जन गर्न सफल भएको छ । सिटिजन लाइफ सातौ नम्बरमा पर्न सफल भएको छ । सिटिजनले गत आर्थिक वर्षमा ५ अर्ब ४० करोड आर्जन गरेको छ ।

बाँकी कम्पनीहरु क्रमश मेट लाइफ ५ अर्ब २३ करोड, सूर्या लाइफ ४ अर्ब ९९ करोड, प्राइम लाइफ ४ अर्ब ८७ करोड, रिलायबल नेपाल लाइफ तीन अर्ब ९४ करोड, ज्योति लाइफ तीन अर्ब ८० करोड, आइएमई लाइफ तीन अर्ब ५३ करोड, सन नेपाल लाइफ तीन अर्ब ३६ करोड, रिलायन्स लाइफ तीन अर्ब १२ करोड, गुराँस लाइफ तीन अर्ब ८ करोड, प्रभु लाइफ दुई अर्ब ३९ करोड, सानिमा लाइफ २ अर्ब २९ करोड र महालक्ष्मी लाइफको एक अर्ब ५९ करोड रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS