IME Life New

यूनियनको मेगा ‘मण्डे इभेण्ट’ सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

बिर्तामोड । बिमा क्षेत्रमा नयाँ प्रयोगको रुपमा यूनियन लाइफ इन्स्योरेन्स कम्पनीमा एक पृथक इभेण्ट सम्पन्न भएको छ । अभिकर्ताहरुलाई प्रशिक्षित तथा अभिप्रेरित गर्ने उद्धेश्यले ‘मेगा मण्डे इभेण्ट’ कम्पनीको बिर्तामोड शाखामा सम्पन्न भएको हो ।

अभिकर्ताहरु आफैले विमाको बिषयमा ज्ञान हासिल नगर्दा बजारमा बीमाप्रति आम मानिसको बुझाई गलत भएको भन्दै व्यवसायमा जानु अघि अभिकर्ता प्रशिक्षित हुनुपर्ने मान्यता राखेर कम्पनीको बिर्तामोड शाखाले असार महिनाको प्रत्येक सोमबार ‘मण्डे टक’ आयोजना गर्दै आएको कम्पनीका सिनियर एजेन्सी मेनेजर, एमडीआरटी तथा क्लब एचिभर खिवराज दाहालले जानकारी दिए । आज असारको अन्तिम सोमबार भएकाले आजको मण्डे टकलाई मेगा मण्डे इभेण्टको रुपमा आयोजना गरिएको उनले जानकारी दिए । मण्डे टकमा अभिकर्ताहरुलाई विमासम्बन्धि सम्पूर्ण ज्ञान दिइने गरेको उनले बताए ।

Esewa
Crest

मेगा मण्डे इभेण्टमा २५ वटाभन्दा बढी पोलिसीे र २० लाख बढी प्रिमियम संकलन भएको शाखा प्रमुख बद्री भण्डारीले जानकारी दिए । कार्यक्रममा विमाको महत्व र व्यवसाय प्रवद्र्धनका बिषयमा सिनियर एजेन्सी मेनेजर दाहालले आफ्ना धारणा राखेका थिए । कार्यक्रमले थप उत्साह बढाएको अभिकर्ता सागर रिजालले बताए । कार्यक्रममा हिरो अफ द डे मिलन कोइराला, पुनम पोखरेल, सागर रिजाल, सिता न्यौपाने, कमला भट्टराईलगायत उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS