काठमाडौं । एलआइसी नेपालले तेर्ह्रथुमको म्याङलुङ, सुनसरीको रामधुनी र कालिकोटको मान्मामा जीवन बीमा सम्बन्धी सचेतना एवं जागरण अभियान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले बीमा सम्बन्धी जनचेतना मुलक कार्यक्रम सञ्चालन गरेको हो ।
यहि अवधिमा कम्पनीले निःशुल्क स्वास्थ्य सम्बन्धी जानकारी समेत प्रदान गरेको थियो । ग्रामिण क्षेत्रमा बीमाको विषयमा प्रयाप्त जानकारी नभएको भन्दै कम्पनीले यस्तो कार्यक्रम सञ्चालन गरेको हो । कार्यक्रममा सहभागीहरुले उत्साह पुर्वक बीमा सम्बन्धी उत्सुकता प्रस्तुत गरेका थिए ।
कम्पनीका प्रतिनिधिहरुले सहभागीहरुको प्रश्नको उत्तर दिनुका साथै बीमाको महत्वलाई प्रकाश पारेका थिए । कम्पनी सचिव सुदर्शन गिरीको संयोजकत्वमा सञ्चालन भएको कार्यक्रममा बीमा कम्पनीका शाखा प्रवन्धक, कर्मचारी तथा अभिकर्ताहरुको उपस्थिति थियो ।