IME Life New

अब सेयर खरिद बिक्रि गर्न ब्रोकर अफिस धाउनु नपर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ, बैशाख २ । नेपाल धितोपत्र बोर्डको निर्देशन अनुसार आजदेखि सेयर बजारमा सेमि ९अनलाइन कारोबार सुरु हुने भएको छ । हाल प्रयोगमा रहेको ब्रोकर व्याक अफिस सफ्टवेयरमा सुधार गरी इन्टरनेट बाटै खरिद बिक्री आदेश दिन सकिने सुविधा समावेश गरिएकाले सेमि अनलाइन कारोबार थालनी गरिएको धितोपत्र बोर्डले जनाएको छ ।

धितोपत्र बोर्डले आज नै सेमि अनलाइन कारोबारको सुभारम्भ गर्ने भएको छ । यो सँगै लगानीकर्तालाई सेयर खरिदबिक्रीको लागि ब्रोक्रर कार्यालय धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको छ । लगानीकर्ताले ब्रोकर व्याक अफिस सफ्टवेयरमा इन्टरनेटमार्फत धितोपत्र पत्रको खरिद बिक्री आदेश दिन सक्ने व्यवस्था गरिएको छ । लगानीकर्ताले इमेल, एसएमएस र मोवाइल एपबाट खरिद बिक्री आदेश दिने व्यवस्था उक्त सफ्टवेयरमा गरिएको छ ।

Esewa
Crest

हाल लगानीकर्ताले शेयर खरिद बिक्री गर्नु परेमा ब्रोकर कार्यालयमा प्रत्यक्ष उपस्थित हुनु पर्ने वा फोनबाट आदेश दिने गरेका छन् । सेमि अनलाइनले खरिद बिक्री आदेशको लागि वैकल्पिक बाटो दिएपनि लगानीकर्ताले गरेको अर्डर सोझै नेप्सेको प्रणालीमा अपडेट भने हुँदैन । ब्रोकरले सफ्टवेयर मार्फत लगानीकर्ताले दिएको आदेशलाई नेप्सेको प्रणालीमा समावेश गरेपछि मात्र कारोबार गर्न सकिन्छ।

यो व्यवस्थाले धितोपत्रको कारोबार प्रकृया तथा अभिलेख सम्वन्धी कार्य थप व्यवस्थित सहज, पारदर्शी, सरल, छिटो, छरितो र लगानीकर्ता मैत्री हुने र निकट भविष्यमा नेप्सेले लागू गर्न लागेको अनलाइन कारोवार प्रणालीको लागि आधार तयार ⁄ सहज हुने वोर्डको अपेक्षा रहेको छ ।

यो तयारी सगै ब्रोकरहरु यो सेमि अनलाइन कारोबारको तयारीमा जुटेका छन् ईन्टरनेटको माध्यमबाट सेयर किनबेचको आदेश दिन सकिने गरी धितोपत्र बोर्डले परिपत्र गरे अनुसारको सुबिधा दिनेमा ५० नम्बर ब्रोकर क्रिष्टल कन्चनजंगा सेक्युरिटिज प्रा. लि पहिलो भएको छ ।

सो कम्पनीले आईतबार साढे १० बजे धितोपत्र बोर्डका अध्यक्ष डा. रेबतबहादुर कार्कीबाट अनलाईनबाट लगानीकर्ताले खरिद बिक्री गर्ने आदेश दिन सकिने सेवा शुभारम्भ गराउँदै छ । ५० नम्बर ब्रोकर स्टक ब्रोकर एशोसियशनका अध्यक्ष प्रियराज रेग्मीको कम्पनी हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS