IME Life New

नेपाल पुनर्बीमा र एनएलजीको बोनश शेयरधनीको हितग्राही खातामा जम्मा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी र एनएलजी इन्स्योरेन्स कम्पनीको बोनश शेयर शेयरधनीको हितग्राही खातामा जम्मा भएको छ । नेपाल पुनर्बीमाको २०७८ पुस  २२ गते सम्पन्न छैठौं वार्षिक साधारण सभाबाट पारित भएको १६ दशमलव ५ प्रतिशत बोनश शेयर नेपाल स्टक एक्सचेन्ज लि र सिडिएस एण्ड क्लियरिङ्गमा सूचिकृत तथा दर्ता भई अभौतिक रुपमा कारोबार हुने व्यवस्था भइसकेको कम्पनीले एक सुचना जारी गर्दै जनाएको छ ।

कम्पनीका अनुसार २०७८ पुस १३ गतेसम्म शेयर अभौतिकीकरण गराएका कम्पनीका शेयरधनीको बोनश शेयर सम्बन्धित हितग्राही खातामा जम्मा गरिएको छ । सो मिति पछि शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको हकमा क्रमशः उक्त बोनस शेयर जम्मा हुने व्यवस्था गरिएको हुँदा हालसम्म पनि शेयर अभौतिकीकरण नगरेका शेयरधनीहरुले आफ्नो शेयर अभौतिकीकरण गराई आफ्नो बोनश शेयर समेत हितग्राही खातामा नै प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

Esewa
Crest

उक्त गतेसम्म शेयर धितो बन्धक राखी कर्जा लिएका शेयरधनीहरुको हकमा बोनश शेयर समेत कर्जा प्रवाह गर्ने सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरुको नाममा नै रोक्का जनाई शेयरधनीको हितग्राही खातामा जम्मा हुने हुँदा कर्जा राफसाफ भैसकेको भए सम्बन्धित बैंक तथा वित्तीय संस्थामा सम्पर्क गरी फुकुवा गर्न शेयरधनीहरुलाई कम्पनीले आग्रह गरेको छ ।

त्यस्तै, एनएलजी इन्स्योरेन्स कम्पनीको चैत १७ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १० प्रतिशत बोनश शेयर शेयरधनीको डिम्याट खातामा जम्मा भएको हो ।

कम्पनीका अनुसार २०७८ चैत ५ गतेसम्म शेयर अभौतिकीकरण गराएका कम्पनीका शेयरधनीको बोनश शेयर सम्बन्धित हितग्राही खातामा जम्मा गरिएको छ । सो मिति पछि शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको हकमा क्रमशः उक्त बोनस शेयर जम्मा हुने व्यवस्था गरिएको हुँदा हालसम्म पनि शेयर अभौतिकीकरण नगरेका शेयरधनीहरुले आफ्नो शेयर अभौतिकीकरण गराई आफ्नो बोनश शेयर समेत हितग्राही खातामा नै प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

उक्त गतेसम्म शेयर धितो बन्धक राखी कर्जा लिएका शेयरधनीहरुको हकमा बोनश शेयर समेत कर्जा प्रवाह गर्ने सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरुको नाममा नै रोक्का जनाई शेयरधनीको हितग्राही खातामा जम्मा हुने हुँदा कर्जा राफसाफ भैसकेको भए सम्बन्धित बैंक तथा वित्तीय संस्थामा सम्पर्क गरी फुकुवा गर्न शेयरधनीहरुलाई कम्पनीले आग्रह गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS