Connect IPS
IME Life

प्राइम लाइफको सिनियर डिसिइओ दाहाल विरुद्ध बीमा समितिमा उजुरी, योग्यता नपुगेको आरोप

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत ‘सिनियर डिसिइओ’ निर्मल दाहालको नियुक्तिलाई लिएर बीमा समितिमा उजुरी परेको छ । कम्पनीको चैत २१ गते बसेको सञ्चालक समितिको बैठकले संस्थागत सुशासन निर्देशिका विपरित उनलाई गैरकानुनी रुपमा नियुक्ति गरिएको भन्दै उजुरी परेको हो ।

बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७५ मा प्रमुख कार्यकारी अधिकृत र विभागीय प्रमुखहरुको मात्रै स्पष्ट सँग योग्यता तोकिएको छ । यस निर्देशिकामा सिनियर डिसिइओको विषयमा स्पष्ट रुपमा योग्यता नखुलाएका कारणले पनि कम्पनीले दाहाललाई नियुक्त गरेको हो ।

Prabhu
Crest

तर यस निर्देशिकाको दफा ३१ को उपदफा २ मा ‘विभागीय प्रमुख भन्दा माथिल्लो तहमा नियुक्त गर्नु परेमा उपदफा (१) मा उल्लेखित योग्यताका अतिरिक्त बीमा वा बैंकिङ क्षेत्रमा थप एक वर्ष व्यवस्थापकीय पदमा रही कार्य गरेको हुनु पर्नेछ’ भनिएको छ ।  उपदफमा एकमा शैक्षिक योग्यता उल्लेख छ । दाहालको शैक्षिक योग्यतामा कुनै कैफियत छैन । त्यसैले उनलाई एक वर्ष बीमाको अनुभव भन्ने व्यवस्थाले समस्यामा पारेको छ ।

तर दाहालले प्राइम लाइफमा नियुक्त हुनु भन्दा अगाडी यूकेएडले सपोर्ट गरेको गैर सरकारी संस्था सक्षममा कार्यरत थिए । जहाँ उनि ७ वर्ष ‘सक्षम एक्सेस टु फाइनान्स’ नामक कार्यक्रमको टीम लिडर थिए । सक्षममा जोडिनु अगाडी दाहाल लक्ष्मी बैंकमा थिए । दाहाल सँग बीमा क्षेत्रमा काम गरेको कुनै पनि अनुभव छैन ।

दाहालको अन्य योग्यता पुगेता पनि अनुभवको विषयलाई लिएर बीमा समिति पनि अलमलमा परेको छ । संस्थागत सुशासन निर्देशिका अनुसार दाहालको प्रमुख कार्यकारी अधिकृत बन्नका लागि योग्यता पुग्छ तर सिनियर डिसिइओ बन्नका लागि भने पुग्दैन ।

संस्थागत सुशासन निर्देशिकाको दफा २८ को उपदफा दुई (क) बमोजिम ‘बीमा, व्यवस्थापन, वित्त, लेखा, अर्थशास्त्र, वाणिज्यशास्त्र, कानुन, गणित, तथ्याङ्कशास्त्र वा इन्जिनियरिङ विषयमा कम्तिमा स्नातकोत्तर वा सो सहरको उपाधि हासिल गरि कम्पनीमा व्यवस्थापक तहमा बीमा क्षेत्रमा भए कम्तिमा पाँच, बैंक वा वित्तीय क्षेत्रमा भए ८ तथा दुबै क्षेत्रमा भए बीमामा एक वर्षको अनुभव सहित कम्तिमा ७ वर्षको अनुभव भएका व्यक्तिहरु मध्ये नियुक्त गर्नु पर्नेछ’ भनिएको छ । यहि उपदफा अनुसार दाहालले बैंक वा वित्तीय क्षेत्रमा ८ वर्षको काम गरिसकेको हुँदा उनको प्रमुख कार्यकारी अधिकृत बन्न योग्यता पुग्छ ।

तर यस संस्थागत सुशासनको निर्देशिकाले विभागीय प्रमुखका लागि भने कम्तिमा पनि एक वर्षको बीमाको अनुभव भएकै हुनु पर्ने व्यवस्था गरेको हुँदा दाहालको नियुक्तिमा बाधा पुर्याएको छ । जवकी दाहाललाई आगामी साउनदेखि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने भन्दै साढे तीन महिना अगाडी नियुक्त गरिएको थियो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोकुमार भट्टराईको कार्यकाल यहि असार मसान्तबाट समाप्त हुँदैछ । उनको कार्यकाल सकिने वित्तीकै दाहाललाई नियुक्ति गर्ने कम्पनीको योजना रहेको थियो । तर उनको योग्यतालाई नै लिएर बीमा समितिमा उजुरी परेपछि उनको नियुक्तिको बैधानिकतामा प्रश्न उठेको छ ।

बीमा समितिले उनको योग्यता तथा अनुभवलाई झिकाउदा दाहालले बीमा क्षेत्रमा अनुसन्धान गरेको एउटा प्रतिवेदन पेश गरेको पाइएको छ । सोहि अध्ययन प्रतिवेदनलाई आधार मानि सञ्चालकहरुले नियुक्त गरेको हो । जवकी यस्तो प्रतिवेदनलाई संस्थागत सुशासनले योग्यतामा मूल्याङ्कन गर्न मान्दैन । कम्पनीले दाहालको नियुक्ति गर्न अगाडी बीमा समितिबाट पनि स्वीकृति नलिएको आरोप लगाइएको छ । बीमा समितिमा उनको नियुक्तिलाई लिएर उजुरी नपरेका कारण समिति मौन थियो । तर उजुरी नै परेपछि समितिले अध्ययन गरिरहेको एक निर्देशकले जानकारी दिए ।

बीमा क्षेत्रको उच्च व्यवस्थापनमा सक्षम र राम्रा व्यक्तिहरु नभएको भन्दै समितिले वेलावखत यस्ता कुरामा आखा चिम्लिने गरेको छ । उजुरी कर्ताका अनुसार बीमा समितिबाट स्वीकृति नलिएका दाहाललाई नियमित तलब भत्ता समेत खुवाइरहेको भन्दै आरोप समेत लगाएका छन् ।

भट्टराईको विकल्पका रुपमा भित्र्याइएका दाहाललाई राजेन्द्र खेतानले भित्र्याएका हुन् । खेतानले लक्ष्मी बैंकका पुर्व कर्मचारीको हैसियतमा उनलाई सिइओमा नियुक्त गर्ने हिसावले ल्याएका थिए । संस्थागत सुशासन निर्देशिका अनुसार दाहालको विवरण हेरेर आवश्यक निर्णय गर्ने बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले बताए । उनले भने ‘मेरोमा अहिलेसम्म उहाँको फाइल आएको छैन । आए पछि के गर्नुपर्ने हो गर्छौ ।’

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS