Connect IPS
IME Life

आयकर निर्धारणमा ४० हजार रुपैयाँको प्रावधानले जीवन बीमा व्यवसायमा कस्तो प्रभाव पार्ला ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको लागी व्यक्तिगत आयकरमा कर छुटको गणनामा जीवन बीमाशुल्कमा ६० प्रतिशतले वृद्धि गरेको छ । कर योग्य आम्दानीको गणना गर्दा यसअघि जीवन बीमा शुल्क वापत २५ हजार रुपैयाँसम्म छुट हुने व्यवस्था रहेकोमा ४० हजार रुपैयाँ पुर्याएको छ ।

बीमा समितिले नयाँ आर्थिक वर्षको बजेट तयारीको सम्बन्धमा जीवन बीमा शुल्क वापतको कम्तीमा १ लाख रुपैयाँसम्म आयकर छुट प्रयोजनको लागी गणना गर्न पाउनुपर्ने सुझाव पेश गरेको थियो । सरकारले उक्त सुझावको आधारमा अहिलेको भन्दा थप १५ हजार रुपैयाँ जीवन बीमाशुल्क आयकर छुट प्रयोजनको लागी गणना गर्न सकिने घोषणा आर्थिक वर्ष २०७९।८० को बजेट वक्तव्यमार्फत् गरेको छ ।

Prabhu
Crest

नयाँ प्रावधान अनुसार व्यक्तिगत आय गणना गर्दा वार्षिक ४० हजार रुपैयाँसम्मको जीवन बीमाशुल्क कटाउन मिल्छ । जीवन बीमा शुल्क वापत तिरेको रकममध्ये प्रति व्यक्ति अधिकत्तम २५ हजार रुपैयाँ वार्षिक आम्दानीबाट कटाएर बाँकी रकमको आधारमा कर गणना गरिन्थ्यो ।

नयाँ प्रावधानले कर्मचारीवर्गलाई करमा थप सहुलियत अवश्य पनि मिल्नेछ,जीवन बीमा कम्पनीको एक शाखा प्रबन्धकले भने, तर वार्षिक ४० हजार रुपैयाँभन्दा थोरै बीमाशुल्क तिरेर बीमा गर्नेहरुको संख्या घट्दो छ । अहिलेको जमानामा १० लाख रुपैयाँभन्दा घटी बीमांकको बीमा गर्ने जागिरेको संख्या कम छ ।

नियमित रुपमा आयकर तिर्नेहरु संगठित क्षेत्रमै कार्यरत व्यक्तिहरु हुन् । उनीहरुले आफ्नो तलब, भत्ता प्राप्त गर्नको लागी अनिवार्य रुपमा व्यक्तिगत कर दर्ता प्रमाण पत्र प्राप्त गरेकै हुने र बीमाशुल्कवापतको छुटको लाभ पनि लिइसकेका हुन्छन् । तर सरकारले व्यक्तिगत कर योग्य आयको सीमाको वृद्धिले अवश्य पनि जागिरे कर्मचारीहरु लाभान्वित भएका छन् ।

संगठित क्षेत्रमा कार्य गर्ने अधिकांश जागिरेले आयकर सुविधा र भविष्यको बचतको लागी १५ देखि २० वर्ष अवधिपछिको वित्तीय योजना अन्तर्गत त्यस समयको नगदको मूल्य अनुमान गरेर पाँच लाख रुपैयाँ बीमांकको बीमा गरेकै हुने बीमा अभिकर्ताहरुको भनाई छ ।

तसर्थ बीमा शुल्क वापत भुक्तानी गरिएको रकममध्ये ४० हजार रुपैयाँसम्म आयकर छुट प्रयोजनको लागी गणना गर्ने घोषणाले समग्र बीमा व्यवसायमा ठूलो प्रभाव नपार्ने बीमा क्षेत्रको प्रतिकृयाँ छ ।

अर्थात् कुनै व्यक्तिको वार्षिक आम्दानी ९ लाख रुपैयाँ छ र जीवन बीमा समेत गरेको छ । भने, वार्षिकरुपमा ४० हजार रुपैयाँ वा त्योभन्दा बढी रकम भुक्तानी गर्दै आएको छ भने वार्षिक आयबाट ४० हजार रुपैयाँ घटाएर बाँकी रहने ८ लाख ६० हजार रुपैयाँमा मात्र आय कर तिर्नुपर्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS