IME Life New

इसेवाबाट बीमा शुल्क भुक्तानी गर्दा लखपति बन्ने मौका, एक लाखको बम्पर प्राइस

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । इसेवाले बीमा शुल्क भुक्तानी गर्दा बीमितहरुलाई आकर्षित गर्ने योजना ल्याएको छ । इसेवाले ‘बीमा शुल्क भुक्तानी गरिन्छ, लखपति बनिन्छ’ योजना सार्वजनिक गरेको हो । बीमितहरुले घरमै बसेर बीमा शुल्क भुक्तानी गर्न प्रोत्साहन मिलोस् भन्ने उद्देश्यले योजना सार्वजनिक गरिएको इसेवाले उल्लेख गरेको छ ।

भदौ ५ गतेसम्म संचालन हुने यस योजनामा इसेवाबाट कुनै पनि जीवन बीमा कम्पनीको बीमा शुल्क भुक्तानी गर्ने व्यक्तिहरुमध्येबाट बम्पर उपहारमा एकजनाले एक लाख रुपैयाँ उपहार पाउने छ ।

Esewa
Crest

यस्तै उपहार बिजेता बीमितको बीमा एजेन्ट र सोही एजेन्टको शाखा कार्यालयले पनि २०/२० रुपैयाँ हजार नगद उपहार पाउने छन् । यसैगरी योजना संचालन अवधिभर बीमा शुल्क भुक्तानी गर्नेहरुमध्येबाट हरेक दिन एकजनाले गोलाप्रथा मार्फत एक हजार रुपैयाँ दिने छ ।

यो योजना नेपालमा रहेका सबै बीमा कम्पनीको शुल्क भुक्तानी गर्दा लागु हुने कम्पनीले जनाएको छ। इसेवाले पछिल्ला दिनमा इन्स्योरेन्स्को प्रिमियम अनलाइनबाट भुक्तानी गर्न प्रोत्साहन गर्नका लागि विभिन्न अफर तथा योजना सार्वजनिक गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS