IME Life New

५४ वार्षिकोत्सवको अवसरमा अर्थमन्त्री शर्माको शुभकामना सन्देश, बीमालाई बजेटले संबोधन गर्दैछु

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

जनार्दन शर्मा । नेपालको बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समिति ५३ वर्ष पुरा गरी ५४ वर्षमा प्रवेश गरेको यस सुखद अवसरमा समितिका अध्यक्ष, सञ्चालक समितिका सदस्यहरू, कार्यकारी निर्देशक लगायतका पदाधिकारी तथा कर्मचारी लगायत बीमा क्षेत्रसँग सम्बद्ध सबै सरोकारवालालाई शुभ–कामना व्यक्त गर्न चाहन्छु।

आजको युगमा विभिन्न किसिमका जोखिम बढेसँगै जोखिम व्यवस्थापन गर्ने आधुनिक वित्तीय औजारका रूपमा रहेको बीमा व्यवसायको महत्व दिन प्रतिदिन बढ्दै गएको छ । नेपालमा पछिल्लो समय बीमाको पहुँच उल्लेखनीय रूपले बढ्दै जानु सुखद विषय भए तापनि यत्तिमै सन्तोष मान्ने ठाउँ भने छैन । बीमाको पहुँच विस्तारलाई तीव्रता दिन सबै क्षेत्रबाट महत्वपुर्ण भुमिका निर्वाह हुनुपर्दछ ।

Crest

बीमाको पहुँच विस्तारका लागि सबैभन्दा पहिला बीमा के हो, यसबाट के–क‚तो फाइदा हुन्छ, बीमा कहाँ, कसरी गर्नुपर्छ भन्ने बारेमा आम जनतालाई बुझाउन सक्नुपर्दछ । देशका शहरी क्षेत्रमा मात्र सीमित नभई ग्रामीण क्षेत्रमा समेत बीमा सेवा पुर्याउनेतर्फ समितिले विशेष ध्यान दिनुपर्दछ । हाम्रो जस्तो कृषि प्रधान देशमा कृषि व्यवसाय मार्फत आर्थिक समृद्धि हासिल गर्न सरकराले कृषि बीमामा ८० प्रतिशतसम्म अनुदानको व्यवस्था गरेको भए पनि उल्लेखनीय रूपले बढ्न सकेको छैन । त्यस्तै सरकारी सार्वजनिक सम्पत्तिको बीमा गर्नेतर्फ सम्बद्ध निकायहरूको उचित ध्यान नपुगेको जस्तो महसुस भएको पाइन्छ । शहरी क्षेत्रका घर लगायत सम्पत्तिको सुरक्षण गर्न के कस्ता नीति एवं कार्यक्रम ल्याउन सकिन्छ त्यसतर्फ समिति लगायत सम्बद्ध निकायहरूको ध्यान जान जरुरी देखेको छु ।

बीमा जोखिमको रक्षा कवच भएकाले बीमा कम्पनीहरूले बीमा व्यापार मात्र होइन, सेवा पनि हो भन्ने बुझ्न र बुझाउनुपर्ने अवस्था छ । बीमा मार्फत जोखिम व्यवस्थापन निश्चित गरेमा विपदका समयमा भौतिक पूर्वाधार, कृषि क्षेत्र, उद्योग व्यवसाय लगायतमा हुनसक्ने हानि नोक्सानीको क्षतिपूर्ति बीमाबाट हुने भएकाले त्यसका लागि सरकारले थप दायित्व व्यहोर्नुपर्ने बाध्यताको समेत अन्त्य हुने अपेक्षा गरेको छु।

हाल बीमा समितिले बीमा क्षेत्रको समग्र विकासका लागि राष्ट्रिय बीमा नीति र त्यस अन्तर्गत प्रदेश तथा स्थानीय बीमा नीति ल्याउन देखाएको अग्रसरता सराहनीय रहेको छ। साथै समितिले बीमाको पहुँच विस्तारका लागि प्रदेश तथा स्थानीय तहहरूमा बीमा सम्बन्धी जनचेतना अभिवृद्धिका कार्यक्रमलाई अभियानका रूपमा अघि बढाउनुका साथै बीमा कम्पनीहरूलाई विपन्न वर्ग एवं दुर्गम क्षेत्रमा पुग्न र बीमा दाबी समयमै भुक्तानी गरेर बीमा प्रतिको विश्वास बढाउनका लागि खेल्दैआएको भूमिका प्रशंसनीय छ । बीमा क्षेत्रको समग्र विकासका लागि सरकार प्रतिबद्ध रहँदैआएको छ। सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा बीमा  क्षेत्रलाई  समेत  सम्बोधन  गरिने  यहाँ  उल्लेख  गर्न  चाहन्छु ।

अन्त्यमा अन्तर्राष्ट्रिय स्तरमा प्रतिपादित बीमाका नवीनतम् सिद्धान्त अवलम्बन गर्दै सरल एवं सहज रूपमा समाजमा आर्थिक रूपले पछि परेका विपन्न वर्गलाई समेट्ने गरी अघि बढ्ने  नागरिकको आवश्यकता अनुरूप बीमा गर्ने व्यवस्था मिलाउन, गाउँघरमै जीवन तथा निर्जीवन बीमा गर्ने र स्थानीय स्तरमै दाबी भुक्तानी पाउने व्यवस्था गर्न बीमा समिति अझ बढी क्रियाशील हुनुपर्दछ। साथै बीमा क्षेत्रमा सुशासन कायम गर्न, बीमा क्षेत्रमा देखिएका अवस्वस्थ प्रतिस्पर्धा हटाउन, बीमा कम्पनीहरूलाई सबल बनाउन र बीमा क्षेत्रका लागि आवश्यक दक्ष जनशक्ति उत्पादनका लागि भूमिका निर्वाह गर्न समितिले आगामी दिनमा ठोस कदम चाल्ने नै छ भन्ने विश्वास लिएको छु। बीमा समितिको ५४ औँ वार्षिकोत्सवको यस विशेष अवसरमा पुनः शुभ–कामना व्यक्त गर्दै समग्र बीमा क्षेत्रको विकासमा यहाँहरूबाट उल्लेखनीय भूमिका निर्वाह हुने नै छ भन्ने कामना समेत गर्दछु ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS