Connect IPS
IME Life

क्यापिटल प्लान नबुझाउने १५ कम्पनीलाई १० हजार जरिवाना, क्रस होल्डिङलाई मर्जरमा जान निर्देशन दिने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । समयमा क्यापिटल प्लान पेश नगर्ने बीमा कम्पनीलाई बीमा समितिले बीमा ऐन अनुसार १० हजार रुपैयाँ जरिवाना गर्ने भएको छ । बीमा समितिले हिजो आइतबारसम्म पूँजी बृद्धि योजना पेश गर्न निर्देशन दिएको थियो । क्यापिटल प्लान पेश नगर्ने १५ कम्पनी कारबाहीमा पर्ने भएका हुन् ।

चैत १० गते सम्पुर्ण बीमा कम्पनीहरुलाई एक महिना भित्र क्यापिटल प्लान पेश गर्न निर्देशन दिएको थियो । सोहि अनुसार जीवन बीमा कम्पनीले ५ अर्ब र निर्जीवन बीमा कम्पनीले साढे २ अर्ब पूँजी जुटाउने योजना पेश गर्नु पर्ने थियो ।

Prabhu
Crest

जीवन तर्फ सूर्या लाइफ, नेशनल लाइफ, एशियन लाइफ, महालक्ष्मी लाइफ, मेट लाइफ, एलआइसी नेपाल, सानिमा लाइफ, सिटिजन लाइफ, गुराँस लाइफ, रिलायन्स लाइफ, प्रभु लाइफ र प्राइम लाइफले पेश गरेका हुन् । त्यस्तै निर्जीवन तर्फ सानिमा जनरल, आइएमई जनरल, एभरेष्ट, प्रुडेन्सियल, नेको, लुम्बिनी, शिखर, नेपाल इन्स्योरेन्स, सगरमाथा, जनरल, अजोड र प्रभु इन्स्योरेन्स रहेका छन् । बाँकी जीवन तथा निर्जीवनले अझै पनि बुझाउन सकेका छैनन् ।

के छ क्यापिटल प्लानमा

अधिकाम्स बीमा कम्पनीले क्यापिटल प्लानमा हकप्रद, बोनस शेयर र मर्जरको योजना पेश गरेका छन् । आइपिओ निष्काशन गर्न बाँकी बीमा कम्पनीले संस्थापक समुह तर्फ प्रिआइपिओ निष्काशन गर्ने योजना पेश गरेका छन् । बीमा समितिले उनिहरुले पहिलो चरणमा संस्थापक समुह तर्फ ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न सुझाउदै आएको छ । उनिहरुले संस्थापक समुह तर्फबाट थप ५० प्रतिशत पूँजी थप गरे पछि सर्वसाधारणका लागि ३० प्रतिशत आइपिओ निष्काशन गर्ने छन् ।

त्यसपछि नपुग पूँजीका लागि मर्जरमा जान सकिने कम्पनीहरुले उल्लेख गरेका छन् । यदि मर्जर सफल हुन नसकेमा मात्र संस्थापकहरुले बाँकी पूँजीका लागि हकप्रद निष्काशन गर्ने योजना पेश गरेका छन् । त्यस्तै आइपिओ निष्काशन गरिसकेका बीमा कम्पनीहरुले भने जगेडा कोषमा भएको रकमबाट बोनस शेयर दिनेछन् । बोनस शेयर पछि कायम पूँजीमा हकप्रद शेयर निष्काशन गरेर पूँजी जुटाउने उनिहरुको योजना छ ।

यस अवधिमा उनिहरुले उपयुक्त बीमा कम्पनीहरु सँग मर्जरको प्रयास गर्ने उल्लेख गरेका छन् । सबैको दोस्रो प्राथमिकतामा मर्जर रहेको छ । त्यस्तै विदेशी बीमा कम्पनी मेट लाइफले भने चुक्ता पूँजी बराबरको रकम जगेडा कोषमा राख्ने योजना बनाएको छ । जगेडा कोषमा पनि नपुग पूँजी माउ कम्पनीमार्फत जुटाउन सकिने योजनामा उल्लेख गरेको छ । कम्पनीले चुक्ता पूँजीको व्यवस्था नगरिदिन समेत समितिलाई अनुरोध गरेको छ ।

यस्तो छ बीमा समितिको योजना

सम्पुर्ण बीमा कम्पनीले योजना पेश गरेपछि बीमा समितिले सुरुमा अध्ययन गर्ने र उपयुक्त निर्देशन दिने योजना बनाएको छ । तर बीमा समितिले आन्तरिक रुपमा भने क्रस होल्डिङ देखिएका बीमा कम्पनीहरुलाई मर्जरमा जान सुझाउने तयारी गरेको छ । समितिले सम्पुर्ण बीमा कम्पनीको क्रसहोल्डिङ्सको लगत निकालेर राखेको छ ।

समितिले केहि समय अगाडी क्रस होल्डिङ रहेका लगानीकर्तालाई आफ्नो शेयर विनिवेश गर्न वा मर्जरमा जान निर्देशन दिइएको छ । यस पटक भने बीमा समितिले क्रस होल्डिङ देखिएका कम्पनीलाई फोर्स मर्जरमा जान निर्देशन दिने तयारी गरेको छ ।

बीमा समितिले यो क्यापिटल प्लान मार्फत कम्पनीको संख्या घटाउन चाहिरहेको छ । बजारमा कम्पनीको संख्या धेरै भयो जसले गर्दा अस्वस्थ प्रतिस्पर्धा भएको समितिको बुझाइ छ । अर्को तर्फ नेपालमा अझै पनि बीमाको बजार खाली रहेको तर बीमा कम्पनीहरु सँग अझै पनि क्षमता कम रहेको उसको भनाइ छ । कम्पनीको पूँजीकोष जति ठुलो हुन्छ त्यसले बजारलाई विस्तार गर्न र माथि पुर्याउन सजिलो हुने समितिको तर्क छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS