Connect IPS
IME Life

बीमा कम्पनीले एक वर्षमा ६५ अर्ब २६ करोड रुपैयाँ जुटाउनु पर्ने, कुन कम्पनीको कति (सूचीसहित)

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले एक वर्षको अवधिमा ६५ अर्ब २६ करोड रुपैया पूँजी जुटाउनु पर्ने भएको छ । बीमा समितिले बिहीबार जीवन बीमा कम्पनीहरुको लागि न्युनतम चुक्ता पूँजी ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीहरुका लागि साढे दुई अर्ब रुपैयाँ पुर्याउन निर्देशन दिए सँगै नेपाल लाइफ बाहेक सम्पुर्ण बीमा कम्पनीहरुले पूँजी बृद्धि योजना बनाउनु पर्ने भएको छ ।

बीमा समितिले अवको तीस दिन भित्रमा २०७९ असार सम्ममा निर्देशित पूँजी पुर्याउने योजना पेश गर्नु पर्नेछ । यस अवधिमा बीमा कम्पनीहरुले हकप्रद, बोनस शेयर र मर्जरको योजना पेश गर्नु पर्नेछ । समितिले एक वर्षको मात्रै अवधि दिएकाले बीमा कम्पनीहरुले ठुलो परिणाममा पैसा जुटाउनु पर्नेछ । जसमा सबैभन्दा धेरै मार संस्थापक शेयरधनीहरुलाई पर्नेछ ।

Prabhu
Crest

हाल बीमा कम्पनीहरु सँग ६४ अर्ब ७३ करोड रुपैयाँ मात्रै पूँजी छ । अधिकाम्स बीमा कम्पनीले सत प्रतिशत भन्दा धेरै हकप्रद शेयर निष्काशन गर्नु पर्नेछ । हाल विद्यमान पूँजीका आधारमा हेर्दा सर्वाधिक धेरै राष्ट्रिय बीमा कम्पनीले मात्रै ८३७ प्रतिशतले बृद्धि गर्नु पर्नेछ । हाल कम्पनी सँग जम्मा २६ करोड ६६ लाख रुपैंयाँ मात्रै पूँजी छ ।

त्यस पछि प्राथमिक शेयर निष्काशन नगरेका जीवन बीमा कम्पनीहरुले सबैभन्दा धेरै पूँजी जुटाउनु पर्नेछ । प्राथमिक शेयर निष्काशन गर्न बाँकी सिटिजन लाइफ, सन नेपाल लाइफ, महालक्ष्मी लाइफ, रिलायबल नेपाल लाइफ र आइएमई लाइफले २७५ प्रतिशत पूँजी थप गर्नु पर्नेछ ।

शिखर इन्स्योरेन्स

शिखर इन्स्योरेन्स कम्पनीले हाल ३० प्रतिशत हकप्रद शेयर निष्काशन गरिरहेको छ । हकप्रद शेयर निष्काशन पछि कम्पनीको चुक्ता पूँजी २ अर्ब २८ करोड रुपैयाँ पुग्नेछ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गर्न बाँकी छ । लाभांश घोषणा पछि कम्पनीले सजिलै न्युनतम चुक्ता पूँजी २ अर्ब ५० करोड रुपैयाँ जुटाउन सक्नेछ ।

आइएमई जनरल

आइएमई जनरललले हाल ४० प्रतिशत हकप्रद शेयर निष्काशन गरिरहेको छ । हकप्रद शेयर र अहिले घोषणा गरेको लाभांश पछि कम्पनीको चुक्ता पूँजी एक अर्ब ७० करोड रुपैयाँ पुग्नेछ । यति हुँदा पनि आइएमई लाइफलाई ४३ प्रतिशत हकप्रद शेयर निष्काशन गर्नु पर्ने देखिन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS