अभिकर्ता भन्ने वित्तिकै बीमा ऐन २०४९ मा भएको व्यवस्था सम्झन कर लाग्दछ । उक्त ऐनको दफा २(ठ)बमोजिम भएको परिभाषा अनुुसार तथा दफा ३० मा उल्लेख भएको व्यवस्था अनुुसार कार्य गर्ने ईजाजत प्र्राप्त व्यक्ति भएकोले निजको छनौट व्यवसाय गर्ने उद्देश्य पूर्ति गर्न मात्र गरिने प्रचलन रहेको छ । छनौट गर्ने माध्यम, योग्यता, अयोग्यता आदिको व्यवस्था भने उक्त कानूूनको दफा ३०–३३ मा उल्लेख भए अनुुसार हुुने गरेको छ । यसैक्रममा अभिकर्ता तालिम सम्बन्धी बीमा समितिले तोकिदिएको तालिम सञ्चालन गर्ने निर्देशिकाको व्यवस्था तथा पालनाले भने तालिम सञ्चालन गरि अभिकर्ताहरु उत्पादन गर्न सहज भएको छ । तालिममा संलग्न गर्नुु पर्ने विषयहरु, अवधि आदिले भने आफूू अनुुकूूल नगरि स्तरियरुपमा समान एवं निर्वाध रुपले तालिम सञ्चालन गर्न सहयोग पुुग्ने गरेको देखिन्छ ।
तालिममा उल्लेखित विषयहरु हेर्दा योग्यता अनुसारको एक सामान्य सक्षम व्यक्तिले समेत बुुझ्न समेत सक्ने हिसाबले पस्किन सहयोग पुुग्ने गरेको छ । सरल रुपमा बीमा प्रारम्भ गर्दा देखि अवधि भुुक्तानी (दावी) गर्दा सम्म तथा अन्य दावीहरु तथा सापटी लिने कार्यमा आवश्यक पर्ने विविध प्रकृयाहरुबारे जानकारी दिने कार्यले बीमाको शिक्षा विस्तार गर्न थप मद्दत पुुग्न गएको देखिन्छ । अधिकांश बीमकहरुबाट बिक्री कलालाई मात्र बढी जोड दिएर अभिकर्ता तालिम प्रदान गर्ने, व्यवसाय गर्न हुुटहुुटी प्रदान गर्न खालका कार्यक्रमहरु राखी विगतदेखि नै तालिम सञ्चालन गर्ने गरिएको परिपे्रक्ष्यमा अन्य विषयहरुको जानकारी नया अभिकर्ताहरुले कि त व्यवसाय गर्दे रहने दौरानमा वा दौतरीसंगको उठबसबाट जानकारी पाउने गरेको तथ्य भने जोड्न सान्दर्भिक देखिन्छ ।
तर केहि बीमकमा भने तालिममा उल्लेखित विषयहरु सामान्य कक्षा कोठामा पढाईने जस्तै विषयगत तथा व्यवहारगत तवरले हुुने गरेको महसुुस विभिन्न समयमा भएका तालिम कार्यक्रमहरुको भिजिटहरुबाट जानकारी मिलेको छ । के बीमा समितिले लिएको तालिमको उद्देश्य तथा प्रदान हुुने गरेका विषयहरुको उपादेयतामा तारतम्य मिलेको छ त ? यसको उत्तरका लागि तालिमको स्थलगत सुुपरीवेक्षण हुुनुुपर्ने तथा अपेक्षानुुसार भए नभएको मूूल्यांकन गर्नु पर्ने देखिन्छ । यो पनि बीमकहरुलाई नियामक निकायले लगाम लगाउन सक्ने एउटा बाटो रहेको बुुझन सकिन्छ ।
तालिम अवधि १७ घण्टा हुुनुु पर्ने व्यवस्था हेर्दा कुुनै पनि बीमकले न्यूूनतम २ दिन (८ घण्टाका दरले) तालिम सञ्चालन गर्नुुपर्ने देखिन्छ । तर बीमकहरुले १ कार्यदिन, अन्य सार्वजनिक बिदाको दिन वा शनिबारमात्र तालिम सञ्चालन गर्ने गरेको दृश्य हाम्रा सामूू छर्ल¨ै छ । १ दिन गरेको तालिमका अवधिे १७ घण्टा हुुने सम्भावना नभएको हैन् । तथापि १ दिनमा खासै जानकारी प्रदान हुुने गरेको पाईदैन् । विभिन्न बीमकहरुको तालिममा आफै वा अन्यलाई सहभागी गराई जानकारी लिने क्रममा यस्ता सूूचना उपलब्ध भएका हुुन् । १ दिनमा प्रदान हुुने तालिमबारे भन्नुु पर्दा व्यवसाय कसरी गर्ने, बजारीकरणका तरिका सिकाउने, बिक्रीकला, अनुुभवी अभिकर्ताको संघर्षको कथा आदिले बित्ने गरेको जानकारी प्राप्त भएकोले व्यवसायमा आवश्यक पर्ने जोखिम सम्बन्धी विषयको खुुलेर छलफल हुुने गरेको पाईएको छैन् । यसबाट अभिकर्ता उत्पादन विशेषत व्यवसाय वृद्धि गर्न तर्फमात्र केन्द्रित भएको पाईन्छ ।
फारम भर्ने तरिका सम्बन्धी जानकारी सामान्य रुपमा प्रदान गरिने प्रचलन कम नै छ । एसएलसी वा एसईई उत्तिर्ण भएका ईच्छुुक नागरिक भएका कारण फाराम भर्ने तरिका प्रति कमै चासो दिने गरिएको छ । बीमा गर्नेक्रममा पेश गरिएका फारामहरुको परीक्षण गर्दा पूूर्ण रुपमा भर्न समेत अप्ठेरो मान्ने तथा नसक्ने तथ्य त छदैछ साथै, हाम्रो काम व्यवसाय ल्याईदिने हो बाकी फाराम भर्ने, खाली ठाउ पुुर्ने जस्ता काम बीमकका प्रतिनिधिहरुले नै गर्ने हो भन्ने प्रवृत्तिले अभिकर्तालाई प्रदान गरेको तालिमको उपादेयता प्रति शंका गर्नुुपर्ने स्थान हरदम रहन्छ । अतः बीमकहरुले तालिम प्रदान गर्दा यस्ता विषयहरुमा समेत थोरै समय खर्चिन सके तालिमको उपायदेयता सफल हुुने देखिन्छ ।
दावी विविध प्रकारले भुुक्तानी हुुने गरेको छ । अवधि भुुक्तानी, ऋण सापटी, चुुक्ता मूूल्यमा भुुक्तानी, मृत्यु दावी तथा समर्पण आदि बीमक अनुुसार विभागीय कार्यमा फरकपन हुुने भएतापनि दावी अन्तर्गत पर्ने गरेको अवस्थामा भने प्रकृयाहरु समेत अभिकर्ताको तालिम प्रदान गर्ने क्रममा जानकारी गराउन सकेमा नियामकिय निकायबाट प्राप्त भएको समय सापेक्षका परिवर्तनहरु समेत जानकारी गराउन सकिने देखिन्छ । यसबाट बीमकले अभिकर्ताहरुलाई पुुर्नताजगी तालिममा सहभागी गराउने खर्चमा समेत कटौती हुुन जाने देखिन्छ । यसैक्रममा समितिको पछिल्लो निर्देशनले ३ वर्षको बीमाशुुल्क भुुक्तानी पूूरा भएपश्चात समर्पण गर्न तथा ऋण सापटी लिन पाउने व्यवस्था गरेको अवस्थामा शुरु तालिमको समयमा भन्दा ३ वर्ष पश्चात मात्र पुुर्नताजगी तालिममा सहभागी गराउनुु पर्ने देखिन्छ तर मृत्युु दावीका प्रकृयाहरु भने नया अभिकर्ता तालिम गर्ने प्रकृयामा नै गर्नु पर्ने आवश्यकता महसुुस भएको देखिन्छ ।
अतः पुुर्नताजगी तालिम पनि न्यूूनतम ३ वर्षका अन्तरले गर्न सके व्यवसाय बढ्ने मात्र नभई अभिकर्तालाई समेत बीमकबाट हेर्ने नजरमा फरक आउन सक्ने देखिन्छ । अभिकर्ता पनि बीमकले गरेको अपनत्व हुुने खालका व्यवहारप्रति अपनत्व महसुुस गर्दे व्यवसाय ल्याउन हौसला पाउन सक्नेछन् । पुुर्नताजगी तालिममा सहभागी गराउन सक्ने विषयहरु अनेक हुुन सक्ने देखिन्छ ।
नियमनकारी निकायको भूूमिकाले तालिमको उपायदेयतामा फरक नतिजा ल्याउन सक्नेमा सन्देह मान्नु आवश्यक छैन् । तर स्वीकृत तालिम क्यालेण्डर अनुुसार तालिम भए नभएको, विषयवस्तुु समावेश भए नभएको, तोकिएको समय लगाई तालिम प्रदान भए नभएको जस्ता बुदाहरुमा भने समयसमयमा सुुपरीवेक्षण गर्नुु आवश्यक देखिन्छ । बीमकहरुले कागजपत्र मिलाई कार्यसम्पन्न गर्ने प्रवृत्ति छिपेको छैन् तर पनि नियमनकारी निकायले सुुपरीवेक्षण, अनुुमगमन तथा मूूल्यांकन गर्ने गरेमा भने समानरुपमा विषय वस्तुु समावेश गर्न सकिने, तालिम अवधि पूरा उपयोग हुुने तथा तालिमको गुुणस्तरबाट अभिकर्ताले परिवर्तन भएका सूूचनाहरु समयमा प्राप्त गर्न सक्ने देखिन्छ ।
अन्तत नियमकारी निकायको अपेक्षा हेर्दा परिवर्तन भएका नियमहरु कार्यान्वयन गर्न आदेशमूूलक सूचना दिनुु मात्र नभई प्रदान गरिएको तालिमको उपायदेयतामा समेत केन्द्रित गर्न सहायक सिद्ध हुुनेमा सम्पूर्ण क्षेत्र आशावादी रहेको छ ।
(कोईराला बीमाका जानकार हुन् )