IME Life New

सातामा सय अंकमाथिको गिरावट आउँदा ठूला ब्रोकरहरुबाट कस्तो थियो खरिद बिक्री रणनीति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लगानीकर्ताको लागि यो साता राम्रो हुन सकेन । दुई दिन सार्वजनिक विदाको कारण ३ दिन मात्र शेयर कारोवार भएको यस साता नेप्से परिसूचकमा ११४ दशमवल ४० अंकको  गिरावट आएको छ। अघिल्लो कारोवार दिन २६६१ को विन्दुमा रहेको नेप्से परिसूचक यो साताको अन्तिम कारोवार दिन २५४७ को विन्दुमा पुगेर बन्द भएको छ । यो साता लगानीकर्ताहरु थोरै प्यानिक भएको देखिएको छ । बजार पूँजीकरण ३ दिनमै करिव  १ खर्ब ६२ अर्बले घट्दै ३६ खर्ब ०७ अर्बमा  सिमित भएको छ।

यो साताको ब्रोकरहरुको फ्लोरसिट हेर्दा ब्रोकर नम्बर ५८ बाट सर्वाधिक खरिद भएको छ भने ब्रोकर नम्बर ४५ बाट सर्वाधिक बिक्री भएको छ । तीन कारोवार दिनमा ब्रोकर नम्बर ५८बाट  सर्वाधिक ६२ करोड ८३ लाखको खरिद हुँदा ब्रोकर नम्बर ४५ बाट सर्वाधिक ५७ करोड ३६ लाखको बिक्री भएको छ।

Esewa
Crest

बजारमा धेरै लगानीकर्ताले हेर्ने ब्रोकरको रुपमा रहेको ब्रोकर नम्बर ५८ बाट खरिदको तुलनामा बिक्री कम भएको देखिएको छ। यस साता ब्रोकर नम्बर ५८ बाट ५० करोड ०२ लाखको मात्र बिक्री भएको छ ।

बजारमा गिरावट आउनुको कारण :

उच्च व्याज दरको  प्रभावले शेयर बजारमा प्रभाव परेको देखिन्छ । नेपाल बैंकर्स एसोसिएशनले सार्वजनिक गरेको तथ्याङ्क अनुसार बजारमा तरलता घट्दो प्रवित्तिमा रहेको छ । तरलता संकटको अवस्थामा पनि बैंकहरुबाट निक्षेप संकलनको तुलनामा कर्जा प्रवाहमा वृद्धि भएको देखिन्छ । पहिलो साताको तुलनामा फागुन दोश्रो सातामा वाणिज्य बैंकहरुमा  निक्षेप संकलन १ अर्ब १८ करोडले वृद्धि हुँदा कर्जा प्रवाह भने ५ अर्ब ७७ करोडले वृद्धि भएको छ । तरलताको अवस्था हेर्दा  प्रणालीमा तत्कालै व्याज दर घट्ने सम्भावना कम देखिएको छ । यो साताको बजारलाई तरलता र व्याजदरले असर गरेको देखिन्छ ।

नेपाल राष्ट्र बैंकले उपलब्ध गराएको तथ्यांक अनुसार वाणिज्य बैंकको सीडी रेसियो  ९० दशमवल ३६ रहेको छ । अझ बाणिज्य बैंकहरुका अनुसार सीडी रेसियो ९०.८० प्रतिशत छ । असार मसान्तसम्म यो अनुपात ९० प्रतिशतमा ल्याउनु पर्छ।

प्राविधिक विश्लेषकहरुका अनुसार नेप्सेले २५०० को विन्दुमा  टेवा पाउने देखिएको छ । यति सो विन्दुमा पनि टेवा पाउन नसकेर बजार घट्न थालेमा बजारले सिधै २२५० देखि २३०० को विन्दुमा टेवा लिने छ । बजार हालसम्मकै उच्च विन्दु ३२०० बाट तल आउँदा बजार २२५९ सम्म झरेको थियो । पछिल्लो समय शेयर बजार न्युनतम २३०० देखि अधिकतम २८०० को विन्दुलाई आधार मानेर उचारचढाव भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS