IME Life New

शैक्षिक योग्यता सम्बन्धी छानबिनः कति जनाकोे जागिर चट होला ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिले माग गरेको शैक्षिक योग्यता सम्बन्धी विवरण आज सबै बीमकहरुले बीमा समिति समक्ष पेश गर्दैछन् ।

समितिले शैक्षिक योग्यतासम्बन्धी विस्तृत विवरण माग गरेपछि बीमा कम्पनीमा विशेष प्रभावको आधारमा जागिर पाएका नक्कली प्रमाणपत्रधारीहरुबीच खैलाबैला मच्चिएको छ । बीमा समितिले झण्डै दशकपछि शैक्षिक योग्यताको विषयमा बीमा कम्पनीहरुसँग विस्तृत विवरण माग गरेको हो ।

Esewa
Crest

यो एक दशकको अवधिमा शैक्षिक योग्यता नभए पनि विशेषगरी भारतीय उच्च विद्यालय वा विश्वविद्यालयको नाममा बनाइएको नक्कली शैक्षिक प्रमाण पत्र पेश गरेर जागिरको अवसर पाएका वा पद्दोन्नती पाएकाहरुको जागिर धरापमा परेको छ ।

बीमा समितिले शैक्षिक योग्यता सम्बन्धी विवरणको आधारमा शंकास्पद देखिएका कर्मचारीहरुको हकमा बीमा कम्पनीहरुसँग थप विवरण माग गर्न सक्नेछ ।

विदेशी बोर्ड वा विश्वविद्यालयबाट शैक्षिक प्रमाण पत्र हासिल गरेका कर्मचारीहरुको हकमा नेपाली समकक्षतासम्बन्धी विवरण समेत खुलाउन बीमा समितिले निर्देशन दिएको छ । राष्ट्रिय परिक्षा बोर्ड, त्रिभूवन विश्वविद्यालयलगायत अन्य विश्वविद्यालयबाट समकक्षता प्राप्त गरेका कर्मचारीहरुको हकमा समकक्षता प्राप्त गरेको मिति समेत उल्लेख गर्नुपर्ने निर्देशनमा उल्लेख छ ।

केही विदेशी विश्वविद्यालयको नेपालस्थित शाखाहरुबाट वा विदेशी खुल्ला विश्वविद्यालयबाट शैक्षिक योग्यता हासिल गरेका र केही प्राविधिक विषयहरुको शैक्षिक योग्यता सम्बन्धमा नेपालमा समकक्षता उपलब्ध छैन । यस्तो विश्वविद्यालयबाट औपचारिक अध्ययन पुरा गरेर परिक्षामा सहभागी भई शैक्षिक योग्यता हासिल गरे पनि समकक्षता भने उपलब्ध नभएको अवस्था हुन्छ । बीमा समितिले समकक्षता भएको अवस्थामा समकक्षता उल्लेख गर्न निर्देशन दिएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS