बागलुङ नगरपालिका वडा नं २, बागलुङ घर भएकी राममाया घिमिरे (रमा) लाइफ इन्स्योरेन्स कर्पोरेशनमा एजेन्सि म्यानेजरका रुपमा कार्यरत छिन् । उनमा आफुलाई केही गरौ र आफ्नो परिवारलाई पनि आर्थिक रुपमा सहयोग गरौ भन्ने भावना मनमा सधै लागि रहनथ्यो । आफ्नो पकेट खर्चका लागि पनि परिवार र श्रीमान संग माग्नु पर्ने अवस्थाको अन्त्य होस भन्ने चाहना उनमा थियो ।
बीमा सम्बन्धी हल्ला सुनेकी रमाले खासमा बीमा के हो बुझेकी थिईनन् । तर उनको मनमा कौतुहलता भने उत्पन्न भएको थियो । त्यती नै बेला एलआईसीका अभिकर्ताहरु संग भेट भयो । उनीहरुबाट नै उनले पहिलो पटक बीमा सम्वन्धी कुराहरु र एलआईसी सम्बन्धी बारे जानकारी हासिल गरेकी थिईन । आर्थिक रुपमा सक्षम हुँन चाहाने रमा विगत ९ वर्ष देखि बीमा अभिकर्ता पेशामा आवद्ध रहँदै आएकी छिन् ।
उनले भारत, थाईल्याण्ड, ईन्डोनेसीया, मलेशिया, दुबईको भ्रमण गरेसकेकी छिन् । निरन्तर ९ बर्ष देखी बागलुङ शाखा प्रथम, ९ बर्ष देखी अध्यक्ष क्लबमा समेत रहँदै आएकी राममाया वीमा सम्राट, वीमा रत्न, गोल्ड मेडलीस्ट जस्ता पदकले सम्मानित भईसकेकी छिन् । यस्तै अन्तराष्ट्रिय पुरस्कार एमडिआरटी ७ पटक तथा सिओटी १ पटक प्राप्त गर्नुका साथै राममायाले भारतीय बीमा संस्था को ‘इन्स्योरेन्स इस्टिच्युट अफ इन्डिया’ सहित एलआईसी नेपाल बाट सञ्चालित विभिन्न तालिमहरु प्राप्त गरेकी छिन्।
९ वर्ष देखि बीमा अभिकर्ता पेशा अँगालेकी उनै राममाया घिमिरे सँग बीमा अभिकर्ता पेशामा प्रवेश गरे देखि हालसम्म भए गरेका उनका अनुभव, बीमा अभिकर्ता पेशाका चुनौतिहरु, यस पेशाका राम्रा पक्षहरु जस्ता विषयहरुमा आधारित रहेर इन्स्योरेन्स खबरले गरेको कुराकानिको सार:
कहिले देखि बीमा अभिकर्ता पेशामा लाग्नु भयो ?
बिस २०६६ सालमा आभिकर्ताको तालिम प्राप्त गरे पश्चात यो पेशा शुरु गरे । र हाल ऐजेन्सी म्यानेजर को रुपमा कार्यरत छु ।
बीमा अभिकर्ता पेशा नै किन रोज्नु भएको हो ? अन्य पेशाबाट पनि आम्दानी गर्न सकिन्छ नि ?
बीमा पेशा एक सामाजीक कार्य तथा पुण्यको काम हो । मानिसलाई जिम्मेवारी बोध तथा कर्तब्य निष्ठ बनाउने काम बीमा अभिकर्ता पेशाबाट प्राप्त हुन्छ । जो मानिस आफनो कर्तव्य र जिम्मेवारी कुशल ढंगले निभाउन सक्दैन उ सफल कहिल्यै पनि हुँदैन यही कारणले म बीमा अभिकर्ता भएकी हुँ । र मैले बीमा अभिकर्ता पेशा रोज्नुको मुख्य कारण नै यही हो । यही पेशाले मेरो आम्दानी, मेरो आर्थिक हैसीयत, मेरो सामाजीक प्रतिष्ठा सहीत मेरो जीवनका धेरै कुराहरुमा परिवर्तन ल्याएको छ । आम्दानी त अन्य धेरै पेशाहरुबाट गर्न सकिन्छ । तर आम्दानीका साथै आत्मसन्तुष्टि एवं पुण्य र सामाजीक रुपान्तरणको कार्य बीमाको कमाईबाट हुन्छ । त्यसैले अन्य पेशाबाट गर्ने आम्दानी र बीमा अभिकर्ता भएर गर्ने आम्दानीमा फरक छ ।
बीमा अभिकर्ता पेशामा लाग्न के कुराले प्रेरित गर्यो ?
म एक बिशुद्ध गृहणी थिए । श्रीमानको व्यापार थियो । घरमा सासु, ससुरा र परिवारका अन्य सदस्यहरु पनि जागीर मै हुनुहुन्थ्यो । म पनि आफुलाई केही गरौँ र परिवारलाई पनि आर्थीक रुपमा सहयोग गरौ भन्ने त लागिरहेको थियो । सधै आफ्नो पकेट खर्चका लागि पनि परिवार र श्रीमानसँग माग्नु पर्ने अवस्थाको अन्त्य होस भन्ने चाहना त छँदै थियो । यसरी नै समय बित्दै जाँदा म माईतमा गएको बेला जीवन बीमा सम्बन्धी हल्ला त सुनेको थिए तर के होला कसो होला भन्ने कौतुहलता मनमा थियो । त्यती नै बेला एलआईसीका एजेन्सी म्यानेजर हरु कृष्ण प्रसाद दुवाडी र मुहम्मद फजल मिया सरहरु संग भेट भयो । उहाहरुबाट नै पहिलो पटक बीमा सम्वन्धी कुराहरु र एलआईसी सम्बन्धी कुराहरु सुने, बुझे र जानकारी हासिल गरे जसले गर्दा मलाई अभीकर्ता भएर काम गर्ने ईच्छा र चाहना जागृत भयो । र मेरो चाहना र ईच्छालाई मेरो वुवाको प्रेरणा हौसलाले थप उर्जा दियो । यो पेशा अगाल्दा मैले मेरो भविष्य सुनिश्चीत छ भन्ने लाग्यो अनि म यो पेशामा आवद्ध भए ।
पहिलो बीमा कसको गराउँनु भयो ?
बीमा अभिकर्ताको तालिम पश्चात मैले परिवार कै सदस्यहरुको बीमा गराएर शुरु गर्छु भन्ने लाग्यो र मैले मेरो दिदीको छोराको बीमाबाट यो पेशाको श्री गणेश गरेकी हुँ । मेरो काम प्रतिको लगाव, मेहनतले पहीलो बर्ष नै मैले पोखरा शाखामा महिला तर्फ उत्कृष्ट कार्य गरी आफनो नाम लेखाउन सफल भए । र पोखरा शाखामा काम गर्ने धेरै अभिकर्ताहरु मध्यैबाट म पनि अध्यक्ष क्लव पुग्न सफल भएकी थिए । त्यस पछि मेरै पहलमा बागलुङमा शाखा विस्तार भयो र निरन्तर मेरो सफलता जारी रहेको छ । शाखा विस्तार पछि हाल सम्म प्रथम नै भई आफुलाई दिएको लक्ष्य पुरा गरेकी छु जुन निरन्तर जारी रहेको छ ।
पहिलो बीमा गराउँदा कत्तिको गाहे भयो नि ?
परिवार कै सदस्यको पहिलो बीमा गरेको हुनाले खासै गाह्रो भएन । त्यस पछिका बीमाहरुमा भने धेरै संर्घष गर्नु परेको थियो ।
बीमा अभिकर्ता पेशाको नराम्रो पक्ष के होला ?
जो कोही पनि अभिकर्ता भएर काम गर्न पाउने, र छोटो तालिम लिए मात्र अभिकर्ताको ईजाजत पत्र पाउने व्यवस्था, एउटै व्यक्ती धेरै कम्पनीको ईजाजत पत्र लिएर काम गर्ने यी र यस्ता कारणहरु नै यो पेशाका नराम्रा पक्षहरु हुन । नियमनकारी निकायले यसमा ध्यान दिनु जरुरी रहेको ।
बीमा अभिकर्ता पेशाका चुनौतीहरु केके छन् ?
यो पेशाको मुख्य चुनौती भनेको नै अस्वस्थ प्रर्तीस्पर्धा हो । अहिले बजारमा बीमा अभिकर्ताहरुको संख्या आवश्यकता भन्दा धेरै भयो, जसले गर्दा प्रोफेसनल रुपमा काम गर्ने अभिकर्ता भन्दा कहीले काँही काम गर्ने अभिकर्ताको संख्याले गर्दा अलिक गारो छ । संगै बीमा कम्पनीहरुले अभीकर्ताहरुलाई ओझेलमा पार्ने गरी बैंक तथा वित्तीय संस्थाहरुलाई संस्थागत अभिकर्ता को ईजाजत दिनाले थप चुनौतीको सामना आम अभिकर्ताहरुले बेर्होनु परेको छ । अझै पनि ग्रामीण क्षेत्रमा जीवन बीमा को बारेमा जनचेतनाको कमी, जसका कारणले अभिकर्ताहरुले अति जोखीम मोलेर नै बीमा को बजार विस्तार गर्नु परेको छ ।
बीमा गर्दा मानिसले गरेको नराम्रो व्यवहार सम्झनु हुन्छ ?
छ नि, शुरुका दिनहरुमा र आफू स्थापीत नुहने बेला पटक पटक मैले नराम्रो व्यवहार भोगेकी छु, भागेर जान्छ, ठगहरु, नेटवर्कीङ व्यवसायसंग तुलना गर्ने र आपत्तीजनक शब्दसम्म प्रयोग हुन्थ्यो तर पछिल्ला दिनहरुमा केही सहज त छ । तर पनि पुर्णरुपमा मानिसको व्यवहार परिवर्तन भने भएको छैन ।
बीमा गराउँदा भोगेको सबैभन्दा राम्रो पक्ष सम्झनु हुन्छ ?
नराम्रो संगै धेरै राम्रा पक्षहरु पनि छन्, बीमाका लागि भेट भएका व्यक्तीहरु संग बीमाका बारेमा कुराहरु राख्दा उनीहरु आफुसंगै अरुलाई पनि बीमाका लागि प्रोत्साहन गर्ने गरेका घटनाहरु छन् । सायद मैले बीमीतहरुलाई दिएको सेवा र सुविधाले होला मैलै बीमा गराएका मेरा बीमीतह ले नै आफना आफन्तहरुलाई राममाया (रमा) बाट नै बीमा सेवा लिनुपर्छ भनेर सिफारीस गर्ने गरेका छन् । त्यो नै मेरो लागि बीमीतहरुले म प्रति गरेको सम्मान र अथाह विश्वास नै सबै भन्दा राम्र्रो पक्ष हो ।
बीमा अभिकर्ता पेशामा कस्ता खालका गुणहरु हुनुपर्छ ?
सबै भन्दा ठूलो गुण नै नम्रता, धैर्यता, मेहनत , लगनशिलता र बिश्वसनीयता सहीत भद्र व्यवहार हो । जो अभिकर्ता मा लगनशिलता छैन त्यो अभिकर्ता कहिल्यै यो पेशामा सफल हुन सक्दैन ।
बीमितलाई बीमा कसरी बुझाउनु हुन्छ ?
सबै भन्दा पहिला त आफु कोसंग बीमाको लागि जादैछु भन्ने कुरा मा म ध्यान दिन्छु, वीमा गर्ने व्यक्तीको पारिवारीक पृष्ठभूमी सहीत परिवारका अन्य सदस्यहरुसँगं सौहाद्र बातावरणमा मेरो कम्पनी र मैले बिक्री गर्ने बीमा योजनाका बारेमा जानाकारी गराउँछु । उहाँहरुले मलाई सोध्ने प्रश्नहरु को मैले जवाफ दिई बीमाबाट हुने फाईदा र उहाहरुले लिन सक्ने लाभका बारेमा र बीमा गरी सके पछि निरन्तरता दिन नसके पछिका बेफाईदा सहित सबै कुराहरु राख्दछु । समाजमा घटेका घटनाहरु र बीमा संग जोडीएका सबै प्रसंगहरुलाई समेटेर म बीमीतलाई बीमाका बारेमा बुझाउछु । मेरा आफ्ना बीमीतहरु तथा नयाँ बीमा गर्न चाहने बीमीतहरुको सुविधाका लागि ऐजेन्सी कार्यालय समेत खोलेर सेवा प्रदान गर्दे आईरहेको छु । जसले गर्दा मानिसहरुलाई बीमा सम्वन्धी जानकारी हासील गर्न धेरै मद्दत पुगेको छ ।
तपाईको विचारमा बीमा अभिकर्ता भनेको के हो ?
बीमीत र बीमा कम्पनी बीचको मध्यस्थकर्ता वा पुुलको काम गर्ने व्यक्ती नै अभिकर्ता हो । बजारमा बीमा कम्पनी को बारेमा राम्रा र नराम्रा दुवै पक्षहरुलाई सहज र सरल रुपमा व्याख्या गर्दे बीमा गराई आफनो र कम्पनी दुबैको आम्दानीको श्रोत व्यक्ती नै बीमा अभिकर्ता हो । बजारमा बीमा कम्पनीलाई भन्दा बढी बिश्वास गर्ने नै अभिकर्तालाई नै हो किनकी एउटा असल बीमा अभिकर्ताले नै जनताको मन एवं विश्वास जितेर उहांहरुको लगानी बीमा कम्पनीलाई सुम्पेको हुन्छ ।
यो पेशाका सबैभन्दा राम्रा पक्षहरु के होलान् ?
भविष्यमा आई पर्ने जोखीमहरुलाई न्यूनीकरण गर्ने र मानिसहरुको आर्थिक अवस्थालाई सवल बनाउने र बचत सहीत सुनिश्चत भविष्यको लागि जोहो गर्न लगाउने नै यो पेशाका राम्रा पक्ष हुन ।
आम समुदायलाई बीमाको दायरामा ल्याउनका लागि कसको सबैभन्दा बढी महत्वपूर्ण भुमिका रहन्छ जस्तो लाग्छ ?
यो त राज्यको नै दायित्व हो यसमा प्रमुख भूमिका नियमनकारी निकायले नै खेल्नु पर्छ । विद्यालय बीमा सम्वन्धी शिक्षा पाठ्यक्रममा समाबेश गरेमा अझ प्रभावकारी रुपमा बीमाको जनचेतना आम मानिसमा सहज तरिकाले विस्तार हुने छ । बजारमा अभिकर्ताले एउटा सहयोगीको मात्र भूमिका खेल्ने हो । त्यसैले अभिकर्ताको हौषलालाई कायम राखी राज्यले नै बीमा को दायरा बढाउन उल्लेख्य भूमिका खेल्नु पर्ने हुन्छ ।