Connect IPS
IME Life

सन नेपाल लाइफद्धारा शैक्षिक भत्ता वापतको रकम हस्तान्तरण

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अभिभावक गुमाएका आफ्ना बीमित बाल सदस्यलाई मासिक शैक्षिक भत्ता वापतको रकम हस्तान्तरण गरेको छ । कम्पनीले रामेछापको खाँडादेवी गाउपालिका वडा नं ५ पकरबासका इन्द्रबहादुर विश्वकर्माको कोरोनाका कारण मृत्य भएपछि उनका छोरालाई मासिक शैक्षिक भत्ता हस्तान्तरण गरेको हो ।

कम्पनीले मृतककी श्रीमती सानु विश्वकर्मालाई ३७ हजार पाँच सय किरिया खर्च र चार महिनाको शैक्षिक भत्ता गरी ४९ हजार पाँच सय रुपैयाँको चेक घरमै गएर हस्तान्तरण गरेको हो ।

Prabhu
Crest

मृतक विश्वकर्माका छोरा समर्पण रुचालले २०७५ मङ्सिर १ गते सन नेपाल लाइफ इन्स्योरेन्स मन्थली शाखामा एक लाख ५० हजारको बाल समृद्ध बीमा गराएका थिए ।

बीमित रुचालका बुबा विश्वकर्माको २०७८ असार १ गते कोरोना संक्रमणबाट ३८ वर्षको उमेरमा मृत्यु भएको थियो । अभिभावक गुमाएका आफ्ना बीमित बालबालिका सदस्यहरुलाई उनीहरुको पढाईका लागि कम्पनीको नियम अनुसार शैक्षिक भत्ता प्रदान गरिएको सन नेपाल लाइफ इन्स्योरेन्स मन्थलीले जनाएको छ ।

किरिया खर्च र शैक्षिक भत्ताको चेक सन नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड मन्थली उपशाखा कार्यालयका प्रमुख प्रमोदकुमार श्रेष्ठ, खाँडादेवी गाउँपालिका वडा नं ५ पकरबासका वडाध्यक्ष दुलसीदास श्रेष्ठले एजेन्सी म्यानेजर रमेश गेसमाली लगायत स्थानीयको सहभागिता मृतकका घरमै पुगेर हस्तान्तरण गरेका हुन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS