Connect IPS
IME Life

बीमा कम्पनीहरुको ९२ प्रतिशत लगानी बैंकिङ प्रणालीमा, मुद्दती निक्षेपमा मात्रै  तीन खर्ब १२ करोड

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । जीवन बीमा कम्पनीहरुको ९२ प्रतिशत लगानी बैंकिङ प्रणालीमै सिमित हुने गरेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक अवधिमा जीवन बीमा कम्पनीहरुले जम्मा तीन खर्ब ८८ अर्ब रुपैयाँ लगानी गरेका छन् ।

उक्त रकम मध्ये बाणिज्य बैंक, विकास बैंक, फाइनान्स, पुर्वाधार विकास बैंकको मुद्दती निक्षेपमा मात्रै ८० प्रतिशत भन्दा धेरै रहेको छ । सर्वाधिक धेरै बाणिज्य बैंकहरुको मुद्दती निक्षेपमा मात्रै २ खर्ब ७४ अर्ब रुपैयाँ लगानी गरेका छन् ।

Prabhu
Crest

मुद्दती निक्षेप पछि दोस्रो धेरै लगानी सरकारकी तथा बैंकहरुको ऋणपत्रमा रहेको देखिन्छ । बीमा कम्पनीहरुले नेपाल सरकारको ऋणपत्रमा २ अर्ब ४ करोड रुपैया लगानी गरेका छन् ।

त्यस्तै दोस्रो बजरमा सूचिकृत कम्पनीको ऋणपत्रमा २१ अर्ब ८३ करोड रुपैयाँ लगानी गरेका छन् । बीमा समितिले घरजग्गा लगायतका क्षेत्रमा लगानीको ढोका खोलिदिए पनि अहिलेसम्म बीमा कम्पनीहरुले यस क्षेत्रमा खासै लगानी गर्न सकेका छैनन् । हालसम्म नेशनल लाइफ एक्लैले ३६ करोड २४ लाख रुपैयाँ लगानी गरेको छ ।

केहि समय अगाडी बीमा समितिले कृषि तथा पर्यटन लगायतका पुर्वाधारका क्षेत्रमा लगानी गर्न निर्देशन दिए पनि बीमा कम्पनीले अहिलेसम्म पनि लगानी गर्न सकेका छैनन् ।

बीमा कम्पनीको लगानीको आकर्षण शेयर बजारमा पनि देखिन्छ । जीवन बीमा कम्पनीहरुले दोस्रो बजारमा सूचिकृत कम्पनीको साधारण शेयरमा मात्रै १५ अर्ब ६९ करोड रुपैयाँ लगानी गरेका छन् । जीवन बीमा कम्पनीहरुले म्युचुअल फण्डमा पनि ९८ करोड ४ लाख रुपैयाँ लगानी गरेको छ ।

जीवन बीमा कम्पनीहरुको विधागत रुपमा लगानीका क्षेत्रहरु

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS