IME Life New

रोल्पा नगरपालिकामा बीमा समिति, पशु बीमाको बीमाङ्क रकम बढाउन माग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिले रोल्पा नगरपालिका सरोकालवाल व्यक्तिहरु सँग बीमा सम्बन्धी जनचेतनामुलक अन्तर्क्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ । समितिका निर्देशक सुशिल देव सुवेदीको अध्यक्षता सम्पन्न भएको कार्यक्रममा रोल्पा नगरपालिकाका मेयर पूर्ण केसी, सम्पुर्ण वडाका वडा अध्यक्षहरु, व्यापारी, व्यवसायी, बीमा कम्पनीका कर्मचारी, कृषक लगायत ११० जना भन्दा धेरैको सहभागिता थियो ।

Esewa
Crest

निर्देशक सुवेदीले बीमा सम्बन्धि जानकारीमुलक प्रस्तुतिकरण दिएका थिए । कार्यक्रमको सञ्चालन उप निर्देशक कुन्दन सापकोटाले गरेका थिए पनि स्वागत मन्तव्य सुन्दर प्रसाद शर्माले दिएका थए ।

छलफल कार्यक्रममा मेयर केसीले बीमाको लागि स्थानीय निकायले तत्काल सम्पर्क व्यक्ति नियुक्त गरिदिने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले आफ्नो नगरपालिका भित्रका घरको बीमा गर्न बजेट छुट्याउने घोषणा समेत गरेका थिए । यस क्षेत्रमा ८० हजार घर रहेको छ । उक्त घरको बीमा गर्न स्थानीय मूल्याङ्कन तथा बजार मूल्य अनुसारको बीमाङ्क रकमलाई गणना गर्दा ३० लाख हाराहारी लाग्ने देखिएको छ । पालिका अधिवेशन मार्फत यस्तो प्रस्ताव लैजाने उनले प्रतिवद्धता व्यक्त गरेका छन् ।

सहभागीहरुले पशु बीमा गर्दा बीमा कम्पनीहरुले बास्तविक मूल्य भन्दा कम बीमाङ्क रकममा बीमा गर्नु परेको भन्दै उनिहरुले बीमाङ्क रकम बढाउन समिति समक्ष अनुरोध गरेका छन् । कृषि तथा पशुपन्छी बीमाका लागि बीमा समितिले तोकेका बीमा कम्पनीहरुले अहिलेसम्म पनि शाखा कार्यालय नखोलेको भन्दै उनिहरुले तुरुन्त शाखा कार्यालय खोल्नका लागि पहल गरिदिन अनुरोध गरेका छन् ।

यस क्षेत्रमा बीमा अभिकर्ताहरु विचमा अस्वस्थ प्रतिस्पर्धा रहेको पाइएको छ । एउटा अभिकर्ताले आफ्नो कम्पनीको पोलिसी ठिक अरु बीमा कम्पनीको पोलिसी नराम्रो भन्दै गतल प्रचार समेत गर्ने गरेको उनिहरुले जनाएका छन् ।

कार्यक्रममा एक सहभागीले घातक रोगको सूचीमा रहेको पक्षघात जस्ता दुर्घटनाजन्य रोगका लागि न्युनतम कुलिङ पिरियड नराख्न उनले अनुरोध गरेका थिए । हर्टएट्याक्स अकस्मात हुने कुरा हो तर यसमा ९० दिनको कुलिङ परियड तोकिदिदा बीमितले यसबाट लाभ लिन नसकेको उनको तर्क थियो । यस विषयमा बीमा समितिले आन्तरिक छलफल तथा अध्ययन गरेर आवस्यक नीति लिने निर्देशक सुवेदीले जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS